कर्णालीमा स्याउ तथा ओखर विकास बोर्ड गठन गर्न माग
३० पौष २०७८
•
४ मिनेट पाठ
कर्णालीमा स्याउ तथा ओखर विकास बोर्ड गठन गर्न माग
कर्णालीमा स्याउ र ओखर खेतीको संभावनालाई मध्यनजर गर्दै स्याउ तथा ओखर विकास बोर्ड गठन गर्न माग गरिएको छ। कर्णालीको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र भुमि व्यवस्था तथा कृषिमन्त्री समक्ष कर्णालीबासीले स्याउ तथा ओखर विकास बोर्ड गठन गर्न माग गरेका हुन्। कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारीको नेतृत्वको टोलीले मुख्यमन्त्री जीवनबहादुर शाही र कृषिमन्त्री चक्रबहादुर शाहीलाई भेटेर कर्णालीमा स्याउ र ओखर विकास बोर्ड गठन गर्न माग गरेका हुन्।  




कर्णाली प्रदेश प्रचुर संभावनायुक्त हुँदाहुदै पनि झण्डै ५२ प्रतिशत बहुआयमिक गरिबीको दुश्चक्रबाट उन्मुक्त हुन सकिरहेको छैन। संभावनायुक्त क्षेत्र कृषि क्षेत्रको विकास नगरी कर्णाली प्रदेशलाई गरीबिको दुश्चक्रबाट उन्मुक्त गर्न सकिदैन। त्यसैले स्याउ तथा ओखर उत्पादन बृद्धि,बजारीकरण र स्याउ तथा ओखर उत्पादक कृषकहरुलाई प्रोत्साहनका लागि स्याउ तथा ओखर विकास बोर्ड गठन गर्न माग गरिएको छ।

पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका भण्डारीको नेतृत्वमा प्रदेशसभा सदस्यद्वय पदमबहादुर रोकाय, बीरबहादुर शाही र अगुवा कृषकहरुसहितको १४ सदस्यीय टोलीले स्याउ तथा ओखर विकास बोर्ड गठन गर्न माग गरेको हो। पाँच बुँदे मागपत्र स्याउ उत्पादक किसान तथा व्यवसायी संघ जुम्लाका अध्यक्ष प्रेमबहादुर बस्नेतले मुख्यमन्त्री शाहीलाई बुझाए।

मागपत्र बुझ्दै मुख्यमन्त्री शाहीले कर्णालीमा स्याउ तथा ओखर विकास बोर्डको माग सकरात्मक भएको बताए।  कर्णालीमा मार्सी, चिनो, कागुनो फापर पाइन्छ र त्यसको बजार मूल्य पनि राम्रो छ तर उत्पादन परिमाण निकै कम छ, मुख्यमन्त्री शाहीले भने,‘तत्कालिन कर्णालीको स्याउ तथा ओखरका साथै रैथानेबाली उत्पादनमा सबैले जोड जोड दिन आवश्यक छ।’

कर्णालीको स्याउ कुनै बेला गाइवस्तुको दाना हुन्थ्यो। बजार नहुँदा कुहिन्थ्यो। माटोको खाल्डोमा भण्डारण गरेर राखिन्थ्यो। मेहनतका साथ उत्पादित स्याउको मुल्य नहुँदा किसान निराश हुन्थ्ये,मुख्यमन्त्री शाहीले थपे,‘अहिले स्याउ तथा ओखरले बजारको मागलाई निर्वाध रुपमा पुर्ति गर्न सकेको छ। जसका लागि आगामी योजना तर्जुमा गर्न जरुरी छ। कर्णाली सरकार कर्णालीको किसानका हितका लागि स्याउ तथा ओखर विकास बोडए गठन प्रक्रियालाई अघि बढाउन तयार छ।’

टोलीले विकास बोर्ड गठनको माग पत्र प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीलाई समेत बुझाएको छ। मागपत्र लिएर प्रदेशसभा सदस्यहरुसहित जुम्लाका प्रतिनिधिहरु राजबहादुर कुँवर, साहसी राजकुमार शाही, मोतिलाल बोहोरा, गोरबहादुर बुढा, सन्तबिर रोकाय, शेरबहादुर बोहोरा, सन्तबिर रावत, ताराबहादुर बोहोरा, सुमबहादुर बुढा, कालीबहादुर बोहोरा र हिरा बुढा मुख्यमन्त्री कार्यालय तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पुगेका थिए।

कर्णाली प्रदेश भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले स्याउ तथा ओखर विकास बोर्डको संभावना कर्णालीमा रहेको बताए। पहिलो पटक ओखर तथा स्याउ विकास बोर्डका बारेमा छलफल सुरु भएको छ। उनले भने,‘स्रोत एकीकृत गर्ने बिषयमा छलफल अबको छलफल केन्द्रीत हुन जरुरी छ।’

कर्णालीमा पहिलो पटक स्याउ तथा ओखर विकास बोर्डको अवधारणामा जाने बिषयमा बहस सुरु भएको छ। यो राम्रो पक्ष हो। प्रवक्ता कठायतले भने,‘स्याउमा भएको स्रोतलाई एकीकृत गर्ने,सरकारी निकायाले छुटयाएको चारपाँच करोडले स्याउको उत्पादन बृद्ध हुन सक्दैन। कर्णाली सरकारले स्याउ ओखरमा विशेष खालको कार्यक्रम ल्याउनुपर्छ।’

अहिले कर्णालीमा करोडौँ लगानी गर्ने नीजि व्यवसायहरु आइरहेका छन्। बोर्ड गठन गरेको खण्डमा नीतिगत रुपमा निर्णय गर्न सहज हुन्छ। स्याउ ओखरमा बिषयमा वकालत गर्ने,समस्याको पहिचान गर्ने,नीतिगत रुपमा निर्णय गर्नलाई पनि बोर्ड अनिवार्य चाहिन्छ। उनले भने,‘स्याउ तथा ओखर विकास बोर्ड गठन गर्न सरकार मन्त्रालय सकरात्मक छ। कर्णालीका किसानका माग जायज छन्। तर सजिलै बोर्ड गठन हुने अवस्था छैन।’ प्रवक्ता कठायत भन्छन,‘बोर्डमा जानको लागि पहिलो कुरो त प्राइभेट सेक्टर आउनु पर्यो। अहिले साना किसान छन्। पछिल्लो समयमा व्यवसायिकरणको दिसामा अग्रसर देखिन्छ। स्याउ ओखरको क्षेत्र विस्तार,किसानको संख्या बृद्धि र स्याउ तथा ओखरको उत्पादन बृद्धि र गुणस्तरमा ध्यान केन्द्रीत गर्नुपर्छ।’

उनले अबको एक दुई बर्ष समुदायमा केन्द्रीत कार्यक्रम ल्याउनु पर्ने बताए। यो बीचमा बोर्ड गठन गर्दाका फाइदा देखि हरेक संगठन संरचनाको अध्ययन गर्नुपर्छ। स्याउ तथा ओखर विकास बोर्ड ऐन बनाउनुपर्छ। एक डेढ बर्ष सरोकारवालालाई सचेतिकरण गर्नुपर्छ। स्याउ र ओखरका लागि विशेष खालको कार्यक्रम ल्याउन जरुरीछ। सिचाइँ,घेराबार,पोखरी निर्माणमा ध्यान दिनुपर्छ। बाहिर उत्पादन निकासी हुनुपर्छ। कर्णालीको पाँच जिल्लामा स्याउ ओखर उत्पादन हुन्छ। ओखर तल्लो क्षेत्रमा हुन्छ। दस वर्ष सम्म कति क्षेत्रफल विस्तार गर्ने स्टडी हुनुपर्छ। अन्तिम विकल्प बोर्ड गठन नै हो।
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
४० मिनेट अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
यो पनि पढौँ
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस