कृषि विकास बैंकको छुट
०५ माघ २०७८
•
१ मिनेट पाठ
कृषि विकास बैंकको छुट
कृषि विकास बैंक लिमिटेडले आफ्नो ५५औं वार्षिकोत्सवको अवसरमा डिजिटल प्रडक्ट तथा अन्य सेवामा छुट दिने भएको छ।

बैंकले माघ ७ देखि फागुन ७ गतेसम्म बैंकमा खाता भएका तर हालसम्म मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्ड, डिम्याट, सि–आस्बा, मेरो सेयर र लकर सेवा नलिएका साथै माघ ७ गतेदेखि फागुन ७ गतेसम्म नयाँ खाता खोली यी सेवा लिने ग्राहकलाई सेवा शुल्कमा ५० प्रतिशत छुट दिने समेत जनाएको छ। त्यस्तै, चेतनशील नारी बचत खाता भएका वा खोल्ने ग्राहकलाई लकर सेवामा ७५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ।
अर्को समाचार
–सरकारी बैंकको रणनीति– ब्याज र जरिवाना छुट दिएर ऋण उठाउन सुरु
२८ जेष्ठ २०७०
•
७ मिनेट पाठ
–सरकारी बैंकको रणनीति– ब्याज र जरिवाना छुट दिएर ऋण उठाउन सुरु
काठमाडौं - सरकारी बैंकहरुले ब्याज तथा जरिवाना छुट दिएर डुबेको पुरानो ऋण उठाउन सुरु गरेका छन्। नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले लामो समयदेखि उठ्न नसकेको ऋण उठाउन ब्याज तथा जरिवाना छुट दिन थालेका हुन्। ऋण नउठेर सरकारी बैंकहरुको खराब कर्जा बढेको थियो। डुबेको कतिपय ऋण वासलातबाट अपलेखन गरी हटाएपछि खराब कर्जा घटेजस्तो देखिएको थियो। ऋण अपलेखन गरेपछि लामो समय उठाउन तदारुकता नदेखाएका सरकारी बैंकले अहिले आक्रमक रणनीति बनाएर त्यो पैसा उठाउन सुरु गरेका हुन्।सबैभन्दा बढी ऋण राष्ट्रिय वाणिज्य बैंकको डुबेको छ। बैकको २०५९ अघिको ऋण ६ अर्ब ७५ करोड रुपैयाँ ऋण डुबेको छ। यसमध्ये ४ अर्ब १४ करोड एक करोड रुपैयाँभन्दा माथिको छ। बैंकले करिब ३० अर्ब रुपैयाँ डुबेको ऋणको ब्याज उठाउन बाँकी छ। 
यसपछि बढी ऋण कृषि विकास बैंकको छ। बैंकको डेढ अर्बको हाराहारीमा यस्तो ऋण छ। नेपाल बैंकले डुबेको करिब ५० करोड रुपैयाँ ऋण उठाउन स्किम ल्याएको हो। 
'१२ वर्ष पुराना ऋण उठाउन ब्याज तथा जरिवाना छुटजस्ता योजना ल्याएर प्रोत्साहित गरेका हौं,' नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले सोमबार नागरिकसँग भने, 'छुट योजनाका कारण ऋण तिर्न ग्राहकहरु आउन थालेका छन्।' 
राष्ट्रिय वाणिज्य बैंकले एक करोड रुपैयाँभन्दा बढीको ऋण उठाउन सञ्चालकस्तरको समिति नै गठन गरेको छ। 'समितिका सदस्य र ऋणीबीच के कस्तो सुविधा दिएर ऋण भुक्तानी गर्ने वातावरण बन्छ। त्यसबारे छलफल गरिने छ,' राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले नागरिकसँग भने, 'दुवैको मिलन बिन्दु निकाले बैंकले ऋण तिर्न सहजीकरण गर्ने छ।' 
शर्माले एक करोडभन्दा माथिको कर्जा ६२ वटा रहेको जानकारी दिए। परियोजना धितो राखेर लिइएको यस्तो कर्जा सम्पत्ति बिक्री गरेर उठ्ने अवस्थामा छैन। कतिपय परियोजनामा जडिएका मेसिन बिग्रिसकेका छन् भने बाँकी हराएको अवस्थामा छ।
'ऋणीलाई केही सुविधा दिएर पैसा तिर्ने वातावरण दिनका लागि समितिले केही दिनमै छलफल सुरु गर्नेछ,' शर्माले भने, 'साना ऋणीको हकमा बैंकले ब्याज तथा हर्जाना छुट दिएर पैसा तिर्ने वातावरण बनाएको छ।' उनले डुबेको ऋणमध्ये ६० प्रतिशत जति वासलातबाट हटाइसकेको जानकारी दिए। 
नेपाल बैंकले एक लाखदेखि २५ लाखसम्म ऋण लिएका ग्राहकलाई ब्याज छुट योजना ल्याएको छ। बैंकबाट २०५८ चैत मसान्त अगाडि ऋण लिएकाले ब्याज छुट पाउनेछन्। एक लाखसम्म कर्जा लिएकाले सा“वा रकम र बाँकी साँवाको २० प्रतिशतले हुन आउने रकम ब्याजवापत बुझाए अन्य ब्याज मिनाहा हुनेछ।
श्रेष्ठका अनुसार पुराना डुवेका ऋणका कारण बैंकको खराब कर्जा वृद्धि भएको छ। बढेको खराब कर्जालाई सीमाभित्र ल्याउन ग्राहकका लागि योजना ल्याइएको हो। उनले कतिपय ऋणभन्दा धितोको मूल्य कम भएका कारण पैसा उठाउन गाह्रो भएको जानकारी दिए। 'धितो बिक्री गर्दा पैसा नउठ्ने भएकाले ग्राहक र बैंक दुवैलाई फाइदा हुने गरी छुट योजना ल्याइएको हो,' उनले भने, 'यसबाट बैंकको खराब कर्जा अनुपात पनि घट्छ र ग्राहक पनि ऋणबाट मुक्त हुन्छ।' 
पाँच लाखसम्मका कर्जाका लागि बाँकी साँवा रकम र बाकी साँवाको ४० प्रतिशत रकम ब्याज बुझाए अन्य ब्याज मिनाहा हुने श्रेष्ठले जानकारी दिए। दश लाखसम्मका कर्जा लिएका ग्राहकले बा“की सा“वा रकम र बा“की सा“वाको ६० प्रतिशत रकम ब्याजबापत बुझाए ब्याज मिनाहा हुने नीति लिएको छ। 
१५ लाखसम्मका कर्जा लिएका ग्राहकले बाँकी साँवा रकम र बाँकी साँवाको ८० प्रतिशतले हुने आउने रकम ब्याज बुझाएमा बाँकी ब्याज मिनाहा हुनेछ। २० लाखसम्मको कर्जाको हकमा बाँकी साँवा रकम र बाँकी साँवाको ९० प्रतिशतले हुन आउने रकम बुझाए बाँकी ब्याज मिनाहा हुने बैंकले जनाएको छ। 
बैंकका अनुसार २५ लाखसम्मका कर्जाको हकमा हाल बाँकी साँवा रकम र बाँकी साँवा बराबर हुन आउने रकम ब्याज बुझाएमा बाँकी ब्याज मिनाहा हुनेछ। ऋणीले विगतमा आंशिक भुक्तानी गरेको भएमा भुक्तानी बराबरको रकम बराबर साधारण ब्याजमा छुट दिइनेछ। 
कृषि विकास बैंकले डुबेको करिब डेढ अर्ब रुपैयाँ ऋण उठाउन ब्याज छुट योजना ल्याएको छ। 'ब्याज छुट दिएर ऋण तिर्ने वातावरण बनाएका छौं,' कृषि बैंकका प्रमुख कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकीले नागरिकसँग भने, 'विस्तारै ऋण उठ्न थालेको छ।' उनले खराब ऋणको स्तर घटाउन ब्याज छुट योजना ल्याएर ग्राहकलाई सुविधा दिन खोजेको जानकारी दिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस