कृषि क्षेत्रमा मजदुर अभाव
०१ पौष २०७१
•
६ मिनेट पाठ
कृषि क्षेत्रमा मजदुर अभाव
काठमाडौं-‘मासिक १५ हजार तलब र केटाकेटी पढाइदिन्छु भन्दा पनि कामदार पाउन गाह्रो भयो। उनीहरू जे भन्छन् त्यही सुविधा उपलब्ध गराउन तयार हुँदा पनि कृषि क्षेत्रमा काम गर्ने मान्छे पाइँदैन,' धादिङमा चार वर्षदेखि व्यावसायिक गाईपालन गरिरहेका रणबहादुर तामाङ भन्छन्, ‘मजदुर समस्याकै कारण व्यवसाय धान्न समस्या पर्योय।' विदेशमा कमाउने जति पैसा स्वदेशमै दिन तयार हुँदा पनि कामदार नपाएपछि कृषि उद्यमीहरु निकै तनावमा भेटिन्छन्।कामदार र प्राविधिक अभाव तथा बजारीकरणमा समस्याले कृषि पेसासमेत संलग्न हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) पनि हैरान छन्। प्राविधिक नभएकै कारण धुर्मुसले गत वर्ष एकपल्ट बंगुरका ५७ पाठा खाल्डोमा गाड्नु पर्योम। यसले उनलाई झन्डै व्यवसायबाट पलायन बनायो। 
राज्यले भनेको समयमा प्राविधिक पठाउन नसक्दा र बेरोजगारलाई विदेश मोहले नछोड्दा जति पैसा उपलब्ध गराउँदा पनि कामदार नपाइएको तामाङको भनाइ छ। ‘मैले प्रतिव्यक्ति मासिक १५ देखि २० हजारसम्म तलब दिन्छु, उनीहरूका छोराछोरी बोर्डिङ स्कुलमा पढाइदिन्छु भन्दा पनि कामदार अभावले व्यवसाय चलाउन गाह्रो भयो,' उनले भने, ‘यसको निराकरण हुन नसके कृषि पेसाबाट सबै मानिस पलायन हुने सम्भावना हुन्छ।' 
नेपाल एग्रिकल्चर फार्म हाउसका सञ्चालक तथा हाँस्य कलाकार धुर्मुसले रोग लाग्दा प्राविधिक नपाउनु, उत्पादित वस्तुको बजार नहुनु, दक्ष कामदारको समस्याका कारण व्यवसाय अघि लैजान समस्या परेको बताए। ‘हाम्रो कम्पनीमा सातजनाले रोगजारी पाएका छन्,' उनले भने, ‘कामदारले माग गरे जति सुविधा उपलब्ध गराएकाले कामदारको समस्या नभएको हो। तर अन्य समस्याले निकै पिरोलेको छ।' राज्यले कृषि क्षेत्रलाई मद्दत मिल्ने गरी नीति बनाए पनि प्रभाकारी कार्यान्वयन हुन नसक्दा समस्या भएको बताए। 
सिङ्ला एग्रिकल्चर प्रालिका सञ्चालक तामाङ अशिक्षित युवा पनि हवाईजहाज चडने रहरले पनि विदेश जाने बताउँछन्। ‘मैले कतिलाई त काठमाडौंबाट पोखरासम्म प्लेनमा जान खर्च दिन्छु भन्दा पनि काम गर्न मानेनन्,' उनले भने, ‘यसरी कसरी व्यवसाय सञ्चालन गर्ने?' तामाङको कृषि परियोजनामा हालसम्म तीन करोड रुपैयाँ लगानी भइसकेको छ। 
नेपाल एग्रिकल्चर फार्म हाउसका अर्का सञ्चालक मदन तिमल्सेनाले परियोजनामा काम गर्ने कामदारलाई मासिक ११ देखि १५ हजारसम्म तलब भत्ता दिँदै आएको बताए। राज्यले उपलब्ध गराउने सुविधामात्र सहज भए पनि आधा समस्या समाधान हुने उनको भनाइ छ। 
‘राज्यबाट आउने अनुदान लिएर राजनीतिक दलका कार्यकर्ताले किसान हुन्छन्,' कलाकारसँगै बंगुरपालकको परिचय बनाएका कट्टेलले भने, ‘यस्तो परिपाटीको अन्त्य नभएसम्म कृषिको विकास हुन सक्दैन।' उनका अनुसार परियोजनाबाट पाउने अनुदानमा सामान्य किसानको पहुँच पुग्दैन। आफ्नो परियोजनामा हालसम्म एक करोड ३५ रुपैयाँ लगानी भइसकेको कट्टेलले बताए।
आर्थिक वर्ष २०७१/०७२ को बजेटमा कृषि विकासका लागि विभिन्न कार्यक्रम ल्याए पनि कामदारलगायत समस्याले भएका कृषि उद्यमी पनि पलायन हुने सम्भावना बढेको नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रले जनाएको छ। केन्द्र प्रमुख भवानी राणाले कामदार अभावले कृषिा पेसा संकटमा पर्दै गएको बताइन् । 
‘कृषि क्षेत्रमा रोजगारीको राम्रो सम्भावना छ,' उनले भनिन्, ‘तर हामीले बुझाउनै सकेनौं।' कृषिमा काठमाडौं उपत्यकामा मात्रै पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी भएको अनुमान छ। यस क्षेत्रमै कामदारको ठूलो अभाव भएको केन्द्रले जनाएको छ। कृषि क्षेत्रको विकासमा राज्यको नीति सकारात्मक भए पनि कामदार आकर्षित गर्न अझै पहल गर्नुपर्ने निजी क्षेत्रको सुझाव छ। 
राज्यले कृषि क्षेत्रमा लगानी बढाउन आकर्षक कार्यक्रम ल्याए पनि बजारीकरण तथा रोजगारको क्षेत्रमा केही काम नगरेको कृषि उद्यमीको गुनासो छ। ‘कुनै ठाउँमा उत्पादन मात्र हुन्छ,' कट्टेलले भने, ‘तर उत्पादित वस्तुको बजारीकरण गर्न सकेका छैनौं।'
अर्को समाचार
झापामा धान काट्न खेताला छैन
०२ कार्तिक २०६६
•
१ मिनेट पाठ
झापामा धान काट्न खेताला छैन
अधिकांश पुरुष भारततिर

झापा, कात्तिक ३- झापाका गाउँहरूमा कृषि मजदुरको अभाव भएको छ। सीमावर्ती क्षेत्रमा भारतले राष्ट्रिय राजमार्ग बनाउन थालेपछि नेपाली गाउँमा मजदुर अभाव भएको हो।

स्थानीयवासीका अनुसार कृषि मजदुरहरू भारततिर लागेपछि अहिले धान काट्ने समय भएपछि खेताला नपाइनाले काम सुरु भएको छैन। प्रायः १४, १५ वर्षको उमेरभन्दामाथि अधिकांश पुरुषहरू गाउँमा नरहेकाले कृषि उत्पादनमा समेत गिरावट आउन थालेको किसानहरूले बताएका छन्।

स्थानीय कृष्ण पौडेलले गाउँमा मजदुर नपाउँदा पाकेको धान थन्क्याउन नपाएको बताए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस