चितवन-मध्य पुस केटे पनि चितवनको पहाडी गाविस काउले–६ मा पर्ने तल्लो काउलेका किसानले फलाएको सुन्तला बिकेको छैन। भाउ राम्रो नपाएकाले गाउँलेले सुन्तला टिपेका छैनन्। माघसम्म कुरेर बस्ने सोचमा उनीहरु छन्।‘यहीँ किन्न कोही आउँदैन। राजमार्गसम्म लैजानु पर्छ। त्यहाँ पुर्याेएको गाडी भाडा प्रतिकिलो पाँच रुपैयाँ लाग्छ। सुन्तलाको मूल्य ३० रुपैयाँभन्दा पाइँदैन। त्यसैले भाउ कुरेर बसेको,' तल्लो काउलेका ध्वजबहादुर रानाले भने।
एक किलो सुन्तलाको ५० देखि ६५ रुपैयाँसम्म मूल्य आउने आसमा गाउँले माघसम्म सुन्तला नटिप्ने सोचमा छन्। ‘यहाँको सुन्तला राम्रो र मिठो छ त्यसैले भाउको आशा त राख्नै पर्योन नि,' सुनाखरी कृषक समूहका अध्यक्षसमेत रहेको ध्वजबहादुरले भने।
तल्लो काउलेमा सुन्तला लगाउने चलन १०/१५ वर्षअघि सुरु भएको हो। व्यावसायिक रुपमा उत्पादन लिन थालेको चाहिँ तीन चार वर्षमात्रै भएको छ। गाउँमा २०/२२ घर छन्। प्रायःले सुन्तला रोपेका छन्।
‘मेरो बगैँचामा सय बोट सुन्तला छन्। राम्रो मूल्य आए तीन लाख रुपैयाँसम्म कमाइ हुन्छ, नभए घाटा,' ध्वजबहादुरले भने। व्यावसायिक सुन्तला खेती गरेका गाउँलेले कम्तीमा एक लाख रुपैयाँसम्म आम्दानी लिने गरेको उनले जानकारी दिए।
सुकबहादुर थापा मगरले पनि डेढ सय बोट सुन्तला रोपेका छन्। उनले पोहोर थोरै सुन्तला बेचे। त्यसबाट २० हजार रुपैयाँमात्रै कमाएको उनले जानकारी दिए। यो वर्ष धेरै फलेको छ। बेचेर धेरै पैसा समाउने धोको पूरा हुन बाँकी छ।
‘खै यो वर्ष त भाउ नै आएन? भाउ आए हामीलाई काम गर्न जाँगर चल्थ्यो,' सुकबहादुरले भने। तल्लो काउलेका बासिन्दाले सुन्तला बेच्न ल्याउने पृथ्वी राजमार्गको हुग्दी बजार र फिस्लिङ हो। बाटो कच्ची भएकाले गाडी चले पनि भाडा महँगो छ।
‘हामीले प्रयास गरेका छौं। भाउ नआउँदा किसानमा निराशा छाउँछ। आए राम्रै हुने थियो,' ध्वजबहादुरले भने। सुन्तला खेतीमा गाउँले जुटे पनि सरकारी नजर नपुगेको उनीहरु बताउँछन्। सरकारी प्राविधिक आक्कलझुक्कल मात्रै आउने उनीहरुको गुनासो छ।
चितवनको दारेचोक गाविसको तामिन सुन्तलाको लागि प्रख्यात छ। काउले गाविसका केही गाउँमा पनि सुन्तला खेती फस्टाएको छ।