काठमाडौं-दुई वर्षअघि जापान सरकारबाट प्राप्त भएको ६ हजार दुई सय क्विन्टल चामल नेपाल खाद्य संस्थानको गोदाममा थन्किएको छ। ‘ड्यामेज' भनिएको उक्त चामलको विषयमा उपयुक्त निर्णय नहुँदा गोदामका थन्किएको र थप बिग्रिँदै गएको छ।तत्कालीन संस्थान सञ्चालक समितिले उक्त चामल खानयोग्य नभएकाले गाड्नु पर्ने निर्णयसहित झन्डै साढे ३ करोड बिमा दाबी गरेको थियो। बिमा कम्पनीले भने सम्पूर्ण बिमा लिनको लागि चामल फिर्ता चाहिने भनेपछि चामल गाड्ने प्रक्रिया रोकिएको थियो।
२०१२ डिसेम्बरमा जापान सरकारले दिएको एक लाख ९० हजार क्विन्टलमध्ये ६ हजार दुई सय क्विन्टल ‘ड्यामेज' भएको भन्दै सञ्चालक समितिले गाड्ने निर्णय गरेको थियो। सञ्चालक समितिको निर्णय ‘त्रुटिपूर्ण' भएको भन्दै संस्थानका कर्मचारीले विरोध र बिमा कम्पनीले सबै रकम दिन अस्विकार गरेपछि चामलको विषयमा अहिलेसम्म केही निर्णय हुन सकेको छैन।
तत्कालीन सञ्चालक समितीले ड्यामेज चामल गाड्ने निर्णय गरेको र उक्त चामलको बिमा दाबी गरेको संस्थानका नायब महाप्रबन्धक नवराज उपाध्यायले बताए। ‘अहिले यो चामलको बिमा दाबी गरेर छलफलको प्रक्रियामा छ,' उनले भने, ‘जापानी बिमा कम्पनीले जनवरीसम्म निर्णय गर्ला।'
२०६९ चैत २९ गते बसेको संस्थान सञ्चालक समितिको बैठकले उक्त चामल पानीले भिजेको, पोखिएको, घटेको र ड्यामेज भएको भन्दै गाड्ने निर्णय गरेको थियो। त्यसपछि चामलको क्षतिपूर्तिस्वरुप करिब तीन करोड ६० लाख रुपैयाँ बिमा दाबी गर्ने निर्णय सहित बिमा कम्पनीलाई पत्राचार गरिएको थियो।
चामल ड्यामेज भएको भनी बिमा दाबी गरिएपछि बिमा कम्पनीले ग्लाडस्टोन सर्भेयरलाई ड्यामेज भए, नभएको अनुगमन गर्न खटाएको थियो। सर्वेयरले पनि चामल ड्यामेज भएको निर्णय दिएको थियो।
उक्त निर्णयपछि बिमा कम्पनीले दुई करोड ४० लाखमात्र क्षतिपूर्ति स्वरुप दिन सक्ने र बाँकी एक करोड ३० लाख रुपैयाँ दिन नसक्ने जानकारी दियो। एक करोड ३० लाख रुपैयाँ दिने हो भने ड्यामेज भनिएको चामल फिर्ता दिनु पर्ने बिमा कम्पनीको अडान थियो।
बिमा कम्पनीले चामल फिर्ता मागेपछि संस्थान सञ्चालक समितिले फिर्ता दिन नसक्ने भन्दै गाड्ने निर्णय गरेको थियो। सञ्चालक समितिको निर्णयपछि समस्या झनै बढेको संस्थान कर्मचारी संघका अध्यक्ष माधव अर्याल बताउँछन्। ‘बोर्डको डिस्पोज गर्ने निर्णय उपयुक्त थिएन,' अर्यालले भने, ‘त्यसैले हामीले यसको विरोध गरेका हौं।'
बोर्डमा चामलको विषयमा दुई–तीनपटक एजेन्डा प्रस्तुत गर्दा पनि निर्णय हुन नसकेको उनले बताए। हरेक बोरामा ५ प्रतिशतभन्दा धेरै चामल नबिग्रिएको बताउँदै उनले प्रयोग गर्न मिल्ने बाँकी चामललाई पशुपक्षीको दानालगायत अरु धेरै ठाउँमा प्रयोग गर्न सकिने अर्यालले बताए। बिग्रिएको चामल केलाएर छुट्याएर बाँकी प्रयोग गर्न सकिने बताए। उक्त चामल संस्थानको गोदाममा सुरक्षित राखिए पनि क्रमशः बिग्रिंदै गएको छ। उक्त चामल अहिले ३०–३५ प्रतिशत बिग्रिसकेको हुन सक्ने उनले बताए। चामल काठमाडौं, नेपालगन्ज, सुर्खेत र वीरगन्जमा राखिएको छ।
‘उपयुक्त निर्णय नहुँदा संस्थानलाई चार करोड रुपैयाँ घाटा भएको छ,' अर्यालले भने, ‘संस्थानको हितमा उपयुक्त निर्णय गर्न र पुरानो निर्णय पुनरावलोकन गर्न हामीले माग राखेका छौं।'
संस्थान स्रोतका अनुसार आन्तरिक र आर्थिक कारण यो चामलको विषयमा उपयुक्त निर्णय हुन सकेको छैन। तत्कालीन सञ्चालक समिति, सर्वेयर र जापानी सप्लायरले संस्थानको हितमा भन्दा पनि आफ्नो हितमा निर्णय गरेकोे स्रोतले बतायो। सञ्चालक समितिमा नौ सदस्य हुने भए पनि पाँचजनाको वैठकले चामल गाड्ने निर्णय गरेको थियो।
जापानबाट आउँदा नै चामल बिग्रिएकोले संस्थानले जिम्मा नलिएको उपाध्यायले बताए। आइसकेको चामल गोदाममा राखिए पनि संस्थानले आफ्नो भनेर जिम्मा लिएको छैन। उतिबेला उक्त चामलको नेपाली बजारमा मूल्य ५० रुपैयाँ प्रतिकेजी थियो।
तत्कालीन सञ्चालक समिति अध्यक्ष गएपछि एक वर्ष संस्थानमा कोही पनि आएको थिएन। एक हप्ताअघि मात्र प्रकाशबहादुर केसी सञ्चालक समिति अध्यक्ष भएर आएका छन्।
यो विषय समाधान नभएकाले नयाँ ल्याउने भनिएको चामलमा पनि असर पर्न सक्ने संस्थान स्रोत बताउँछ। जापानले नयाँ चामल दिने निर्णय गर्दा अहिलेको विषयमा सोध्न सक्ने कर्मचारी बताउँछन्। सरकारले जापान सरकारसँग फेरि चामल ल्याउने प्रक्रिया अघि बढाएको छ। सरकारले ३८ हजार मेटि्रक टन चामल अनुदान दिन प्रस्ताव गरेको तथा परराष्ट्र र अर्थ मन्त्रालयबाट स्वीकृत भएर फाइल जापानी दूतावास पुगेको संस्थानले जनाएको छ।
जापान सरकारले २००६ देखि चामल अनुदान दिँदै आएको छ। अरु बेला यति धेरै चामल बिग्रेको भेटिँदैनथ्यो। २०१२ मा नेपालमा चामल ल्याउने समय असार–साउन भएकाले धेरै बोरा पानीले भिजेको थियो।