पोखरा— विश्व विकास बैंक छिट्टै राष्ट्रिय स्तरको बन्ने भएको छ । त्यसका लागि फेवा फाइनान्स र विश्वले सहमति गरेका छन् । राष्ट्र बैंकको नियमानुसार राष्ट्रिय स्तरको विकास बैंक बन्न ६४ करोड रुपैयाँ पुँजी चाहिन्छ । फेवा र विश्व गाभिएपछि उनीहरुको चुक्तापुँजी ८१ करोड पुग्नेछ।पोखरामै केन्द्रीय कार्यालय रहेको ओम फाइनान्सले कामना विकास बैंकसँग मर्जरको सैद्धान्तिक सहमति गरेको केही महिना भइसक्यो । मर्जपश्चात बन्ने ओम विकास बैंक पनि राष्ट्रिय स्तरको हुनेछ । ६६ करोड रुपैयाँभन्दा बढी पुँजी पुर्याउने गरी कामना र ओम मर्जमा जान लागेका हुन् ।
यी चारैवटाले नयाँ संस्था गठनपछि बन्ने सञ्चालक समिति र प्रमुख कार्यकारी र त्यसपछिका कर्मचारीको पदबारे पनि सहमति गरिसकेका छन् । विश्व र फेवाले अध्यक्ष विश्वकै जगन गुरुङ र प्रमुख कार्यकारी अधिकृतमा फेवाका रेशम थापा रहने गरी सहमति गरेका छन् । ओम विकास बैंकमा कामनाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश आचार्य र नायब सिइओमा ओमका जिएम बुद्धि मल्ल रहनेछन् । अध्यक्ष भने ओमकै सुशीलकुमार गोशली रहने सहमति भएको छ ।
गरिमा विकास बैंकले छिमेकी जिल्लाको अर्काे विकास बैंकसँग मर्जर प्रक्रिया अगाडि बढाएको छ । छिट्टै सहमतिपत्रमा हस्ताक्षर हुने गरी तयारी भइरहेको गरिमाका सिइओ गोविन्द ढकालले जानकारी दिए । 'धेरै कुरा अगाडि बढिसक्यो,' उनले भने, 'दुवैले पुँजी बढाएर मर्ज गर्ने तयारी भएको छ ।' मर्जकै लागि २५ प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने निर्णय साधारण सभाले पारित गरेको जानकारी पनि उनले दिए । त्यति हकप्रद सेयर जारी गरेपछि गरिमा विकास बंैकको पुँजी ५६ करोड पुग्नेछ । तर राष्ट्रिय स्तरको विकास बैंक आवश्यक पुँजी भने ६४ करोड रुपैयाँ हो । अर्काे संस्थाले पनि हकप्रद सेयरबाट पुँजी बढाएपछि आफूहरु ७१ करोड पुँजी भएको राष्ट्रिय स्तरको विकास बैंक बन्ने ढकालले बताए ।
मर्जकै तयारीमा रहेको पोखराको अर्काे विकास बैंक मुक्तिनाथ हो । उसले आफूभन्दा केही सानो संस्था खोजिरहेको छ । देशभरका विकास बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल भएकाले पनि मुक्तिनाथलाई राष्ट्रिय स्तरको बन्ने चाहना पलाएको हो ।
राष्ट्रिय स्तरको विकास बैंक बनेपछि लगानीका लागि क्षेत्र विस्तार हुने बताउँछन् ओम फाइनान्सका महाप्रबन्धक बुद्धि मल्ल । 'हामी राष्ट्रिय स्तरकै फाइनान्स कम्पनी हौं, तर प्रतिस्पर्धात्मक क्षमता बढाउन मर्जमा जाने तयारीमा छौं,' उनले भने, 'ठूलो संस्था भएपछि क्षमता पनि बढ्छ र लगानी पनि बढाउन पाउँछौं ।' राष्ट्र बैंकको नियमानुसार कुनै पनि बैंक तथा बैंकिङ संस्थाले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतभन्दा बढी एकल ग्राहक कर्जा वितरण गर्न पाउँदैन । यस कारण कुनै ठूलो आयोजनामा पोखराका बैंक वित्तीय संस्था एक्लैले २५÷३० करोड लगानी गर्न सक्ने अवस्था पनि हुँदैनथ्यो । मर्जमा गएर पुँजी बढाउँदा भने त्यस्तो अवसर आउँदा उनीहरुले सदुपयोग गर्नसक्नेछन् ।
मर्ज गरेर राष्ट्रिय स्तरको विकास बैंक बनेपछि सेवामा विविधीकरण गर्ने विश्व विकास बैंकको सिइओ समीरशेखर वज्रचार्यले बताए । 'सञ्जाल पनि बढ्छ र चाहेको ठाउँमा लगानी गर्न सकिन्छ,' मर्जरपछिका फाइदाबारे उनले भने ।
केहीअघि मात्रै पोखराको सांग्रिला विकास बैंक नेपालगन्जको बागेश्वरीसँग मर्ज भएर राष्ट्रिय स्तरको बनिसकेको छ । त्यसअगाडि बिजनेस डेभलपमेन्ट र अन्नपूर्ण फाइनान्सले पनि त्यही बाटो रोजेका थिए । हिमचुली विकास बैंकले वीरगन्ज फाइनान्ससँग मर्ज गरेर एचएन्डबी बन्यो भने पोखराकै अपि फाइनान्सले पनि मर्जकै बाटो गएर एपेक्स विकास बैंक बनिसकेको छ ।
रेमिटेन्स लगायत आकर्षणका कारण पोखरा र आसपासमा गएको दशक थुप्रै फाइनान्स र विकास बैंक खुलेका थिए । अहिलेसम्म पोखरामै केन्द्र भएका फाइनान्स ४ वटा छन् भने विकास बैंकको संख्या ७ छ । सबैले गण्डकी धौलागिरीका जिल्लाहरुमा शाखा विस्तार गरेका छन् । गण्डकी धौलागिरीका ८ जिल्लामा वाणिज्य बैंक र तिनका शाखाहरु गरी १४० कार्यालय छन् । त्यसपछि विकास बैंकका १५७, वित्त कम्पनीका ३३ र लघुवित्तका ५१ कार्यालय छन् ।