काठमाडौं-नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रका आयोजनासँग प्रसारण लाइनको जथाभावी जडान सम्झौता (कनेक्सन एग्रिमेन्ट) गरी मनपरी प्रसारण (चुहावट) शुल्क असुल्ने गरेको पत्ता लागेको छ। आयोजनाको क्षमता र ग्रिड सबस्टेसनसम्म बिजुली पुर्यायउने दुरी फरक–फरक हुने भन्दै मनोमानी शुल्क असुल्ने गरिएको हो। प्राधिकरणले निजी क्षेत्रका आयोजनाको बिजुली ३३ हजार किलोभोल्ट वा सोभन्दा बढी क्षमताको ग्रिड सबस्टेसनमा जडान गर्दा प्रसारण शुल्क लिँदैन। सोभन्दा साना सब–स्टेसनसम्म बिजुली जडान गर्ने विद्युतगृहसँग भने यस्तो शुल्क उठाउँदै आएको छ।
ठूला आयोजनाको तुलनामा सानाको आम्दानी एवं वित्तीय आकार सानै हुन्छ। यस्ता आयोजनाले मनग्य मुनाफासमेत कमाउँदैनन्। यिनै आयोजनालाई लक्षित गर्दै प्राधिकरणले प्रसारण लाइनमा हुने चुहावटबापतको रकम लिने गरेको निजी उत्पादकको गुनासो छ। एक जलविद्युत व्यवसायीले नागरिकसँग भने, 'शुल्क लिएकोमा हामीले कुनै आपत्ति जनाएका छैनौं तर समान क्षमता र दुरीमा बनाइएका आयोजनाको प्रसारण शुल्क फरक–फरक तोकिन्छ, यसमा हाम्रो आपत्ति हो।'
निजी क्षेत्रले प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गर्दा उत्पादित बिजुली तोकिएको प्रसारण लाइन वा ग्रिड सब–स्टेसनसम्म पुर्यािउन जडान सम्झौतासमेत गर्नुपर्छ। आयोजनाको क्षमता र विद्युतगृहदेखि तोकिएको सब–स्टेसनसम्मको दुरी फरक हुने भएकाले प्रसारण शुल्क पनि फरक हुने प्राधिकरण विद्युत व्यापार विभागका निर्देशक हितेन्द्रदेव शाक्य बताउँछन्।
'साना उत्पादकले आफ्ना आयोजनाबाट उत्पादित बिजुली तोकिएको सब–स्टेसनसम्म आफैंले प्रसारण लाइन बनाएर जडान गरे ती आयोजनाको हकमा प्रसारण शुल्क (प्राविधिक चुहावटबापतको रकम) लिइँदैन,' उनले नागरिकसँग भने, 'अधिकांश आयोजनामा उत्पादकले विद्युतगृहमै 'मिटरिङ पोइन्ट' राखेका हुन्छन्, यस्ता आयोजनाका हकमा प्रसारण दुरी र क्षमताको आधारमा शुल्क लिइन्छ।' प्रसारण शुल्क वा प्राविधिक चुहावट कति लिने भन्ने कुरा जडान सम्झौता हुँदा नै तोकिने उनले प्रस्ट पारे।
प्राधिकरणले साना उत्पादकलाई विभिन्न क्षेत्रीय कार्यालय मातहतका ग्रिड सब–स्टेसनसँग जडान सम्झौता गर्न तोकेको हुन्छ। ती सब–स्टेसनसँग यसरी सम्झौता गर्दा क्षेत्रीय कार्यालय वा कार्यालय प्रमुखले एकरुपता कायम नगर्ने शाक्यले स्वीकार गरे। एकै क्षमताका आयोजना र समान दुरीका सब–स्टेसनसम्म बिजुली ल्याउँदासमेत प्राधिकरणले फरक–फरक शुल्क असुल्ने गरेको निजी क्षेत्रको आरोप छ। प्राधिकरण भने कर्मचारीले गर्ने अवैध कामलाई नियमभित्रको काम भन्दै पन्छिने गरेको छ।
विद्युतगृहदेखि तोकिएको सब–स्टेसनसम्म बिजुली पुर्या उने तारको मोटाइ वा गुणस्तरले चुहावट घटबढ हुन्छ। यसैले निजी क्षेत्रसँग लिइने प्रसारण शुल्कमा फरक पर्ने प्राधिकरण इन्जिनियर बताउँछन्। मोटो तार (कन्डक्टर) को तुलनामा पातलोमा बिजुली प्रवाह गर्दा प्राविधिक चुहावट बढी हुन्छ। कम गुणस्तरका तार फेर्न वा सुधार गर्न भने प्राधिकरणले चासो देखाउँदैन। निजी क्षेत्रले पनि प्राधिकरणतिर दोष पन्छाएर आफैंले सुधार गर्न सक्ने प्रसारण लाइनको काम गर्दैन।
प्रसारण शुल्क वा प्राविधिक चुहहावटबापत लिने शुल्कबारे प्राधिकरणले अहिलेसम्म कुनै मापदण्ड बनाएको छैन। यसबारे न कुनै तयारी नै गरिएको छ। प्रसारण शुल्क लिने विधि वा मापदण्ड नभएकाले नै प्राधिकरणले यसरी मनपरी शुल्क उठाउँदै आएको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) का उपाध्यक्ष शैलेन्द्र गुरागाईंले बताए।
'प्राधिकरणले आयोजनाको क्षमता र दुरीका कारणले शुल्कमा फरक पर्ने बताए पनि सामान दुरीका सब–स्टेसनसम्म उत्पादित बिजुली जडान गर्दा एकरुपता कायम गर्दैन,' उनले भने, 'प्राधिकरणका केही कर्मचारीले तोकेकै आधारमा यस्तो शुल्क तिर्नुपर्छ, यो नीतिगत भ्रष्टाचार हो।' प्राधिकरणले उपयुक्त नीति ल्याएर यसरी लिइने शुल्कमा औसत एकरुपता कायम गर्नुपर्नेमा उनले जोड दिए।
लमजुङ जिल्लामा बनेका करिब पाँच मेगावाटको सिउरीखोला र साढे चार मेगावाटको राधीखोलाको बिजुली खुदी सब–स्टेसनमा जाडन हुन्छ। तर यी आयोजनाका लागि प्राधिकरणले क्रमशः ३.८ प्रतिशत र ४.६ प्रतिशत प्रसारण शुल्क तोकेको छ। यस्तै संखुवासभाको तिरतिरे सब–स्टेसनमा जडान हुने पाँच मेगावाटसम्मका आयोजनामा पनि यस्तो शुल्क फरक–फरक छ। समान क्षमताका आयोजना र दुरीमा पर्ने सब–स्टेसनमा जडान हुने बिजुलीको हकमा पनि शुल्कमा विभेद गर्नु प्राधिकरणको बदमासी हो,' एक निजी प्रवर्द्धकले टिप्पणी गरे।