काठमाडौं— देशभरका चिनी उद्योगीले लोडसेडिङ उच्च हुने हिउँदमा कारखानाबाट झन्डै सय मेगावाट बिजुली उत्पादन गर्न सकिने भन्दै यो किन्ने व्यवस्थाका लागि सरकारसमक्ष फेरि प्रस्ताव गरेका छन्।
चिनी उत्पादक संघले चिनीमिलको बिजुली उपयोग हुन नसकेको भन्दै बिक्रीको व्यवस्था गर्न हालै उद्योग मन्त्रालयमा प्रस्ताव पेस गरेको हो। 'चिनीमिलमा गरिएको अध्ययनले सय मेगावाटसम्म बिजुली उत्पादन गर्न सकिने देखाएकाले यसको सदुपयोग गर्न सरकारलाई पुनः आग्रह गरेका छौं,' संघका अध्यक्ष शशि खेतानले बिहीबार नागरिकलाई बताए ।
संघले पेस गरेको प्रस्तावमा छलफल गर्न आइतबार बैठक डाकेको मन्त्रालयले जनाएको छ । उद्योगमन्त्री महेश बस्नेतले उद्योगीहरुबाट प्रस्ताव आएको र यसलाई मूर्त रुप दिन लागिपर्ने बताए । 'आइतबार ऊर्जा मन्त्रालय, विद्युत प्राधिकरण र व्यवसायीसँग बैठक हुँदैछ,' मन्त्री बस्नेतले भने, 'ऊर्जा र प्राधिकरणले उत्पादित बिजुली किन्ने बाचा गरे कुरा अघि बढ्छ ।'
लोडसेडिङ बढी हुने हिउँदका पाँच महिना चिनीमिलबाट ८० देखि सय मेगावाटसम्म विद्युत उत्पादन गर्न सकिने संघको भनाइ छ । बिजुली किनिदिन संघले चार–पाँच वर्षदेखि बारम्बार आग्रह गरिरहेको छ । संघले अहिले पनि माग दोहो¥याएको हो ।
हिउँदमा मात्रै सञ्चालन हुने चिनीमिलले उत्पादन गर्ने बिजुलीले खोलानालाबाट कम उत्पादन हुने हिउँदमा लोडसेडिङ घटाउन सहयोग पुग्ने संघको भनाइ छ ।
सरकारले बिजुली किन्ने उचित नीति नभएको र किन्ने ग्यारेन्टी नभएकाले व्यवसायीले उत्पादन नगरेका हुन् । त्यस्तो ग्यारेन्टी सरकारले गरे आफैं बिजुली उत्पादन गर्ने व्यवसायी बताउँछन् ।
अहिले देशभरमा ११ वटा चिनीमिल सञ्चालनमा रहेको खेतानले जानकारी दिए । यी मिलबाट सिजनमा ८० मेगावाट भन्दा धेरै बिजुली उत्पादन गर्न सक्ने विदेशी संस्थाले गरेको अध्ययनले देखाएको संघले बताएको छ । मंसिरमा सुरु हुने उखु क्रसिङ सिजन पाँच महिनासम्म रहन्छ । यो बेला देशभरका सबै चिनीमिल निरन्तर सञ्चालन हुन्छन् । संघका कार्यालय सचिव दिवाकर पाण्डेका अनुसार अधिकांश मिल तराई क्षेत्रमा छन् । नवलपरासी, बारा, सर्लाही, महोत्तरी, सुनसरी, रौतहट, महाकालीलगायत ठाउँमा चिनीमिल छन् ।
यी चिनीमिलले आफूलाई चाहिने बिजुली आफैं उत्पादन गर्छन् । पाण्डेका अनुसार मिलले उखु क्रसिङ गर्दा निस्कने 'बगास'बाट बिजुली उत्पादन गर्छन् । मिल सुरु गर्न एकपटक बिजुली प्रयोग गरेपछि मिलले आफैं उत्पादन गर्न थाल्छन् ।
चिनीमिलबाट विजुली उत्पादन गर्न विदेशी निकाय पनि तयार रहेको खेतातले बताए । उनका अनुसार जर्मन सहयोग संस्था जिआइजेट लगायत यसमा सहयोग गर्न तयार छन् । ती संस्थाले बिजुली उत्पादनको सम्भावना अध्ययन पनि गरेको संघले जनाएको छ । सरकारले पहल गरेर किनिदिने हो भने स्वदेशी व्यवसायी पनि बिजुली उत्पादन गर्न सक्षम भएको उद्योगी बताउँछन् । 'प्रमुख कुरा सरकारले बिजुली किनिदिनुपर्छ,' कार्यालय सचिव पाण्डेले भने ।
चिनीमिलबाट उत्पादित बिजुली सस्तो र उत्पादन सजिलो पर्न सकिने खेतानको भनाइ छ । प्रारम्भिक अनुमानअनुसार चिनीमिलबाट प्रतियुनिट ९ रुपैयाँ हाराहारीमा बिजुली उत्पादन गर्न सकिन्छ । अहिले पनि व्यवसायीले डिजेलबाट प्रतियुनिट ३७ रुपैयाँभन्दा बढी खर्च गरेर बिजुली निकालिरहेका छन् । सरकारले केही पहल गर्ने र केही नयाँ प्रविधि जोड्ने हो भने हिउँदमा बिजुली उत्पादन गर्न सकिने संघको भनाइ छ । यसो गर्दा चिनीमिलको क्षमता बढाउन पनि सहयोग पुग्ने संघको भनाइ छ ।
बिजुली उत्पादन गर्न केही वर्षदेखि नै पहल गरे पनि सरकारले सहयोग र चासो नदेखाएको गुनासो चिनी उद्योगीको छ । 'हामीले तीन–चार वर्षदेखि पहल गरिरहेका छौं,' खेतातले भने, 'अहिलेसम्म सरकारले कुनै काम अघि बढाएको छैन ।' उद्योग मन्त्रालय, ऊर्जा मन्त्रालय, विद्युत प्राधिकरण लगायत निकायमा प्रस्ताव पेस गर्दा निकै राम्रो प्रस्ताव भन्ने तर कार्यान्वयन नगर्ने व्यवसायीको गुनासो छ । सरकारी नियकाले बिजुली किनबेचका लागि ऐन नियम र अन्य प्राविधिक कुरा अगाडि सार्ने गरेको उद्योगीको भनाइ छ ।
नेपाल विद्युत प्राधिकरणका अधिकारी भने वितरण लाइनबाट जोडिएको अवस्थामा लोडसेडिङ घटाउन खासै योगदान नपुग्ने बताउँछन् । डेडिकेटेड फिडरबाट उच्च क्षमताको सबस्टेसनमा सिधै जोड्न सकेमात्र लोडसेडिङमा केही राहत हुने तर चिनीमिलबाट उत्पादितको हकमा यो प्रभावकारी नहुने प्राधिकरणका भारप्रेषण केन्द्र प्रमुख भुवनकुमार क्षेत्रीले बताए ।