सधैं मारमा उखु किसान
१८ पौष २०७८
•
५ मिनेट पाठ
सधैं मारमा उखु किसान
विभिन्न बैंकको गरी करिब १८ लाख रुपैयाँ ऋणको भारी बोकेर अघिल्लो पुसमा सर्लाहीको धनकौल गाउँपालिका–७ छोटौलका ६५ वर्षीय उखु किसान नारायण राय यादवले प्राण त्यागे। मरणोपरान्त यादवको खातामा उखुको बक्यौता रकम पुग्यो।  




यादवले अन्नपूर्ण सुगर मिल धनकौलबाट २४ लाख ६३ हजार रुपैयाँ लिनुपर्ने थियो। उखु बेचेको भुक्तानी माग गर्दै उनी गत वर्षको मंसिर ३० गते काठमाडौं पुगेका थिए। आन्दोलन मंसिर २८ गतेबाट सुरु भएको थियो। सधैं आन्दोलनमा सक्रिय सहभागिता जनाउने उनी कृष्णभक्त थिए। बैंकको ऋणले अत्तालिएका उनी मिलबाट उखुको रुपैयाँ नपाउँदा चिन्तित थिए। बैंक ऋणको ब्याज बढ्दै गइरहेको थियो। उखुको बक्यौता रकम मिलबाट भुक्तानी पाउने आशामा काठमाडौं पुगेका यादवसँग सरकारले पहिलाजस्तै कागजमा उधारो सम्झौता गर्‍यो। उनले रुपैयाँ पाएनन्। त्यही उधारो सम्झौता यादवको मृत्युको एउटा कारण बन्न पुग्यो।  

यादवका जेठा छोरा सियारामले नागरिकसँग भने, ‘बुवाको मृत्युको कारक मिल मालिक र सरकार हुन्।’ १९ जनाको परिवारमा नारायण ‘खम्बा’ थिए। परिवारको खम्बा नै ढलिसकेपछि घरव्यवहार पनि अस्तव्यस्त बनेको छ। जसोतसो परिवारको गुजारा भने चलिरहेको छ।  

तर, अन्याय गर्नेहरू मोजमस्ती गरिरहेका छन्। रकम भुक्तानीका लागि सरकार पुकार्नुपर्ने उखु किसानको नियति बनेको छ। ‘किसानले ऋण लिए उखु उत्पादन गरी धनाढ्यका मिल चलाइदिनुपर्ने कस्तो देश हो यो,’ सियाराम भन्छन्, ‘किसानले ऋण लिए उखु उत्पादन गरी धनाढ्यका मिल चलाइदिनुपर्ने कस्तो देश हो यो? मिल मालिकले किसानसँग उधारोमा उखु लिन्छन् अनि नगदमा चिनी बेच्छन्। हाम्रो पैसा दिन भने वर्षौं लगाउँछन्। ऋणको भारीले थिचिँदै गएपछि हामीसँग मर्नुबाहेक विकल्प रहन्छ र?’ उनले बुवाको मृत्युको मुख्य कारक मिल मालिक र सरकार रहेको दोहो¥याए।  

उखुको रकम भुक्तानीका लागि पुसको ठिहीसमेत पर्वाह नगरी काठमाडौं गएर पनि रित्तो हात फर्किनुपर्दाको पीडा खप्न नसकेर प्राण त्यागेका नारायण उदाहरण मात्र हुन्। उनी जस्ता कैयन् उखु किसान बाँचेर पनि मरेतुल्य छन्। उखु किसानले न व्यापारीसँग पेस्की खोजेका हुन् न सरकारसँग अतिरिक्त अनुदान मागेका हुन्। उखुको बेचेको रकम समयमै भुक्तानी होस् भन्ने उनीहरूको माग हो। उखुको समर्थन मूल्य समयमै निर्धारण गरियोस् भन्दै सरकार पुकार्न उखु किसान बर्सेनि काठमाडौं पुग्छन्।  

आफ्नै बाली बेचेको रकम भुक्तानीको माग राखेर उखु किसानहरू पटकपटक संघीय राजधानी धाउन बाध्य हुँदै आएको सर्लाहीका बुद्धिजीवी रजनीकान्त झा बताउँछन्। स्थानीय स्तरमै व्यापारीलाई अनुरोध गर्दा, प्रमुख जिल्ला अधिकारी र दलका नेताहरूलाई गुहार्दा सुनुवाइ नभएपछि काठमाडौं पुगेर देशका कार्यकारी प्रमुख पुकार्दा पनि समस्या बीसको उन्नाइस नभएपछि उखु किसान पिरोलिएका छन्।  

सुन्दा पनि अनौठो लाग्ने, कृषिप्रधान देशमा नगदे बालीमध्येको एक उखु उत्पादन गरी बेचेकै पैसा उठाउन पनि किसान निरन्तर आन्दोलित हुनुपरेको छ। किसान आन्दोलित भए पनि समस्या जस्ताको तस्तै छ। पेसाको स्तरोन्नति, बजार प्रवर्धन, सहज अनुदान र रकम भुक्तानीको स्वचालित चक्र स्थापना हुनु त परको कुरा हो, किसानले ऋण गरेर लगाएको उखु बेचेको रकम पनि बेलामा पाउन सकेका छैनन्। स्वदेशका उखु किसानलाई रकम भुक्तानीका लागि झुलाउने चिनी मिल सञ्चालकहरू भारतीय किसानबाट अवैध रूपमा उखु किनेर हाकाहाकी भित्र्याइरहेका छन्। प्रशासनका कर्मचारीसमेतको मिलेमतोमा भारतबाट दैनिक हजारौं क्विन्टल उखु नेपालतर्फ तस्करी भइरहेको पाइएको छ।

अवैध रूपमा भारतबाट उखु भित्र्याउन चिनी उद्योगीले सीमा क्षेत्रमा दुई दर्जनजति उखु जोख्ने काँटा (तौल मेसिन) राखेका छन्। सर्लाहीको बलरा तथा फेनहाराको दसगजा क्षेत्रमा यस्ता काँटा राखिएका छन्।  

साँझ ६ बजेपछि भारतीय एसएसबीको ड्युटी परिवर्तन हुँदा खाली हुने समयको फाइदा उठाउँदै पारिबाट उखु बोकेका ट्याक्टर वारि आउँछन्। अनि हतारहतार उखु झारेर फर्किन्छन्। सिमानामा खटिने नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको मिलेमतोमा भारतबाट दैनिक भित्रिने उखुले नेपाली किसान थप मारमा परेका छन्। भारतबाट आएको उखु सर्लाहीको इन्दुशंकर सुगर मिल्स हरिवन, एभरेस्ट चिनी मिल्स गौशाला तथा रौतहटको पोखरियामा रहेको बाबा बैजुनाथ सुगर एन्ड केमिकल मिल्समा पुग्ने गरेको स्थानीय उखु किसान बताउँछन्।  

काँटा सञ्चालन गर्नुअघि नापतौल विभागबाट जाँचपास गरी सिल लगाएर उखु लैजानुपर्ने कानुनी प्रावधान रहेको भए पनि सर्लाही प्रशासनको मिलेमतोमा चिनी उद्योगहरूले बिचौलियामार्फत सोझै भारतीय उखु मिलसम्म पुर्‍याउने गरेको किसान बताउँछन्। सर्लाही लक्ष्मीपुरमा राजेश ठाकुर, सुदामा अम्बु चौधरी, सिरकटा नाकामा ओकिह अहमद, सन्तोष सिंह, लक्ष्मीनाराण सिंहलगायत बिचौलियाको सहयोगमा भारतीय उखु अवैध रूपमा नेपाली चिनी उद्योगसम्म पुगिरहेको बलराका दिनेश सिंह बताउँछन्।  

राजु सिंहका अनुसार नेपाली किसानको उखु खेतमै सुक्न थालिसकेको छ तर चिनी मिलले भारतबाट अवैध रूपमा भित्र्याउँदैछन्। भारतीय उखु प्रतिक्विन्टल चार सय रुपैयाँमा बिचौलियाले खरिद गर्ने किसान बताउँछन्। सिमानामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई प्रतिट्याक्टर पाँच सय रुपैयाँका दरले रकम दिएपछि नेपाली सुरक्षाकर्मीले सजिलै काँटासम्म ट्याक्टर आउन दिने गरेको स्थानीय बताउँछन्। स्थानीय राजेश सिंहले भारतबाट टायरगाडामा उखु ल्याउँदा नेपाली सुरक्षाकर्मीलाई प्रतिटायरगाडा एक सय रुपैयाँ बुझाउनुपरिरहेको बताएका छन्।  

इन्दुशंकर चिनी उद्योगका प्रमुख उखु प्रबन्धक योगनारायण रजकले आफ्नो उद्योगले दसगजा क्षेत्रमा उखु किन्ने काँटा नराखेको र भारतबाट उखु नकिनेको दाबी गरेका छन्।  

केही समय पहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी संगठनका महानिरीक्षक सर्लाही आएका बेला तस्करीमा शून्य सहनशीलता अपनाउन दिएको निर्देशनलाई यहाँका प्रहरी प्रमुखले बेवास्ता गर्दैै तस्करीलाई बढाबा दिएका छन्। सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले भारतबाट भइरहेको उखु तस्करीको विषयमा अनभिज्ञता प्रकट गरे। भारतबाट अवैध रूपमा उखु ल्याउन सुरक्षा निकायलाई निर्देशन दिने प्रजिअ गौतमले बताए। अहिले उखुको मूल्य प्रतिक्विन्टल ५४४ रुपैयाँ छ। गत वर्ष प्रतिक्विन्टल मूल्य ४७९ रुपयाँ तोकिएको थियो। त्यसमा सरकारले प्रतिक्विन्टल ६५ रुपैयाँ अनुदान दिने गरेको छ।
अर्को समाचार
आन्दोलनको तयारीमा उखु किसान
२८ वैशाख २०७७
•
४ मिनेट पाठ
आन्दोलनको तयारीमा उखु किसान
फाइल तस्बिर।
सर्लाही - लकडाउनको मारमा सर्लाहीका उखु किसान थप पीडित बनेका छन् ।  धनकौल गाउँपालिका–६ मा रहेको अन्नपूर्ण चिनी उद्योगले किसानको उखुको रकम भुक्तानी गर्न पटकपटक सम्झौता गरे पनि हालसम्म एक पैसा भुक्तानी नगरेको भन्दै किसानले गुनासो गरेका छन् ।




उद्योगले विसं २०७० देखि हालसम्म १२ हजार किसानको करिब ४० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी राखेको भन्दै किसानले उद्योगलाई चिनी बिक्री वितरणमा रोकसमेत लगाएको उखु उत्पादक किसान मुकेश ठाकुरले बताए । उनका अनुसार केही दिन पहिला उद्योगले किसानलाई थाहै नदिई गोप्यरूपमा गोदामबाट चिनी बाहिर लैजान खोज्दा स्थानीय किसानले चिनी लोड भएका चार ट्रक नियन्त्रणमा लिएका थिए । त्यसपश्चात उद्योगले एक–दुई किसानलाई केही रकम मात्र दिए पनि पूरै रकम नदिएको साथै सबैको रकम नदिएको भन्दै किसानले उद्योग विरुद्ध आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन् ।

लकडाउनको समयमा किसानको आवतजावत कम भएको मौका छोपी उद्योग प्रशासनले गोप्यरूपमा चिनी लैजान खोज्दा सबै गाउँले किसान मिलेर ट्रकलाई नियन्त्रणमा लिएको स्थानीयवासीले बताएका छन् । गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योगले पनि गत वर्षको केही रकम भुक्तानी गर्न बाँकी रहेको स्थानीय किसान ठाकुरले बताए । गत फागुन १८ गतेसम्म सञ्चालनमा गरेको महालक्ष्मी चिनी उद्योगले माघ ७ गतेसम्मको रकम मात्र भुक्तानी गरेको ठाकुरले बताए ।

सरकारले धोका दिएर किसानले पाउनुपर्ने उखुको अनुदानसमेत अहिलेसम्म नपठाएको किसानले बताएका छन् । जारी लकडाउनका कारण बाहिर काम गर्न जान नपाएको र आफ्नो खेतबारीमा उत्पादन भएको कृषिजन्य पदार्थको भुक्तानी पनि नपाउँदा किसान मारमा परेका हुन् । उद्योगले भुक्तानी समयमा नदिएपछि आफ्नो खेत बेचेर साहुको ऋण चुक्ता गर्न बाध्य भएको अर्का किसान रामशरण यादवले बताए ।

भुक्तानीका लागि जिल्लामा पटकपटक आन्दोलन गरेका उखु किसानहरू न्याय नपाएपछि पुसको कठ्याङ्ग्रिँदो जाडोमा नाङ्गा खुट्टा आन्दोलन गर्न काठमाडौँ पुगेका थिए । समयमै उखुको भुक्तानी माग राख्दै जिल्लाका उखु किसान माइतीघर मण्डलामा प्रदर्शन तथा धर्नामा समेत बसेका थिए । सरकारले उखु किसान तथा उद्योगीबीच सहमति गराउँदै किसानलाई आन्दोलन स्थगन गरी पठाएको भए पनि अन्नपूर्ण चिनी उद्योगले सम्झौताविपरीत किसानको भुक्तानी समयमा नगर्दा उनीहरु थप मर्कामा परेका हुन् ।

किसानले उद्योगको गोदाममा रहेको चिनी बिक्री वितरण गर्न नदिएका कारण किसानको रकम भुक्तानीमा ढिला भएको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालले बताए। “आफ्नो गोदाममा चिनी छ, किसानले बेच्न दिदैनन् । अनि कसरी उनीहरुको भुक्तानी गर्न सकिन्छ”, अग्रवालले भने। किसानले थोरै भए पनि सबै किसानलाई तत्कालै भुक्तानी दिन माग गरेका छन् । यदि उद्योगले यथाशीघ्र थोरै भए पनि उखुको भुक्तानी नदिए आन्दोलन गर्ने तयारीमा रहेको उखु किसानले बताएका छन् ।रासस
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस