काठमाडौं-विद्युत प्राधिकरणले अर्को वर्षको हिउँदमा लोडसेडिङ दैनिक दुई घन्टामा झार्ने लक्ष्य राखी भारतबाट झन्डै २० अर्ब रुपैयाँ बराबरको ३ सय ८० मेगावाटसम्म बिजुली किन्ने गृहकार्य सुरु गरेको छ।मागअनुसार बिजुली उत्पादन नभए पनि भारतबाट आयात गरेर प्राधिकरणले माग र आपूर्ति सहज बनाउने भएको हो। ४ सय केभी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन आउँदो असारसम्म निर्माण पूरा हुने लक्ष्य राखिएको छ। उक्त लाइन बनेपछि आवश्यकताअनुसार बिजुली किनी बढ्दो लोडसेडिङ कम गर्न सकिने प्राधिकरण विद्युत व्यापार विभागका निर्देशक हितेन्द्रदेव शाक्यले बताए।
अन्तरदेशीय प्रसारण लाइनमार्फत औसत पाँच रुपैयाँ ५३ पैसा (३.४६ भारु) मा एक सय ५० मेगावाट बिजुली किन्ने सम्झौता भइसकेको छ। सन् २०१० मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उक्त परिमाणको बिजुली किन्ने सम्झौता भएको थियो। अर्को हिउँदसम्म यो प्रसारण लाइन पूरा भएमा यसबाट मात्र प्राधिकरणले ७ अर्ब २७ करोडको बिजुली किन्नेछ। अन्य १३२ केभी र ३३ केभी लाइनबाट १२ अर्ब रुपैयाँ बढीको थप दुई सय मेगावाट ल्याइने शाक्यले जानकारी दिए।
आउँदो असारसम्म निजी क्षेत्रका आयोजनाबाट ८० मेगावाट र मंसिरसम्म ८६ मेगावाट थपिनेछ। शाक्यका अनुसार स्वदेशी उत्पादन र आयात गरी अर्को हिउँदसम्म मागको हाराहारी आपूर्ति पुर्यााउने लक्ष्य छ। लक्ष्यअनुसार बिजुली किन्न सकियो भने हिउँदको लोडसेडिङ दुई घन्टामा झार्न सकिने उनले दाबी गरे।
प्राधिकरणले अर्को वर्ष बिजुलीको उच्च माग एक हजार तीन सय मेगावाट पुग्ने प्रक्षेपण गरेको छ। हिउँदसम्म १४ मेगावाटको कुलेखानी तेस्रोको निर्माण पूरा हुनेछ । यो सहित कुल आपूर्ति झन्डै आठ सय मेगावाट पुग्नेछ। ‘दुई घन्टासम्म लोडसेडिङ कायम गर्न यति बिजुली पर्याप्त हो,' निर्देशक शाक्य भने।
निजी क्षेत्रले हरेक वर्ष ५० देखि एक सय मेगावाटसम्म बिजुली राष्ट्रिय प्रसारण लाइनमा थप गरिरहेको छ। तर, सरकार तथा प्राधिकरणका तर्फबाट विगत ६ वर्षदेखि एक मेगावाट पनि बिजुली थपिएको छैन। निजी क्षेत्रको योगदान बेवास्ता गर्दै प्राधिकरणले महँगा आयोजना बनाउन र भारतबाट बिजुली किन्ने कामलाई मात्रै प्राथमिकता दिएको निजी उद्यमीको टिप्पणी छ।
प्रधिकरणले यस वर्ष अधिकतम दुई सय मेगावाटसम्म बिजुली आयात गरेकोम छ। विभिन्न दरमा बिजुली किन्दा हालसम्म वर्षको १२ अर्ब रुपैयाँ बिजुली किन्दा भारतलाई तिर्दै आएको छ। यो वर्ष माग बढ्दै गए पनि दैनिक १२ घन्टाभन्दा बढी लोडसेडिङ नहुने शाक्यले ठोकुवा गरे।
बिजुली किन्दा वार्षिक अर्बौं रुपैयाँ भारतलाई तिर्नु परे पनि अझै १० वर्षसम्म हिउँदमा बिजुली किन्नु प्राधिकरणको बाध्यता हुनेछ। निर्माणाधीन र निर्माण भइसकेका सबै आयोजना नदी प्रवाही भएकाले बर्खाको तुलनामा हिउँदको उत्पादन एक चौथाइ मात्र हुन्छ। २०७४ पछि ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीको निर्माण पूरा हुन्छ। तर, यसले हिउँदमा जम्मा ८० मेगावाट उत्पादन गर्छ।
जलाशय आयोजना नबन्दासम्म हिउँदमा भारतबाट बिजुली किन्नुको विकल्प नरहेको प्राधिकरणकै अधिकारी बताउँछन्। यद्यपि लोडसेडिङ न्यूनिकरण कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा भने प्राधिकरणले ध्यान दिएको छैन। २५ प्रतिशतभन्दा बढीको विद्युत चुहावट कम्तिमा २० प्रतिशतसम्म झार्न सके दैनिक एक घन्टा लोडसेडिङ कम हुने इन्जिनियर बताउँछन्। हरेक वर्ष योजना बने पनि ठोस् काम भने हुन सकेको छैन।
लोडसेडिङ न्यूनिकरण कार्ययोजना–२०६९ कार्यान्वयन अहिलेसम्म हुन सकेको छैन। यो योजनामा चुहावट घटाउने र प्रसारण लाइन निर्माण तथा मर्मतलाई बढी जोड दिइएको थियो। प्रसारण लाइन निर्माणको लक्ष्यसमेत पूरा हुन सकेको छैन। प्राधिकरणले हिउँदमा व्यापारिक दरमा नेपालगन्ज, भैरहवा, टनकपुरलगायतका सीमाबाट थप विद्युत् आयात गर्ने भएको छ।
टनकपुरबाट ल्याइएको ३० मेगावाट बढाएर अर्को हिउँदमा ३५ मेगावाट आयात गरिनेछ। प्राधिकरणले भारतबाट नदी सम्झौता, विद्युत आदान–प्रदान र व्यापारिक सम्झौताअनुसार विद्युत् आयात गर्ने गर्छ। नदी सम्झौताअनुसार टनकपुरबाट वार्षिक ७ करोड युनिट निशुल्क आयात हुने गर्छ। यो हिउँदमा टनकपुरबाट खरिद भएको बिजुलीका लागि प्राधिकरणले प्रतियुनिट औसत पाँच रुपैयाँ तिरेको छ।
बिहारबाट आयात भएको विजुलीको भने प्रतियुनिट करिब ८ रुपियाँ ६४ पैसा (५ रुपियाँ ४० पैसा भारु) सम्म भुक्तानी हुने गरेको छ। गत वर्ष र चालू वर्षको आयात दरमा खासै परिवर्तन नभएको भार प्रेषण केन्द्रका प्रमुख क्षेत्रीले बताए। गत वर्ष टनकपुरबाट आयात हुने बिजुलीभन्दा पूर्व कटैयाबाट आयात भएको व्यापारिक दरमा झन्डै प्रतियुनिट २ रुपियाँ बढी पर्छै।
पश्चिमभन्दा पूर्वबाट आयात गरिएको बिजुलीमा प्राधिकरणले प्रतियुनिट ४ रुपियाँ बढी तिर्नुपर्छ। यसको आधारमा प्राधिकरणलाई वर्षको ३ अर्ब रुपैयाँभन्दा बढी बिजुली किन्दा घाटा हुने प्राधिकरण अधिकारी बताउँछन्।
प्रान्तीय प्रसारणलाइनबाट विद्युत् आयात गर्दा स्थानीय प्रचलित मूल्यको आधारमा आयात गर्नुपर्ने हुँदा केन्द्रीय प्रणालीबाट आयात गरिएको विद्युत्को तुलनामा महँगो पर्ने शाक्यले बताए। पश्चिमको बिजुली पूर्व लैजान कोहलपुर–बुटवल, हेटौंडा भरतपुर र भरतपुर–हेटौंडाको २२० केभी प्रसारणलाइन समयमा बनाउन सके वर्षको डेढ अर्ब भन्दा बढी जोगाउन सकिनेछ। तर, अहिलेसम्म ती प्रसारण लाइन बन्न सकेका छैनन्।