सिमसार क्षेत्रमा पाइने चराहरूकाे गणना सुरु
२१ पौष २०७८
•
३ मिनेट पाठ
सिमसार क्षेत्रमा पाइने चराहरूकाे गणना सुरु
मुलुकभरको चराको अवस्था पत्ता लगाउन कपिलवस्तुको जगदशीपुर तालसहित मुलकभर पानी चराको गणना सुरु गरिएको छ। गत शनिवारबाट मध्य हिउँदमा पानी र सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाई संरक्षणमा सहयोग पुर्‍याउन गणना थालिएको हो।




पुस १७ गतेदेखि माघ २ गतेसम्म गणना हुनेछ।  वेटल्याण्ड ईन्टरनेशनलको प्राबिधिक सहयोग र हिमाली प्रकृतिको समन्वयमा गणनाको काम थालिएको हो। गणनकालागि चरा संरक्षणमा काम गर्ने नेपाल, पंक्षी संरक्षण संघ लगायत देशका विभिन्न ठाउँमा क्रियाशिल संघसंस्था सहभागी छन्। नेपालसहित विश्वभर एकै पटक जलपंक्षी गणना भईरहेको हो चरा बिद डाक्टर हेमसागर बरालले बताए।

शनिवार पहिलो दिन काठमाडौंको बागमती नदी र टौडह पोखरीमा चराविद् र नेचर गाईडले गणना सूरु गरको छन्।  पानी चरा गणना नेपाल संयोजक वरिष्ठ चराविद् डा. हेमसागर बरालले कोशीका दर्जन बढी ठाउँ र पोखराका १० ठाउँ गणना सुरु भएको बताए। सुदुर पश्चिमको शुक्ला फाँटाका ६ ठाउँ र बर्दियाको ३ ठाउँमा गणना गरिनेछ। ‘शनिवारदेखि गण्ना सुरु भयो’ उनले भने, ‘आफनो अनुकुलता मिलाएर मुलुकभरका सिमसार क्षेत्रमा गणना गरिनेछ।’ पानी चरा पाईने क्षेत्र छुट्याएर पंछी संरक्षणमा क्रियासिल संस्थालाई गणनाकालागि जिम्मेवारी दिईएको छ।

यस्कालागि ३ सय ५० बढी चराविद्, नेचर गाईड र स्वयंसेवी परिचालन हुनेछन्। विश्व सिमसार क्षेत्रमा सुचिकृत जगदीशपुर, बिसहजारी र घोडाघोडी तालमा गणना गरिनेछ। त्यस्तै लुम्बिनी क्षेत्र, सौरहा, बर्दिया, राप्ती नदी र नवलपरासी लगायतका ठाउँमा चरा गणना गरिनेछ। हेटाैंडा, दाङ, धुनषा, पश्चिम चितवन र रुपन्देहीको गैडहवा र गजेडी लगायतका ठाउमा पनि गणन हुनेछ। नदी, सिमसार, ताल र पोखरी गरि ५० बढी ठाउँमा गणनाको लक्ष्य छ।

चराविद् दिनेश गिरीले गणनाले दिने परिणाम हेरेर सरंक्षणका कार्यक्रम र नीति बनाउन सहयोग पुर्‍याउने बताए। ‘सरकारको ध्यानाकर्षण गराउछौं चरा पर्यटन उकास्न सहयोग पुग्छ’ उनले भने। नेपालमा आउने पर्यटक मध्य ८ प्रतिशत बढी चरा हेर्न लालायीत भई आउँछन्। गणनाको रिपोर्ट बैशाखमा सार्वजनिक गरिनेछ। डा.बरालल जलपंछी आगमन घट्ने क्रम भएको बेलामै सचेत हुनु पर्नेे बताए। सिमसार क्षेत्रमा आश्रित हिउँदे पाहुना चरा पछिल्ला वर्षमा सिमसार क्षेत्रको विनाशले घट्दै गएका छन्।

उडान मार्गमा हुने अवरोध र रासायनिक मलको बढ्दो प्रयोगले उनीहरु जोखिममा छन्। पानी, खेतमा विषादीको प्रयोग र जलवायु परिवर्तनले पनि समस्या थपेको छ। असुरक्षित बिजुलीका तार र अवैध चोरी सिकारीले पनि समस्या थपेको छ। बसाई–सराई गरी आउने चरा लामो दूरीको यात्राले थकित हुने तथा आश्रयस्थल नयाँ ठाउँ हुने हुँदा प्राकृतिक तथा मानवीय सिकारको अत्यधिक जोखिम बढेकोछ। सन् १९८७ देखि वर्षेनी सिमसारमा आश्रित पानीचराको गणना गरिदै आएको छ।

गणनाले पानी चराको अवस्था खतरा उन्मुख देखाएको छ । नेपालमा पाइने विश्वका दुर्लभ चरामध्ये १३ प्रजाति जलपन्छी नै छन् । उत्तरी धु्रवमा हिमपातको सुरुवात सुरु भएसंगै चरा बसाई सर्न थाल्छन्। बढी चिसोले उता चरालाई खानपान र आहारविहारमा समस्या हुन्छ। त्यही भएर हिउँद यामको बढ्दो जाडो छल्न नेपालमा चरा आउँछन्। त्यस क्रममा तल्लो हिमाली भेग, पहाड र तराईका सिमसार, धाप, तालतलैया र नदी आसपास हजारौं चरा बसाई सरी आउने गर्छन्।

कतिपयले बच्चा कोरलेर हुर्काइ फर्कने गर्छन्। उत्तरी मुलुक रूस, चीन, मंगोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट हिउँदे आगन्तुक चरा नेपालमा आउने गर्छन् । त्यस्तै मध्य एशियाका तुर्केमिनिस्तन, किर्किस्तान र साईवेरियाबाट यहाँ चरा आउँछन्। यहाँ वषेर्नी १ सय ५० बढी प्रजातिका चरा आउँछन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
यो पनि पढौँ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस