विवादको कारण करिब डेढ दशकसम्म अलपत्र परेको धरान ८ स्थित तीनकुने सुन्दर वस्ती विकास आयोजनासँगै स्मार्ट बसपार्क निर्माण कार्यले तीव्रता पाएको छ।
बसपार्क बनाउन करिब डेढ बिघा जग्गा स्थानीय जग्गाधनीहरुले निःशुल्क उपलब्ध गराए पनि राजनैतिक खिचातानी एवं विवादको कारण आयोजना डेढ दशकसम्म अलप परेको थियो। आयोजना विवादमा फसेसँगै भानुचोकको साँघुरो बसपार्कलाई स्थानान्तरण गर्ने योजना पनि अलपत्र भएको थियो। स्थानीय तह निर्वाचन पछि जनप्रतिनिधि आएसँगै आयोजना र बसपार्क निर्माणको पहल थालेका थिए। असन्तुष्ट स्थानीय जग्गाधनीहरुसँग सहमति भएपछि गएको असारमा ठेक्का लागेको थियो भने ठेकेकदार कम्पनी बिकोई गिताञ्जली जेभीसँग उपमहानगरपालिकाले २०८१ असार ३० गतेभित्र निर्माण सम्पन्न गर्ने सम्झौतासमेत गरेको थियो।
अहिले आयोजनास्थलमा बसपार्कको निर्माण कार्य तीब्र गतिमा भइरहेको छ। ठेकेदार कम्पनीका बसपार्क प्रोजेक्ट इञ्चार्ज तथा प्रोजेक्ट मेनेजर धर्मेन्द्र यादवले २०८१ असार ३० गतेभित्र निर्माण कार्य सक्ने लक्ष्य लिएर काम भइरहेको छ। अहिले अण्डरग्राउण्ड बेसमेन्टसहित अढाई तले भवनको काम भइरहेको छ। त्यहाँ बेसमेन्टमा साना सवारीहरु पार्किङ रहनेछ,’उनले भने, ‘हामी अढाई बर्षभित्रै काम सक्ने लक्ष्य लिएर काम गरिरहेका छौ।’
ठेकेदार कम्पनीसँग करसहित २३ करोड १५ लाख ३ हजार २ सय ९६ रुपैयाँ ४६ पैसामा बसपार्क निर्माण गर्ने सम्झौता भएको आयोजना प्रमुख खगेन्द्र खतिवडाले जानकारी दिए।बसपार्क निर्माणको लागि ५० प्रतिशत नेपाल सरकारको अनुदान हो भने बाँकी ५० प्रतिशत उपमहागनरपालिकाको लगानीमा निर्माण हुने खतिवडाले बताए।बसपार्कमा टर्मिनल भवन, पार्किङ एरिया, सार्वजनिक शौचालयलगायतको भौतिक संरचनाहरु निर्माण हुनेछ।
बसपार्कको बेसमेन्टमा पार्किङ मात्र हुनेछ। त्यहाँ सुमो, हायस, कारलगायत २ सय संख्यामा साना गाडी पार्किङ हुनेछ भने डेढ सय हाराहारीमा मोटरसाइकल पनि अट्ने क्षमता रहनेछ। ग्राउण्ड फ्लोरमा टिकट विभिन्न रुटमा छुट्ने गाडीहरुको राख्ने संरचना बन्ने छ। साथै, टिकट काउन्टर, यात्रुहरुलाई वेटिंग, सेक्युटिरी, शौचालयलगायत संरचना हुनेछ। त्यो भन्दा माथिल्लो तलामा आफिस प्रयोजन, रेष्टुरेष्ट वा अन्य सेवाहरु पनि हुनेछ।
उनका अनुसार बसपार्कबाहेक आयोजना क्षेत्रको ड्रेन, पहुँच सडकलगायतको लागि पनि छुट्टै ठेक्का लागेर निर्माण कार्य भइरहेको छ। ड्रेन, सडकलगायत कार्यको लागि साह ब्राइट बुल जेभीले भ्याटसहित ५ करोड ९७ लाख ७१ हजार ५८८ रुपैयामा ठेक्का पाएको छ। गएको भदौ २१ मा सम्झौता गरेको कम्पनीले १८ महिनाभित्र निर्माण कार्य सक्नुपर्ने उपमहानगरपालिकाले जनाएको छ।
आयोजना अन्तर्गतको मल्टिप्रपोज एरियामा बसपार्क बनाउन स्थानीय जग्गाधनीले जग्गा दिएका हुन् भने आयोजनाको खर्च व्यहोर्ने गरि थप सेल्स प्लट भनेर स्थानीयकै जग्गा आयोजनाले छुट्याएर राखेको छ। आयोजनाको जग्गा विकास गर्दा जग्गा व्यापारीहरुसँग मिलेर केही कर्मचारीहरुले जग्गा किनेर सुविधायुक्त ठाउँमा जग्गा राखेको भन्दै वास्तविक जग्गाधनीहरु असन्तुष्ट भएपछि विवाद शुरु भएको थियो भने डेढ दशकसम्म आयोजनाको काम ठप्प थियो।