नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकिङ्ग क्षेत्रमा देखा परिरहने तरलताको अभावले उद्योग व्यवसायमा कठिनाई भएको बताएका छन्। त्यसो हुनाले के कारणले गर्दा यो समस्या बारम्बार दोहोरिएको हो, त्यसको जड् पत्ता लगाउनुपर्ने उनले बताए। नभए यसले निजी क्षेत्र जोखिममा पार्नेमा सचेत पारे।
निर्वाचित भक्तपुर उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गर्न नेपाल उद्योग वाणिज्य महासंघ केन्द्र काठमाडौंमा आयोजित कार्यक्रममा उनले सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले उद्योग व्यवसायको लागि वर्तमान समय एकदम चुनौतिपूर्ण रहेको भन्दै हामी सबै एकजुत भएर यसको सामना गर्नुपर्ने कुरा औंल्याए।
भक्तपुर जिल्ला ऐतिहासिक र सांस्कृतिक रुपमा समृद्ध भएको हुनाले पर्यटन उद्योगको यथेष्ट सम्भावना रहेको स्थान भएता पनि विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारी र यसले पर्यटन उद्योगमा पारेको प्रभावबाट अछुतो नरहेको उनले बताए। यस समस्याको हल खोज्न सबै मिलेर लाग्नुपर्ने उनले बताए। साथसाथै यसले साना तथा मझौला उद्योग व्यवसायहरुलाईसमेत सार्है कठिनाईको सामना गर्नुपरेको छ उनले सुनाए।
महासंघका उपाध्यक्ष (एसोसियट्सतर्फ) रामचन्द्र संघाईले कोभिडका कारण धरासायी बनेको पर्यटन उद्योगलाई पुनरोत्थान गर्न आवश्यक कदम चाल्नु जरुरी रहेको भन्दै हाल नेपालमा कूल जनसंख्याको ४६ प्रतिशतले मात्र कोभिडविरुद्धको खोप पाएकोमा यो सक्दो चाँडो बहुसंख्यक जनतामा पुर्याउनु पर्नेमा जोड दिए। महासंघका अर्का उपाध्यक्ष (जिल्लानगर उद्योग वाणिज्य संघतर्फ) दिनेश श्रेष्ठले महासंघले ५५ वर्षको इतिहासमा सरकारको अवैतनिक आर्थिक सल्लाहकारको भूमिका निर्वाह गर्दै आएको बताए। निजी क्षेत्रको हकहितका लागि आवश्यक जुनसुकै काममा पनि जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई सहयोग गर्न आफूहरु तयार रहेको बताए।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले उद्योग वाणिज्य क्षेत्रको विकास तथा उत्थानमा अघि बढ्नको लागि महासंघसंग निरन्तर छलफल गर्दै सहकार्य हुने विश्वास व्यक्त गरे। कोभिडको महामारीको चपेटामा परेको उद्योग धन्दालाई बैंकहरुको व्याज आतङ्कले थप आक्रान्त बनाएको उनले औंल्याए।
निजी क्षेत्रलाई विभाजित गरी कमजोर पार्ने कोशिस भइरहेकोतिर ध्यानाकार्षण गर्दै उद्योग वाणिज्य क्षेत्रको समस्या समाधानमा एकताबद्ध भई लाग्न् पर्नेमाजोड उनले जोड दिए। त्यस्तै उनले विभिन्न नगरपालिकाहरुको आ–आफ्नै कर निर्धारणको व्यवस्था भएबाट एउटै जिल्लाका व्यवसायीहरुलाई पनि भिन्नाभिन्नै करको मार खेप्नु परेकोले यसको निराकरणका लागि तथा करको दरमा एकरुपताका लागि महासंघले पहल गर्नुपर्ने औंल्याए।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका पदाधिकारीलगायत कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो।