उपमहानगरका जनप्रतिनिधिको सुविधा खर्च तीन करोड
०१ माघ २०७८
•
३ मिनेट पाठ
उपमहानगरका जनप्रतिनिधिको सुविधा खर्च तीन करोड
आर्थिक वर्ष २०७६/०७७ मा घोराही उपमहानगरपालिकाले ‘पदाधिकारीको पारिश्रमिक’ खर्च १ करोड ४८ लाख २० हजार बजेट विनियोजन गर्‍यो।




मेयर, उपमेयर तथा वडाक्ष्यक्षको पारिश्रमिकका लागि गरिएको यो विनियोजित रकम त्यो वर्ष पूरै खर्च भयो। त्यसपछि गत आर्थिक वर्षमा उपमहानगरले पारिश्रमिक बजे पहिलेकोभन्दा ५० लाखभन्दा बढायो। गत आर्थिक वर्ष उपमहानगरले पदाधिकारीको पारिश्रमिक खर्चतर्फको बजेट २ करोड रूपैयाँ पुर्‍यायो।

उपमहानगरको आय–व्यय प्रतिवेदनअनुसार यो दुई करोड रूपैयाँ पनि पूरै खर्च भइसकेको छ। ‘गत वर्षको पदाधिकारी पारिश्रमिकतर्फको बजेट पूरै खर्च भएको छ,’ लेखा शाखाका एक कर्मचारीले भने। स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक दिनु असंवैधानिक भन्दै सर्वोच्चमा रिट परेपछि लुम्बिनी प्रदेशसहितका प्रदेशमा निर्धारण गरिएको जनप्रतिनिधिको पारिश्रमिक खारेज गर्न सर्वोच्चले फैसला गरेको थियो।

तर जनप्रतिनिधिलाई सुविधा प्रदान गर्न पाउने वैधानिक बाटोलाई पछ्याउँदै लुम्बिनी प्रदेशले पदाधिकारीको पारिश्रमिकको ठाउँमा ‘सुविधा’ लिन सकिने बाटो खोलिदियो। यो सुविधाअन्तर्गत पदाधिकारीलाई विभिन्न शीर्षकमा सुविधा दिइन्छ।

घोराही उपमहानगरपालिकाले पनि सोही नियम टेकेर पदाधिकारीको सुविधा शीर्षकमा रकम विनियोजन गर्‍यो। पदाधिकारीको पारिश्रमिकमै हुने गरेको करोडौं रूपैयाँ खर्च नियन्त्रण हुने आशा सर्वोच्चको फैसलाले जगाइदियो।

तर घोराही उपमहानगरको हकमा भने झनै महंगो बन्यो। पदाधिकारी सुविधाअन्तर्गत छुट्याइएको यो रकम मेयर, उपमेयर तथा १९ वडाध्यक्षको सुविधा मात्रै हो। गत आर्थिक वर्ष पदाधिकारीको पारिश्रमिक दुई करोड रूपैयाँ छुट्याएको उपमहानगरले यो चालु आर्थिक वर्षमा पदाधिकारी सुविधाअन्तर्गत एक करोड रूपैयाँ थप गरेर छु्याएको छ।

यसवर्ष उपमहानगरले पदाधिकारी सुविधामा मात्रै ३ करोड बजेट विनियोजन गरेको छ। उपमहानगरको लेखा शाखाका अनुसार यो बजेटमध्ये अहिलेसम्म ३२ प्रतिशत रकम खर्च भइसकेको छ। ‘यो वर्ष पदाधिकारीक पारिश्रमिक नभएर पदाधिकारी सुविधाअन्तर्गत ३ करोड रूपैयाँ विनियोजन भएको छ,’ लेखा शाखा स्रोतले भन्यो, ‘योमध्ये ३२ प्रतिशत रकम खर्च भइसकेको छ।’ यो सुविधाअन्तर्गत पहिलो चौमासिकमा १ करोड, दोस्रोमा १ करोड र तेस्रो चौमासिकमा १ करोड खर्च गर्ने लक्ष उपमहानगरले लिएको छ।

‘मेयर, उपमेयरदेखि सबै जनप्रतिनिधिको तलबको शीर्षकको रकम नै ३ करोड रूपैयाँ हो,’ उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले भने, ‘यो उहाँहरूले मासिक तलवकै रूपमा पाउने रकम हो।’ तीन करोड रूपैयाँ वडाका पदाधिकारीबाहेक वडा सदस्यको तलब खर्चसमेत भएको उनले बताए।

तर बजेटको शीर्षकमा भने पदाधिकारीको सुविधा मात्रै भनेर उल्लेख गरिएको छ। पदाधिकारीमा वडा सदस्यहरू पर्दैनन्। पदाधिकारीको सुविधाअन्तर्गत ३ करोड बजेट विनियोजन गरेको उपमहानगरले ‘पदाधिकारी अन्य सुविधा’ अन्तर्गत थप १२ लाख ५० हजार बजेट विनियोजन गरेको छ।

तीन करोड बजेट विनियोजन भइसकेपछि अन्य सुविधा भनेर थप साढे १२ लाख बजेट कुन प्रयोजनका लागि हो भन्ने प्रश्न उपमहानगरमाथि सहजै उठाउने ठाउँ दिएको छ। ‘पदाधिकारी सुविधा भनेर सिंगो बजेट राखिसकेपछि अन्य सुविधा भनेर फेरि रकम विनियोजन कसरी गरियो?’ घोराही उपमहानगरपालिका–१४ का वडाध्यक्ष शक्तिराम डाँगीले भने, ‘के का लागि छुट्याइयो? यसको जवाफ हामीहरूले खोजिरहेका छौं।’ यस विषयमा प्रमुख प्रशासकीय अधिकृत केसीले भने यो रकम खर्च नहुने रकम भएको बताए।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
६ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस