काठमाडौं-ऊर्जा मन्त्रालयले आर्थिक वर्ष सुरु भएको पाँच महिना सकिँदासम्म आधा दर्जन कार्यक्रम स्वीकृतिका लागि राष्ट्रिय योजना आयोग पठाएको छैन। योजनामा पारिएका कार्यक्रममा मन्त्रालय, विद्युत विकास विभाग र नेपाल विद्युत प्राधिकरणको धारणा बाझिएकाले कार्यक्रम नपठाइएको हो।आयोगले चालु आर्थिक वर्षका लागि ऊर्जातर्फ ३० वटा कार्यक्रम पहिलो प्राथमिकतामा राखेको थियो। तीमध्ये साढे एक अर्ब रुपैयाँको ‘सामुदायिक तथा ग्रामीण विद्युतीकरण', १० करोड रुपैयाँको ‘जलविद्युत लगानी तथा विकास कम्पनी अन्तर्गतका आयोजना', ५/५ करोडका मैवाखोला र माडी खोलालगायत आयोजना स्वीकृत नभएको आयोगले जानकारी दिएको छ।
तीन पटकसम्म ताकेता गर्दा पनि मन्त्रालयले स्वीकृतिका लागि कार्यक्रम पठाउन बेवास्ता गरेको आयोग सह–सचिव तथा प्रवक्ता गोपिनाथ मैनालीले बताए। ‘आर्थिक वर्षको पाँच महिना बितिसक्यो,' उनले नागरिकसँग भने, ‘एक आवमा हिउँदका चार महिनामात्र निर्माणको काम हुन्छ, त्यही पनि अहिलेसम्म कार्यक्रम स्वीकृत भएको छैन, यस्तो प्रवृत्तिले ऊर्जा विकासमा सरकारको लक्ष्य पूरा हुँदैन।'
ऊर्जा तथा जलविद्युत विकासमा सरकारले चालु आवमा ३४ अर्ब रुपैयाँ विनियोजन गरेको छ। मन्त्रालयले कार्यक्रम स्वीकृत गर्न ढिलो गर्दा ५० प्रतिशत रकम पनि खर्च हुन नसक्ने उनले बताए। मैनालीले भने, ‘विकाससँग जोडिएका अधिकांश कार्यक्रम स्वीकृत भए पनि कार्यान्वयनमा गतिशीलता देखिएको छैन, पुँजीगत खर्च कम हुनुको कारण यही हो।' गत आवमा पनि ऊर्जामा छुट्याइएको झन्डै ४० प्रतिशत रकम खर्च भएको थिएन।
ऊर्जा मन्त्रालयले हरेक वर्ष कार्यक्रम स्वीकृतिको प्रक्रियामा ढिलाइ गर्ने नियत यसपालि पनि दोहोर्या एको छ। समयमा कार्यक्रम स्वीकृत हुँदैनन्, त्यहीअनुरुप कार्यान्वयन नहुँदा कुनै पनि लक्षित आयोजना पूरा हुँदैनन्। तोकिएको बजेटसमेत खर्च हुँदैन। उता मन्त्रालयले भने सधैं ऊर्जा क्षेत्रलाई कम बजेट राखिएको भन्दै गुनासो गर्दै आएको छ।
‘मन्त्रालयले आफू मातहतका विभाग र प्राधिकरणसँग त समन्वय गरेर काम गर्न नसको छैन भने अरु सरोकारवाला मन्त्रालयसँगको समन्वय त ढाटाको कुरा भयो,' आयोगका एक अधिकारीले भने। ती अधिकारीका अनुसार यही कारण समयमा कार्यक्रम आउँदैनन् र स्वीकृत गर्न समय लाग्छ र कार्यान्वयन गर्न उतिकै समय लाग्छ।' ऊर्जामन्त्री राधा ज्ञवालीले बजेट छलफल हुँदा बढीभन्दा बढी बजेट मागेको र कार्यक्रम कार्यान्वयन तथा खर्च प्रक्रियामा ध्यान नदिएको आयोगको आरोप छ।
ग्रामीण क्षेत्रमा बिजुली पुर्याउने कार्यक्रममा विभिन्न राजनीतिक पार्टीभित्रै विवाद भएकाले कार्यक्रम पठाउन नसकिएको मन्त्रलायका अधिकारीको तर्क छ। स्थानीय नेता, कार्यकर्ता र सभासदले आफूअनुकूल विद्युतीकरणको काम गर्नुपर्ने भन्दै दिनहुँ मन्त्रालय धाउने गरेका छन्। कार्यक्रम मिलाउँदा–मिलाउँदै समय लागेको भन्ने नमिल्दो जवाफ दिन मन्त्रालयका अधिकारी पछि पर्दैनन्।
सरकारले तीन वर्षमा देशलाई अँध्यारोमुक्त गर्ने लक्ष्य राखेको छ। मन्त्री ज्ञवालीले पनि उक्त अवधिभित्र आफूले जसरी पनि लोडसेडिङ अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै आएकी छन्। तर, उनको भनाइ र कार्यक्रम कार्यान्वयनमा कहीँ कतै तालमेल देखिएको छैन।
तीन वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखेका २४ मेगावाटको मैवा र १२ मेगावाटको माडीखोलाको कार्यक्रम अहिलेसम्म स्वीकृत भएको छैन। यी आयोजना ‘जनताको बिजुली जनताकै लगानीमा' भन्ने कार्यक्रममा राखिएको हो। यसरी नै कार्यक्रम परिचालन गर्ने हो भने १० वर्षमा पनि लोडेसेडिङ अन्त्य नहुने मन्त्रालयकै अधिकारी स्वीकार्छन्।
मन्त्रालयले भने जनशक्ति अभावले लक्ष्यअनुसार काम गर्न नसकिएको र तोकिएको बजेट खर्च नहुने तर्क राख्दै आएको छ। तर, सरोकारवाला निकायसँग समन्वय गर्न नसक्दा नै मन्त्रालयको प्रगति नदेखिएको आयोग अधिकारीको भनाइ छ। विकास समिति गठन गरेर अगाडि बढाइएका बूढी गण्डकी र नलसिंहगाढ जलविद्युत आयोजनाको प्रभावकारी काम हुन सकेको छैन। वन, वातावरण, भूमि–सुधारलगायत सरोकारवाला मन्त्रालयसँग समन्वय गर्न नसक्नुमा ऊर्जा मन्त्रालयको कमजोरी देखिन्छ।