काठमाडौं- सरकारले विकास निर्माण वा यससँग जोडिएका संगीन विषयमा समेत सुझबुझबिनै हचुवा निर्णय गर्ने गरेको उदाहरण प्रस्तुत गर्दै माथिल्लो सेतीको परामर्शदाता नियुक्ति प्रक्रिया उल्टाएको छ। ऊर्जामन्त्री राधा ज्ञवालीले पुस ४ गते परामर्शदाता छनोटको मूल्यांकनमा एसियाली विकास बैंक (एडिबी) ले विभेदपूर्ण काम गरेको भन्दै प्रक्रिया रद्द गरेकी थिइन्। बिहीबारको मन्त्रिपरिषद बैठकले त्यही प्रक्रिया उल्टाएर लाहमेयरलाई नै परामर्शदाताको जिम्मा दिने निर्णय गरेको छ। मन्त्रीले पुरानो प्रक्रिया रद्द गरेको घोषणा गरेपछि एडिबी लगायत जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र युरोपियन इन्भेस्टमेन्ट बैंकले सहयोग फिर्ता गर्ने संकेत दिएका थिए। त्यसपछि सरकार निर्णय उल्ट्याउन बाध्य भएको हो। सरकारको यो निर्णयले मन्त्री ज्ञवालीले गरेको गल्ती सच्चिए पनि मन्त्री वा मन्त्रालयले सुझबुझबिनै निर्णय गर्ने अनि सच्याउन मन्त्रिपरिषद लैजाने गलत परिपाटी बसालेको छ।
'हाम्रो सरकार वा मन्त्री नीतिगत निर्णय गर्न कति अयोग्य रहेछन् भन्ने पुष्टि गरेको छ,' अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए। अर्थमन्त्री रामशरण महतले ऊर्जामन्त्रीले गरेको गलत निर्णय मन्त्रिपरिषदबाट सच्याइएको बताए। उनले भने, 'अब आयोजनाको काम बिनाअवरोध अगाडि बढ्नेछ।'
दाताको सहयोगमा अगाडि बढाइएका जुनसुकै आयोजनामा मन्त्रीको लहडले काम नगर्ने पुष्टि भएको ऊर्जा मन्त्रालयका एकजना अधिकारीले टिप्पणी गरे। ती अधिकारीले भने, 'यस्तो निर्णयले नेपालको अन्तर्राष्ट्रिय छवि बिग्रन्छ र भविष्यमा दाताले अनावश्यक कुरामा समेत दबाब दिने अवस्था उत्पन्न हुन्छ।' वैदेशिक लगानीको उचित व्यवस्थापन गर्ने कानुन नहुँदासम्म यो प्रवृत्ति दोहोरिइरहने राष्ट्रिय योजना आयोगका सदस्य गोविन्द नेपालले बताए।
मन्त्री ज्ञवालीले भने मन्त्रालयको निर्देशन र अनुगमनका आधारमा मात्र काम गर्न लाहमेयर तयार रहेकाले आफूले मन्त्रिपरिषदमा निर्णय उल्ट्याउने प्रस्ताव लगेको बताएकी छन्। तर यो उनको पुुरानो निर्णयको पुनर्विचार नभई एमाले नेता केपी ओपीको आदेशमा गरिएको आयोगका एक सदस्यले दाबी गरे। उनले भने, 'स्वतन्त्र कमिटीले सिफारिस गरेअनुसार काम गर्न सुझाव दिँदादिँदै उहाँले गल्ती गर्नुभयो र आफैं झुक्नुपर्यो'।'
मन्त्रिपरिषद बैठकपछि पनि ज्ञवालीले लाहमेयर तोकिएको समय र लागतमा गुणस्तरीय काम गर्ने प्रतिबद्धता जनाएको दोहोर्याठइन्। सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले तोकिएको समय, प्रविधि र लागतमा काम सक्न लाहमेयर तयार रहेको बताए। उनले भने, 'एडिबीले सोहीअनुसार काम गर्न लाहमेयर प्रतिबद्ध भन्ने जानकारी दिएको छ।'
सरकारले माथिल्लो सेतीमा गरेको निर्णय सकारात्मक हो। यद्यपि, आगामी दिनमा कुनै पनि मन्त्रीले विकास निर्माणका विषयमा यसरी नै हचुवामा निर्णय गर्ने र सच्याउन मन्त्रिपरिषद लैजाने बाटो खुला भएको छ। एक सय ४० मेगावाट आयोजनाको परामर्शदातामा जापानको कान्साइ इलेक्ट्रिक कम्पनी दोस्रोमा छानिएको थियो। यस कम्पनीका नेपाली एजेन्टले लाहमेयरसँग सेडिमेन्ट (बालुवा, लेदो, गेगर) बढी बग्ने सेती नदीमा काम गर्ने अनुभव नभएको भन्दै आपत्ति जनाएपछि विवाद सुरु भएको थियो।
परामर्शदाता छनोट प्रक्रियामा पहिलो लाहमेयर र दोस्रो कान्साई थिए। प्रतिस्पर्धामा लाहमेयरले परामर्शका लागि कम दर प्रस्ताव गरेकाले यही कम्पनी छान्न एडिबीले मन्त्रालयलाई सिफारिस गरेको थियो। सार्वजनिक खरिद ऐन, २०६३ मा समेत कुनै पनि ठेक्का प्रक्रियामा सबैभन्दा कम रकम प्रस्ताव गर्ने व्यक्ति वा कम्पनीको प्रस्ताव अन्तिम हुने व्यवस्था छ।
आयोजनाका लागि एडिबीले १५ करोड अमेरिकी डलर ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै अन्य लगानीका लागि समन्वय गरेको थियो। कुल ५० करोड डलर (५० अर्ब रुपैयाँ) लागत अनुमान गरिएको आयोजनाका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ३० लाख र युरोपियन इनभेस्टमेन्ट बैंकले करिब १० करोड अमेरिकी डलर सहुलियत ऋण दिने प्रतिबद्धता जनाइसकेका छन्। उनीहरुसँग सरकारले ऋण सम्झौतासमेत गरिसकेको छ।
एडिबीको मूल्यांकन पुनरावलोकन गर्न ऊर्जा मन्त्रालयका सहसचिव केशवध्वज अधिकारीको संयोजकत्वमा मन्त्रालयले कमिटी गठन गरेको थियो। कमिटीले उसको मूल्यांकनमा सहमत हुन नसकिने निचोडको प्रतिवेदन दिएको थियो। यही प्रतिवेदनको आधारमा मन्त्रालयले पुरानो प्रक्रिया रद्द गरेको थियो।
एडिबीको मूल्यांकनबारे निरन्तर विवाद बढ्दै गएपछि अर्थ र ऊर्जा मन्त्रालयका तर्फबाट क्रमशः विजयबहदुर देउजा, दिन्कर शर्मा र एडिबीका तर्फबाट दुई स्वतन्त्र प्रतिनिधि सम्मिलित कमिटी गठन गरी उक्त मूल्यांकनको अर्को पुनरावलोकन गरिएको थियो। यो कमिटीले एडिबीले गरेको मूल्यांकनमा प्रश्न उठाउने ठाउँ नरहेको प्रतिवेदन दिएको अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। कमिटीको निर्णय आउनासाथ अख्तियारले समेत परामर्शदाता नियुक्तिको पुरानै प्रक्रियालाई निरन्तरता दिन सिफारिस गरेको थियो।
परामर्शदाता नियुक्ति प्रक्रिया झन्डै आठ महिना ढिलो भइसकेको छ। यस अवधिमा अन्तर्राष्ट्रिय मुद्रा (अमेरिकी डलर) मा आएको उतारचढावले झन्डै पाँच करोड अमेरिकी डलर लागत थपिइसकेको एडिबीका एक अधिकारीले जानकारी दिए। नयाँ प्रक्रियामा गए यसको लागत ६० करोड डलर नाघ्ने उनको दाबी छ।