काठमाडौं-काठमाडौं शान्तिनगर बस्ने गर्ने विष्णुप्रसाद मैनालीले पुस २ गते ५५ सय रुपैयाँ तिरेर सगर ग्यास भरिएको सिलिन्डर किने। आफूसँगका दुइटा रित्ता सिलिन्डर बोकेर डिपो पुगेका उनलाई बिक्रेताले नयाँ भिडाएका हुन्। ‘बिहान–बेलुका छाकै टार्न गाह्रो भएपछि नयाँ नकिनी सुखै पाइएन,' उनले भने।काठमाडौं, साँखुका रामप्रसाद सापकोटाले पनि ५ हजार रुपैयाँ तिरेर हिमाल ग्यासको नयाँ सिलिन्डर किने। घरमा तीनवटा हुँदाहुँदै बिक्रेताले नयाँ किन्न बाध्य पारेको उनको गुनासो छ।
अब सापकोटाको घरमा चार र मैलालीको घरमा तीनवटा सिलिन्डर भए। तीनकुनेकी मञ्जु पराजुली १५ दिनसम्म ग्यास नपाउँदा निकै तनावमा छिन्। उनले दुइटा सिलिन्डर भएर पनि ग्यास पाएकी छैनन्।
यी पात्रका भनाइलाई आधार मान्दा बजारमा ग्यासको कृत्रिम अभाव गराएर व्यवसायीले नयाँ सिलिन्डर बिक्री गरेको सहजै बुझ्न सकिन्छ। ग्यास बिक्रेता महासंघका पदाधिकारी पनि यसै भन्छन्।
ग्यास बिक्रेता महासंघका केन्द्रीय उपाध्यक्ष गणेश श्रेष्ठले मंगलबार वीरगन्जस्थित नागरिक संवाददातासँग नेपाल आयल निगमको निर्देशनमा ग्यास उद्योगले नयाँ सिलिन्डरको बिक्री बढाउन कृत्रिम अभाव सिर्जना गरेको बताएका थिए। ग्यासको कोटा बढाउन सिलिन्डर संख्या थप्नुपर्ने निगमको सर्तअनुसार उद्योगीले त्यसैमा ध्यान केन्द्रित गरेको उनको बुझाइ छ।
दसैंअघि ग्यास उद्योगीले कोटा वृद्धिको माग गर्दै हडताल आह्वान गरेका थिए। उनीहरुको माग पूरा गरिदिने सर्तपछि आन्दोलन फिर्ता भएको थियो।
नेपाल एलपी ग्यास उद्योग संघले सिलिन्डर संख्या बढाएर कोटा थप्न दबाब दिन यस्तो गरेको निगमको भनाइ छ। कृत्रिम अभावको फाइदा उठाउँदै ३७ सयमा बिक्री गर्नुपर्ने सिलिन्डरमा व्यापारीले ५५ सयसम्म लिने गरेका छन्।
ग्यास व्यवसायीले तोकिएको मूल्यभन्दा धेरै नाफा खाएर सिलिन्डर बेच्ने र आवश्यक नहुँदा पनि कोटा बढाउन दबाब दिने उद्देश्यले यस्तो गरेको उपभोक्ता अधिकारकर्मीले बताए। ‘बजारमा ग्यास अभाव छ पनि भन्ने अनि धमाधम नयाँ सिलिन्डर पनि बिक्री गर्ने व्यवसायीको रणनीति हो,' उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव ज्योति बानियाँले भने, ‘यसविरुद्ध राज्यले कडा कदम चाल्नु पर्छ।'
व्यवसायीलाई अत्यावश्यक ऐन लगाएर भए पनि कारबाही गर्नुपर्ने उनको भनाइ छ। ‘ग्यास अभाव देखाउने अनि उपभोक्तालाई चर्को मूल्यमा नयाँ सिलिन्डर बेच्ने काम गैरकानुनी हो,' उनले भने।
पुराना सिलिन्डर लैजाँदा ग्यास नदिने बिक्रेताले नयाँ किन्ने हो भने जति पनि दिन्छन्। भारतबाट पर्याप्त मात्रामा ग्यास आए पनि कोटा नबढेपछि व्यवसायीले कृत्रिम अभाव गराएको ग्यास बिक्रेता महासंघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए।
नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले काठमाडौंमा ग्यास अभाव नभएको बताए। ‘सुदूरपश्चिमममा अभाव छ,' उनले नागरिकसँग भने, ‘अरु ठाउँमा अभाव छैन।' निगमका अनुसार बरौनीबाट पर्याप्त मात्रामा ग्यास नआएकाले त्यता केही समस्या देखिएको हो। ‘बरौनीबाट मासिक १२ हजार टन आउनुपर्ने हो। तर साढे चार हजार टनमात्र आइरहेको छ,' घिमिरेले भने।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले ग्यास लुकाएर अभाव गराउने डिपोलाई कारबाही गर्ने बताए। ‘काठमाडौंमा मागअनुसार ग्यास आइरहेको छ,' उनले भने, ‘त्यो ग्यास उपभोक्ताले पाएका छैनन् भने कहाँ गयो त?' अहिले मासिक २२ हजार दुई सय ७७ हजार टन ग्यासको कोटा छ। सोही परिमाणमा ग्यास आइरहेको निगमको दाबी छ। कोटाअनुसार ग्यास ल्याएपछि बजारमा अभाव नहुने निगमको भनाइ छ।
नोबेल ग्यास उद्योगका निर्देशक कविभक्त क्षेत्री एकजनाले २५ वटासम्म सिलिन्डर राख्दा अभाव भएको तर्क गर्छन्। ‘५० लाख सिलिन्डर बजारमा छन्,' उनले भने, ‘त्यो आवश्यकताभन्दा धेरै हो।'