काठमाडौं— उपभोक्ताको ढाड सेक्ने गरी मूल्य बढाएर ग्यास सिलिन्डर बिक्री भइरहँदा पनि नियामक निकाय मौन बसेको छ। ३७ सयमा रुपैयाँमा पाउनुपर्ने सिलिनडर ५५ सय रुपैयाँमा बिक्री हुँदा पनि वाणिज्य विभाग, नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय मुकदर्शके बनेको उपभोक्ता हित संरक्षण मञ्च नेपालमा महासचिव ज्योति बानियाँले बताए।'बजारमा चर्को मूल्यमा नयाँ सिलिन्डर बिक्री भइरहेको छ,' बानियाँले भने, 'राज्यको ध्यान त्यता जान सकेको छैन ।' अनुगमनको जिम्मा पाएको वाणिज्य विभाग र जिल्ला प्रशासन कार्यालयले कारबाहीका लागि हालसम्म पनि कुनै कदम नचालेको भन्दै उनले आपत्ति जनाए ।
वाणिज्य विभागका निर्देशक पुरुषोत्तम सुवेदीले शुक्रबारबाट बजार अनुगमनमा जाने बताए । 'उपभोक्ताले सामान किन्दा बिल लिने नगरेकाले कति ठगिएका छन् हामीलाई जानकारी हुँदैन,' उनले भने, 'प्रमाण नभेटिएपछि कारबाही गर्न थप कठिन हुन्छ ।'
व्यापारीले व्यापारीको रुपमा काम नगर्दा यस्तो समस्या आएको सुवेदीको भनाइ छ । आफैं ग्यासको कृत्रिम अभाव गराउने र तोकिएभन्दा बढी मूल्यमा सिलिन्डर बेच्ने गरेको गुनासो बढेको उनले बताए ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले केही दिनमा ग्यास आपूर्ति सहज हुने बताए । 'बरौनीको सरसफाइ कार्य सकिएको छ,' उनले भने, 'एक–दुई दिनमा आपूर्ति सहज हुन्छ ।' बरौनीबाट पर्याप्त मात्रामा नआएपछि व्यवसायीले नयाँ सिलिन्डर बिक्री गर्ने मौका पाएको उनले बताए ।
निगमका अनुसार महँगोमा सिलिन्डर बिक्री गर्ने व्यवसायीलाई अनुगमन गरेर कारबाहीको दायरामा ल्याउने बताए । 'अनुगमनका क्रममा तोकिएको मूल्यभन्दा बढीमा बेचेको पाइए तत्काल कारबाही गर्छौं,' भट्टले भने, 'शुक्रबारबाट वाणिज्य विभाग, जिल्ला प्रशासन, निगम र उपभोक्ता अधिकारवादीसहितको टोली अनुगमनमा निस्कन्छ ।'
व्यापारीले ग्यास अभावको नाममा धमाधम नयाँ सिलिन्डर बेचिरहेका छन् । तत्काल ग्यास आउँदैन भन्दै नयाँ सिलिन्डर महँगोमा भिडाएको उपभोक्ताले बताएका छन् । ग्यास बिक्रेता महासंघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्यमा भारी गिरावट आउँदासमेत निगमले पर्याप्त ग्यास दिन नसकेको आरोप लगाए । 'मूल्य घट्दा त जतिसक्दो बढी ल्याएर उपभोक्तालाई दिए हुन्छ,' अर्यालले भने, 'राज्यले नै व्यवसायीलाई कृत्रिम अभाव सिर्जना गर्ने बाटो बनाइदिएको छ ।'
निगमका अनुसार बिहीबारमात्रै बरौनीबाट १५ ट्यांकर ग्यास लिएर फर्केका छन् । ती टयांकर उद्योगमा पुग्नेबित्तिकै आपूर्ति सहज हुने निगमको अनुमान छ । वाणिज्य विभागका निर्देशक सुवेदीले उपभोक्ता सचेत नभई अनुगमनले मात्रै केही नहुने बताए । उभपोक्ताले हरेक सामानको बिल लिने गरे यस्ता समस्या आधा हल भएर जाने बताए ।
उद्योगीले आपूmखुसी सिलिन्डर बेचेर धेरै कमाउन खोज्दा समस्या आएको निगमको भनाइ छ । 'सिलिन्डर खरिद नगरी उद्योगीले ग्यास नै बिक्री गरेनन् । ग्यास भर्न आएका उपभोक्तालाई छैन सिलिन्डर नै किन्नु पर्छ भने,' उनले भने, 'उद्योगीले मोटो रकम कुम्ल्याउन खोज्दा समस्या जटिल बनेको हो ।'
निगमलाई ग्यासको कोटा बढाउन दबाब दिने उद्देश्यअनुरुप साना ग्यास उद्योगीले नयाँ सिलिन्डर महँगोमा बेचेका हुन् । एलपी ग्यास उद्योग संघले निगमलाई बजारमा गएको सिलिन्डरको संख्या बढाउन र कोटा थप्न दबाब दिन यस्तो गरेको निगमको भनाइ छ ।