काठमाडौं-सरकारले ठूला रेस्टुरेन्टले आफैं बियर उत्पादन गरी बेच्न पाउने व्यवस्था गर्न लागेको छ। उद्योग मन्त्रालयले बनाउन लागेको माइक्रो ब्रुअरी सम्बन्धी कार्यविधि अनुसार चेन र स्थानीय ठूला रेस्टुरेन्टले बियर उत्पादन गरेर बेच्न पाउँछन्।केही समयअघि यससम्बन्धी कार्यविधि बनाउन मन्त्रालयका सहसचिव ऋषिराज कोइरालाको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिले कार्यविधि बनाएर औद्योगिक प्रवर्द्धन बोर्डमा पेस गरेको थियो।
कार्यविधि मस्यौदाको रुपमा रहेकाले यस विषयमा छलफल चलिरहेको मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेले बताए। मस्यौदा कार्यविधिमा विस्तृत सैद्धान्तिक कुरा आउन नसकेकाले कसरी र कस्तो रेस्टुरेन्टलाई दिने भन्नेमा छलफल भइरहको छ। यसअघि बसेको बोर्ड बैठकले विस्तृत विवरणसहित प्रतिवेदन पेस गर्न भनेको मन्त्रालयका सहप्रवक्ता विष्णुप्रसाद ढकालले बताए।
‘कस्तो खालका रेस्टुरेन्टलाई उत्पादन स्वीकृति दिने, कर, अन्तः शुल्क लगायतका सम्पूर्ण विवरणसहित प्रतिवेदन पेस गर्न बोर्डले निर्देशन गरेको छ,' ढकालले भने, ‘समिति पूर्ण विवरणसहित पुनः प्रतिवेदन पेस गर्ने प्रक्रियामा छ।'
बोर्डमा एजेन्डाका रुपमा प्रस्तुत भएको मस्यौदा अहिले छलफलमा यो कार्यविधि आगामी बैठकमा पेस गर्ने मन्त्रालयले जनाएको छ।
ढकालका अनुसार रेस्टुरेन्टले मदिरा भने उत्पादन गर्न पाउने छैनन्। केही मात्रामा अल्कोहल मिसिएको बियर उत्पादन गर्न पाउने गरी कार्यविधि बन्दै छ।
ढकालका अनुसार सरकारको नियमअनुसार दर्ता भएका र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएका रेष्टुरेन्टले मात्र स्वीकृति पाउने छन्। तिनले उत्पादन गरेको बियर आफूले मात्रै बेच्न पाउने छन्।
छलफलको चरणमा रहेको कार्यविधिमा चेन रेस्टुरेन्ट र पर्यटकीय हिसाबले ठूला रेस्टुरेन्टले बियर उत्पादन गर्न पाउने उद्योग विभागका महानिर्देशक ध्रुवलाल राजवंशीले बताए। ‘कम्तीमा दुईवटा रेस्टुरेन्ट भएको चेन र दुई सय सिट भएको रेस्टुरेन्टले बियर उत्पादन गर्ने अनुमति पाउनेछन्,' राजवंशीले भने। उनका अनुसार महानगरपालिका, उपनगरपालिका र नगरपालिकभित्रका रेस्टुरेन्टले मात्र उत्पादन अनुमति पाउनेछन्।
उद्योग मन्त्री महेश बस्नेतले माइक्रो ब्रुअरी औद्योगिक र पर्यटकीय हिसाबले महत्वपूर्ण भएको बताए। ‘ठूला रेस्टुरेन्टले आफैं बियर उत्पादन गरेर दिन सुरु गरे पर्यटकीय आकर्षण बढ्छ,' मन्त्री बस्नेतले भने, ‘यसले उद्योगलाई पनि फाइदा गर्छ।' स्थानीय रुपमा उत्पादन हुने मदिरालाई गुणस्तरीय बनाउन यसले सहयोग गर्ने उनको भनाइ छ।
माइक्रो ब्रुअरी अन्तर्राष्ट्रिय स्तरमा पर्यटकीय आकर्षणका रुपमा छ। अमेरिका र युरोपमा माइक्रो ब्रुअरीको चलन व्यापक छ। पछिल्लो समय भारतसम्म पनि यस्तो उत्पादन सुरु भएकोे सहसचिव न्यौपानेले बताए।
माइक्रो ब्रुअरी स्थापना भए ग्राहकले फ्रेस र आफ्नै आँखा अगाडि बनेको बियर उपभोग गर्न पाउनेछन्। ग्राहकले उत्पादन गरेको हेर्न र विभिन्न फ्लेवरको स्वाद लिने मौका पाउने छन्।
अध्ययनअनुसार नेपालमा वार्षिक आठ करोड ४० लाख बोतलको बियर बजार अनुमान छ। बियर उत्पादन गर्ने कम्पनी ६ वटा छन्।
सरकारले अहिले मदिरा उद्योग स्थापनामा रोक लगाएको छ। बोर्डले कोइरालाको नेतृत्वमा मदिरा उद्योग कहाँ स्थापना गर्ने, उत्पादनको मापदण्ड कस्तो हुने लगायत विवरणसहित प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ।
समितिले अन्तिम रिपोर्ट दिएपछि बोर्डले मदिरा उद्योग स्थापनाका मापदण्ड तयार गरेर उद्योग स्थापना सुरु गर्ने मन्त्रालयले जनाएको छ। फलफूलमा आधारित वाइन लगायतका पेय पदार्थ उत्पादन गर्ने उद्योग स्थापनामा भने रोक लगाएको छैन।