सगरमाथा आरोहण रोयल्टी आधा घट्यो
१९ पौष २०७१
•
८ मिनेट पाठ
सगरमाथा आरोहण रोयल्टी आधा घट्यो
काठमाडौं- सरकारले बढीभन्दा बढी पर्वतारोही आकर्षित गर्न विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण अनुमति शुल्क (रोयल्टी) आधाभन्दा बढीले घटाएको छ। त्यसैगरी सगरमाथाबाहेक आरोहण खुला गरिएका बाँकी सबै हिमालको पनि रोयल्टी घटाइएको छ।




लामो समयदेखि पर्वतारोहीहरूले सगरमाथा आरोहण रोयल्टी 'महँगो' भएको गुनासो गरिरहेका थिए। सरकारले करिब एक वर्षदेखि नेपाली आरोहीलाई आधाभन्दा बढी छुट दिए पनि विदेशी आरोहीका हकमा यो नियम अंग्रेजी नयाँ वर्षबाट कार्यान्वयनमा आएको हो।

'बढीभन्दा बढी पर्वतारोहीलाई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा आकर्षित गर्न र सगरमाथाबाहेक अन्य हिमाललाई प्रतिस्पर्धी बनाउन रोयल्टी घटाइएको हो,' संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागका महानिर्देशक तुलसी गौतमले शनिबार नागरिकसँग भने, 'यसबाट संसारभरका पर्वतारोहीमा सकारात्मक सन्देश जाने विश्वास छ।'

पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को नियम ३६ ले दिएको अधिकार प्रयोग गरी सरकारले गत वर्ष नै रोयल्टी घटाउने निर्णय गरेको थियो। यसअघि नेपाली र विदेशी आरोहीलाई सगरमाथा चढ्न एउटै रोयल्टी तिर्नुपर्थ्यो भने अब फरक भएको उनले जानकारी दिए। नेपाली आरोहीले घटेको रोयल्टीमा २०७० फागुन १ बाटै सगरमाथा आरोहण गरिरहेका छन्।

पर्यटन विभागका अनुसार प्रत्येक विदेशी आरोहीले अब दक्षिणपूर्वी मोहोडा (नर्मल रुट) बाट वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न ११ हजार अमेरिकी डलर (करिब ११ लाख रुपैयाँ) रोयल्टी तिरे पुग्छ। यसअघि यस्तो शुल्क २५ हजार डलर (२५ लाख रुपैयाँहाराहारी) थियो। नर्मल रुटबाहेक सगरमाथा आरोहण गर्न प्रत्येक विदेशी आरोहीले १० हजार डलर (करिब १० लाख रुपैयाँ) रोयल्टी तिर्नुपर्छ। यसअभि १५ हजार डलर (१५ लाख रुपैयाँहाराहारी) थियो।

त्यसैगरी नर्मल रुटबाट सगरमाथा आरोहण गर्न विदेशी आरोहीले शरद ऋतुमा प्रतिव्यक्ति ५ हजार ५ सय डलर तथा शिशिर र वर्षामा २ हजार ७ सय ५० डलरमात्र तिरे पुग्छ। यसअघि १२ हजार ५ सय र ६ हजार २ सय ५० डलर तिर्नुपर्थ्यो। यो रुटबाहेक शरदमा ५ हजार तथा शिशिर र वर्षामा २ हजार ५ सय डलर लाग्छ। यसअघि २० हजार र १० हजार डलर छ।

सरकारले वसन्त ऋतुमा सगरमाथा जाने एकजनालाई २५ हजार डलर, दुईलाई ४० हजार, तीनलाई ४८ हजार, चारलाई ५६ हजार, पाँचलाई ६० हजार, ६ लाई ६६ हजार र सातजनालाई ७० हजार डलर लिने गर्छ।

सातजना बराबर एक दल हुने र त्यसलाई ७० हजार डलर रोयल्टी लाग्छ। विगतमा अधिकतम १० जनाको एक दल हुन्थ्यो। प्रत्येक थप आरोहीलाई १०–१० हजार डलर शुल्क लाग्छ। हाल एक दलमा बढीमा १५ जनासम्म बस्न मिल्छ। 'अब प्रत्येक सदस्यले ११ हजार डलर रोयल्टी तिर्नुपर्छ,' महानिर्देशक गौतमले भने।

नर्मल रुटबाहेक अन्य मार्गबाट सगरमाथा चढ्न सातजना बराबर ५० हजार डलर र प्रत्येक थप सदस्यलाई १० हजार डलर लाग्छ। अनुमति पाएको ७५ दिनभित्र आरोहण गरिसक्नुपर्छ। हिमालपिच्छे आरोहण अनुमति शुल्क फरक छ।

नेपाली आरोहीले भने नर्मल रुटबाट अब सगरमाथा आरोहण गर्न यसअघि नै लगभग सतप्रतिशत छुट पाएका थिए। विगतमा विदेशी आरोहीलाई झैं प्रतिव्यक्ति २५ लाख रुपैयाँहाराहारी रोयल्टी तिर्नुपर्ने भए पनि नेपालीले त्यसमा ९७ प्रतिशत छुट पाएर ७५ हजारमात्र तिरे पुग्छ। नर्मल रुटबाहेक सगरमाथा चढ्न प्रत्येक नेपाली आरोहीले ६० हजार रुपैयाँ तिरे पुग्छ भने त्यसअघि १५ हजार डलर (करिब १५ लाख रुपैयाँ) थियो।

पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा गठित 'पर्वतारोहण रोयल्टी सुधार सुझाव समिति' ले सिफारिस गरेपछि सरकारले रोयल्टी घटाएको थियो। सरकारले ६ हजार ५ सय मिटरभन्दा कम उचाइदेखि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथासम्मका लागि रोयल्टीमा भारी छुट दिएको थियो।

अब प्रत्येक विदेशी आरोहीले वसन्त ऋतुमा सगरमाथाबाहेक ८ हजार मिटर र त्यसभन्दा अग्ला हिमाल आरोहण गर्न १ हजार ८ सय डलर, ७ हजार ५ सय १ देखि ७ हजार ९ सय ९९ मिटरसम्म ६ सय डलर, ७ हजारदेखि ७ हजार ५ सय मिटरसम्म ५ सय डलर, ६ हजार ५ सय १ मिटरदेखि ६ हजार ९ सय ९९ मिटरसम्म ४ सय डलर, अमादब्ललाई ४ सय डलर र ६ हजार ५ सय मिटरभन्दा कम उचाइलाई २ सय ५० डलर रोयल्टी तिर्नुपर्छ।

यिनै उचाइका हिमाल आरोहण गर्न भने प्रत्येक नेपाली आरोहीले क्रमशः १० हजार रुपैयाँ, ८ हजार, ६ हजार, ५ हजार, ८ हजार र ४ हजार रुपैयाँमात्र तिरे पुग्छ।

'खुम्बु क्षेत्रका हिमालमा मात्र ओइरिने आरोहीलाई अन्य भेगका हिमालतिर पनि आकर्षित गर्दै लाने उद्देश्यले सबै हिमाल आरोहणको रोयल्टी घटाइएको हो,' महानिर्देशक गौतमले भने, 'यसबाट आरोहणमा विविधिकरण हुने छ भने आरोहीलाई नयाँ हिमाल छनोट गर्न सुविधा पनि मिल्ने छ।'

नेपालका १ हजार ७ सय ९२ हिमालमध्ये हालसम्म ३ सय २६ हिमाल मात्र आरोहणका लागि खुला छ। खुला गरिएकामध्ये ३३ हिमाल नेपाल पर्वतारोहण संघ अन्तर्गत छन्। सबै हिमालमध्ये ६ हजार मिटर माथि १ हजार ३ सय १० र ५ हजार ५ सय मिटरदेखि ५ हजार ९ सय ९९ मिटरसम्मका ४ सय ८२ हिमाल छन्। संसारका ८ हजार मिटर अग्ला १४ हिमालमध्ये सर्वोच्च शिखरसहित ८ वटा नेपालमा छन्।
अर्को समाचार
सगरमाथा आरोहण रोयल्टी आधा घट्यो
२९ माघ २०७०
•
७ मिनेट पाठ
सगरमाथा आरोहण रोयल्टी आधा घट्यो
काठमाडौं- सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण अनुमति शुल्क (रोयल्टी) आधाभन्दा बढीले घटाएको छ। लामो समयदेखि पर्वतारोहीहरूले सगरमाथा आरोहण रोयल्टी 'महँगो' भएको गुनासो गरिरहेका बेला सरकारले बुधबार रोयल्टी आधाभन्दा बढीले घटाउने निर्णय गरेको हो। सरकारको निर्णय नेपाली र विदेशी पर्वतारोहीका लागि छुट्टाछुट्टै मितिमा लागू हुनेछ।




'बढीभन्दा बढी पर्वतारोहीलाई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा आकर्षित गर्न रोयल्टी घटाउने निर्णय भएको हो,' संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले बुधबार नागरिकसँग भने, 'यसबाट संसारभरका पर्वतारोहीमा सकारात्मक सन्देश जाने विश्वास छ।'
पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को नियम ३६ ले दिएको अधिकार प्रयोग गरी रोयल्टी घटाउने निर्णय गरिएको उनले बताए। यसअघि नेपाली र विदेशी आरोहीलाई सगरमाथा चढ्न एउटै रोयल्टी तिर्नुपर्थ्यो भने अब फरक भएको उनले जानकारी दिए। 
'नेपाली आरोहीले घटेको रोयल्टीमा फागुन १ (बिहीबार) बाट सगरमाथा आरोहण गर्न पाउँछन्,' पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखा प्रमुखसमेत रहेका बुर्लाकोटीले भने, 'विदेशी आरोहीका हकमा भने २०७१ पुस १७ बाटमात्र घटेको रोयल्टी लागू हुनेछ।'
उनका अनुसार प्रत्येक विदेशी आरोहीले अब दक्षिणपूर्वी मोहोडा (नर्मल रुट) बाट वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न ११ हजार अमेरिकी डलर (११ लाख रुपैयाँ) रोयल्टी तिरे पुग्छ। हाल यस्तो शुल्क २५ हजार डलर (२५ लाख रुपैयाँ) रहेको छ। नर्मल रुटबाहेक सगरमाथा आरोहण गर्न प्रत्येक विदेशी आरोहीले १० हजार डलर (१० लाख रुपैयाँ) रोयल्टी तिर्नुपर्छ। हाल यो १५ हजार डलर (१५ लाख रुपैयाँ) रहेको छ।
नेपाली आरोहीले भने नर्मल रुटबाट अब सगरमाथा आरोहण गर्न लगभग सतप्रतिशत छुट पाएका छन्। विगतमा विदेशी आरोहीलाई झैं प्रतिव्यक्ति २५ लाख रुपैयाँ रोयल्टी तिर्नुपर्ने भए पनि अब त्यसमा ९७ प्रतिशत (२४ लाख ३५ हजार रुपैयाँ) छुट भएर ७५ हजारमात्र तिरे पुग्छ। नर्मल रुटबाहेक सगरमाथा चढ्न प्रत्येक नेपाली आरोहीले अब ६० हजार रुपैयाँ तिरे पुग्छ भने यसअघि १५ हजार डलर (१५ लाख रुपैयाँ) थियो।
पर्यटन मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा गठित पर्वतारोहण रोयल्टी सुधार सुझाव समितिले सिफारिस गरेपछि सरकारले रोयल्टी घटाएको हो। सरकारले ६ हजार ५ सय मिटरभन्दा कम उचाइदेखि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथासम्मका लागि नयाँ रोयल्टी सार्वजनिक गरेको हो। 
अब नर्मल रुटबाट सगरमाथा आरोहण गर्न विदेशी आरोहीले शरद ऋतुमा प्रतिव्यक्ति ५ हजार ५ सय डलर तथा शिशिर र वर्षामा २ हजार ७ सय ५० डलर तिर्नुपर्ने छ। हाल १२ हजार ५ सय र ६ हजार २ सय ५० डलर रहेको छ। यो रुटबाहेक शरदमा ५ हजार तथा शिशिर र वर्षामा २ हजार ५ सय डलर लाग्ने छ। हाल २० हजार र १० हजार डलर छ। 
सरकारले वसन्त ऋतुमा सगरमाथा जाने एकजनालाई २५ हजार डलर, दुईलाई ४० हजार, तीनलाई ४८ हजार, चारलाई ५६ हजार, पाँचलाई ६० हजार, छलाई ६६ हजार र सातजनालाई ७० हजार डलर लिने गर्छ।

सातजना बराबर एक दल हुने र त्यसलाई ७० हजार डलर रोयल्टी लाग्छ। विगतमा अधिकतम १० जनाको एक दल हुन्थ्यो। प्रत्येक थप आरोहीलाई १०–१० हजार डलर शुल्क लाग्छ। हाल एक दलमा बढीमा १५ जनासम्म बस्न मिल्छ। 'अब प्रत्येक सदस्यले ११ हजार डलर रोयल्टी तिर्नुपर्छ,' सहसचिव बुर्लाकोटीले भने। 
नर्मल रुटबाहेक अन्य मार्गबाट सगरमाथा चढ्न सातजना बराबर ५० हजार डलर र प्रत्येक थप सदस्यलाई १० हजार डलर लाग्छ। अनुमति पाएको ७५ दिनभित्र आरोहण गरिसक्नुपर्छ। हिमालपिच्छे आरोहण अनुमति शुल्क फरक छ।
अब प्रत्येक विदेशी आरोहीले वसन्त ऋतुमा सगरमाथाबाहेक ८ हजार मिटर र त्यसभन्दा अग्ला हिमाल आरोहण गर्न १ हजार ८ सय डलर, ७ हजार ५ सय १ देखि ७ हजार ९ सय ९९ मिटरसम्म ६ सय डलर, ७ हजारदेखि ७ हजार ५ सय मिटरसम्म ५ सय डलर, ६ हजार ५ सय १ मिटरदेखि ६ हजार ९ सय ९९ मिटरसम्म ४ सय डलर, अमादब्ललाई ४ सय डलर र ६ हजार ५ सय मिटरभन्दा कम उचाइलार्य २ सय ५० डलर रोयल्टी तिर्नुपर्छ।
यिनै उचाइका हिमाल आरोहण गर्न भने प्रत्येक नेपाली आरोहीले क्रमशः १० हजार रुपैयाँ, ८ हजार, ६ हजार, ५ हजार, ८ हजार र ४ हजार रुपैयाँमात्र तिरे पुग्छ। 
नेपालका १ हजार ७ सय ९२ हिमालमध्ये हालसम्म ३ सय २६ हिमाल मात्र आरोहणका लागि खुला छ। खुला गरिएकामध्ये ३३ हिमाल नेपाल पर्वतारोहण संघ अन्तर्गत छन्। सबै हिमालमध्ये ६ हजार मिटर माथि १ हजार ३ सय १० र ५ हजार ५ सय मिटरदेखि ५ हजार ९ सय ९९ मिटरसम्मका ४ सय ८२ हिमाल छन्। संसारका ८ हजार मिटर अग्ला १४ हिमालमध्ये सर्वोच्च शिखरसहित ८ वटा नेपालमा छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस