काठमाडौं- कवाडी अवस्थामा पुगेको भनेर दर्ता खारेज गरेको भएको जहाजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँसरह पुनः दर्ता गरेको विषयमा संसदको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ।
नेपाल वायुसेवा निगमले आफ्नो जहाज दुर्घटनापछि उडाउनै नहुने अवस्थामा पुगेको भन्दै बिमा रकम लिएर दर्ता खारेज गरे पनि त्यही जहाज ताराको नाममा प्राधिकरणमा दर्ता भएको हो। यस विषयमा प्राधिकरणकै इन्जिनियरले उजुरी गरेपछि समितिले छानबिन थालेको हो।
निगम स्वामित्वमा रहँदा ९एन–एबिक्यू कलसाइन रहेको उक्त जहाजलाई पुनः दर्ता गर्दा ९एन–एकेएम कलसाइन दिइएको छ।
समिति सदस्य रामहरि खतिवडाले यस विषयमा उजुरी आइसकेको बताए। 'प्राधिकरणकै कर्मचारीले उजुरी दिएका छन्, हामीले कागजपत्र मगाएका छौं। छानबिन हुन्छ,' उनले भने, 'एउटा मोटरसाइकलको इन्जिन र च्याचिस परिवर्तन र स्वामित्व हस्तान्तरण गर्दा कति धेरै प्रक्रिया पूरा गर्नुपर्छ यो त जहाजको कुरा।' प्राधिकरणकै विज्ञप्ति गोलमटोल देखिएको र झारा टार्ने काम भएको भन्दै उनले सत्यतथ्य छानबिन हुने बताए।
यसअघि उड्डयन विज्ञले बनाउनै नसकिने अवस्थामा पुगेर दर्ता किताबबाट हटिसकेको जहाज पुनः दर्ता भएको विषयलाई अकल्पनीय भनेका थिए। यो नियमविपरीत पनि हुने उनीहरुको भनाइ छ। प्राधिकरणकै कर्मचारीले पनि यस विषयमा छानबिन हुनुपर्ने बताउँदै आएका छन्।
प्राधिकरणले शनिबार विज्ञप्ति जारी गर्दै जहाज कवाडी अवस्थामा पुगेको स्विकार गरेको छ। विज्ञप्तिमा 'नेपाल वायुसेवा निगमको स्वामित्वमा रही तारा एयरबाट भाडामा सञ्चालित ९एन–एबिक्यू टि्वनअटर डोल्पा विमानस्थलमा दुर्घटना भएपछि त्यसको बिमाबापतको रकम क्षतिपूर्ति प्राप्त गरेर बिमा कम्पनी शिखर इन्स्योरेन्सको प्रस्तावबमोजिम तारा एयरले उक्त वायुयानको साल्भेज (कवाडी) खरिद गर्न स्वीकार गरेको' उल्लेख छ।
उक्त जहाजलाई तारा एयरको नाममा स्वामित्व परिवर्तन तथा नयाँ दर्ता नम्बर जारी गर्नु नियमसंगत भएको दाबी विज्ञप्तिमा छ। कवाडी जहाज दर्ता कानुनी र प्राविधिक हिसाबले त्रुटिपूर्ण र हवाई सुरक्षाको दृष्टिले अकल्पनीय हुने प्राधिकरण कर्मचारी र उड्डयनविज्ञ बताउँछन्।
प्राधिकरणका एक इन्जिनियरले नागरिकसँग भने, 'नासिएर, मासिएर, बिग्रेर काम नलाग्ने, पुनः उपयोग गर्न नसक्ने भई बिमा कम्पनीले नै कवाडी घोषणा गरेको वायुयानलाई पुनः चालु हालतको सरह दर्ता गरी नयाँ नम्बर दिने प्राधिकरणको निर्णयलाई हवाई सुरक्षाको दृष्टिले कति जायज मान्न सकिन्छ? यस्तो गम्भीर प्रश्नमा कसले कहाँ छलफल गर्ने?'
नेपाल वायुसेवा निगम र तारा एयरबाट उक्त वायुयानको स्वामित्व परिवर्तनसहित दर्ता नामसारीका लागि अनुरोध भएकोले नियमावलीको नियम १० र एनसिएआरको प्रावधानबमोजिम स्वामित्व परिवर्तन तथा दर्ता नम्बर जारी गरेको प्राधिकरणको विज्ञप्तिमा छ।
नेपाल वायुसेवा निगमका एक उच्च अधिकारीले स्वामित्व हस्तान्तरण गर्न प्राधिकरणमा संयुक्त निवेदन नदिएको बताए। 'हामीले बिल अफ सेलमात्र जारी गरेको हो, दुर्घटनाग्रस्त जहाज तारालाई हस्तान्तरण गर्ने सम्झौता मात्र भएको हो,' उनले भने। दुर्घटनाग्रस्त जहाजको कवाडी र कागजात तारालाई हस्तान्तरण गर्ने र निगमको नामबाट त्यसको दर्ता खारेजीको लागि प्राधिकरणमा लेखी पठाउने भनी सञ्चालक समितिबाट मिति २०७० साउन १२ र २०७० भदौ २३ मा निर्णय भएको पनि उनले जानकारी दिए। 'हालसम्म पनि सञ्चालनमा नआएको ९ एनएकेएम जहाजलाई एक वर्षअघि नै किन दर्ता गरियो?' उनले प्रश्न गरे।
प्राधिकरणले विज्ञप्तिमा हवाई उड्डयन सेवालाई अति संवेदनशील भन्दै आफूलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट जारी विभिन्न दस्तावेजमा उल्लिखित मार्गदर्शन, नेपाल सरकारको हवाई नीति, नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ र सो अन्तर्गत बनेका नियमावली तथा रिक्वायरमेन्टस् बमोजिम काम गर्नुपर्ने निकाय भनेको छ। त्यही निकायलाई वायुयानको कवाडीलाई चालु हालतको सरह दर्ता गरी नयाँ नम्बर दिने अधिकार कुन चाँही अन्तर्राष्ट्रिय दस्तावेज, मार्गदर्शन वा नेपाल सरकारको नीति र कानुनले दिएको छ भन्दै प्राधिकरणकै कर्मचारीले समितिमा उजुरी दिएका हुन्।
प्राधिकरणबाट अनुमति वा मान्यता प्राप्त संस्थाबाट मात्र नेपाली वायुयानको नियमित तथा आकस्मिक मर्मतसम्भार गराउनु पर्ने नियम २४ मा व्यवस्था छ। तर प्राधिकरणले अहिलेसम्म कुनै त्यस्ता कम्पनीलाई मान्यता दिएको छैन। जहाज मर्मत गर्दा पहिलाकै कम्पनीको सक्कली पार्टपुर्जा प्रयोग गर्नुपर्ने नियम छ। तर यसको समेत अनुगमन नभएको कर्मचारी बताउँछन्। ती कर्मचारीका अनुसार नेपालमा कवाडी भएको जहाजलाई बनाउन सक्ने कम्पनी नेपालमै छैन।
तारा एयरले पुनः दर्ता गरेको जहाज अन्तर्राष्ट्रिय बिक्रीमा राखेको छ। जहाजको मूल्य ३५ लाख अमेरिकी डलर तोकिएको छ।
नेपाल नागरिक उड्डयन नियमावली, २०५८ (पहिलो संशोधन २०७०) को दफा १३ ले कुनै व्यक्ति तथा संस्थाको नाममा दर्ता भएको वा भाडामा ल्याई सञ्चालन गरिएको जहाज चलाउनै नसकिने अवस्थामा रहे दर्ता खारेज हुने व्यवस्था गरेको छ।
दुर्घटनापछि बिमा कम्पनीबाट २५ लाख अमेरिकी डलर क्षतिपूर्ति प्राप्त भएकोमा निगम र तारा एयरले आधा–आधा बाँडेका थिए।