चितवन-दोस्रो पोल्ट्री दिवस मनाउने तयारीमा रहेका व्यवसायीले देशका विभिन्न पाँच ठाउँमा स्लडर हाउस (कुखुरा संकलन गरेर मासु बेच्ने केन्द्र) खोल्न सरकारसँग माग गरेका छन्। यसो गर्दा ब्रोइलर कुखुरापालन क्षेत्र व्यावसायिक बन्न सक्ने उनीहरुको धारणा छ। दोस्रो पोल्ट्री दिवसबारे जानकारी दिन मंगलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरुले यस्तो माग गरेका हुन्।‘पाँचवटा स्लटर हाउस भए कुखुरा पाल्नेले पनि राम्रो मूल्य पाउँथे। उपभोक्ताले पनि स्वस्थ्यकर मासु सुपथ मूल्यमा पाउँथे,' पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले भने। काठमाडौं र चितवन क्षेत्रमा तीनवटा तथा पूर्व र पश्चिम क्षेत्रमा एक–एकवटा स्लटर हाउस राख्न उपयुक्त हुने उनको भनाइ छ। एउटा स्लटर हाउस राख्न ४० करोड रुपैयाँ लाग्ने उनको अनुमान छ।
‘लागत पनि धेरै छ। सुरुमा नाफा पनि हुँदैन। कम्तीमा तीन वर्ष घाटामा जाने सम्भावना हुन्छ। त्यसैले यसमा सरकार नै अग्रसर हुनुपर्ने हुन्छ,' विष्टले भने। सुरुको घाटा देखेर सरकार तर्सन नहुने उनले बताए। ब्रोइलर कुखुरामा एकपटक ह्वात्तै नाफा देखिने र अर्को पटक स्वात्तै घाटामा जाने प्रवृत्ति देखापरेको विष्टको भनाइ छ।
‘नाफा हुँदा कस्ले लान्छ थाहा हुँदैन। घाटा हुँदा किसानले मात्रै मार खप्नुपर्ने अवस्था छ। यसो हुँदा धेरैले व्यवसाय छाड्छन्। सरकारले स्लटर हाउस राखेर कुखुरा लिने परिपाटी बसाले घाटा हुँदा पनि नाफा हुँदा पनि दुवै बेला किसानले हिस्सा पाउँछन्,' विष्टले भने। सरकारले केही गरेमा ब्रोइलर उत्पादन पनि व्यावसायिक भएर जाने र कुखुरापालन क्षेत्र फस्टाउने उनले बताए।
पत्रकार सम्मेलनमा कुखुरा व्यवसायी मञ्चका अध्यक्ष चन्द्रमान श्रेष्ठले देशमा दैनिक पाँच लाख केजी मासु र ३५ लाख गोटा अन्डा उत्पादन हुने जानकारी दिए। त्यसमध्ये चितवनमा दैनिक ७० हजार केजी मासु र १२ लाख गोटा अन्डा उत्पादन हुन्छ। पोल्ट्रीमा ६० अर्ब रुपैयाँ लगानी भएको उनले जानकारी दिए।
सरकारले गत वर्षदेखि पुस १७ गते पोल्ट्री दिवस मनाउन थालेको हो। गत वर्ष चितवनमा मात्रै कार्यक्रम भएको थियो। यसपटक सरकारी निकाय पशुपंक्षी बजार प्रवर्द्धन निर्देशनालय र कुखुरा व्यवसायी मञ्चले चितवनमा संयुक्त कार्यक्रम गर्ने छन्। देशका अन्य ठाउँमा पनि पोल्ट्री दिवसको अवसरमा कार्यक्रम हुने छन्।
२०१७ साल पुस १७ गते सरकारले बारा परवानीपुरमा केन्द्रीय ह्याचरी उद्घाटन गरेर हेम्पसायर जातका कुखुराको चल्ला उत्पादन गरेको थियो। त्यसैलाई आधुनिक कुखुरापालन व्यवसायको सुरुवात मानेर सोही दिनलाई पोल्ट्री दिवसका रुपमा मनाउन थालेको नेपाल अन्डा उत्पादनक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले जानकारी दिए।
पोल्ट्री दिवसको सन्दर्भमा अन्डा उत्पादक संघले बुधबार जिल्लाका अस्पतालमा अण्डा बाँड्ने कार्यक्रम राखेको छ। सोही दिन भरतपुरमा आयोजना हुने कार्यक्रममा कुखुरापालन व्यवसायमा देखापरेका चुनौती र सम्भावनाबारे गोष्ठी हुने आयोजकले जानकारी दिए।