नेप्से ३८ बिन्दुले झर्‍यो, कारोबार रकम पनि ६ करोड मात्र
०६ माघ २०७८
•
२ मिनेट पाठ
नेप्से ३८ बिन्दुले झर्‍यो, कारोबार रकम पनि ६ करोड मात्र
साताको दुई दिन लगातार बढेको सेयर कारोबार त्यसपछिका दुई दिनमा फेरि घटेको छ। मंगलबार १० बिन्दुले घटेको नेप्सेमा बुधबार ३८ बिन्दुले गिरावट आएको हो। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।




नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार र सोमबार दुई दिनमा नेप्से परिसूचक ८९ बिन्दुले बढेको थियो। त्यसपछिका दुई दिन मंगलबार र बुधबार भने ४८ बिन्दुले घटेको छ। मंगलबार १० र बुधबार ३८ बिन्दुले नेप्सेमा गिरावट आएको हो।

स्टक एक्सचेन्जका अनुसार बुधबारको कारोबारपछि सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक २८९८.३१ बिन्दुमा आइपुगेको छ। बजार खुलेपछि कारोबारमा उच्च उतारचढाब देखिएको थियो। कोभिडको ओमिक्रोन भाइरसका संक्रमित लगातार बढेको र बजार बन्द हुने हल्लाका कारण लगानीकर्ता अन्योलमा देखिँदा यसको असर बजारमा परेको हो। बुधबारको कारोबारमा नेप्सेमा १.३१ प्रतिशतले गिरावट आएको हो।

नेप्से ओरालो लागैसँगै कारोबार रकम पनि घटेर ६ अर्ब २ करोडमा आएको छ। आइतबार ९ अर्ब ६७ करोड रूपैयाँको सेयर किनबेच भएकोमा सोमबार घटेर ७ अर्ब ९० करोडमा झरेको थियो। मंगलबार फेरि केही बढेर यो ८ अर्ब ४४ करोड पुगेको थियो।

स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचकसँगै अन्य सूचक र उपसूचक सबैमा गिरावट आएको छ। सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट सबै घटेका छन्। यीमध्ये सेन्सेटिभ सूचक १.४३ बिन्दुले घटेको छ। फ्लोट र सेन्सेटिभ फ्लोट क्रमशः १.१६ र १.२ प्रतिशतले घटेका छन्।

मंगलबार सेन्सेटिभ सूचकबाहेक अरू सबै सूचक घटेका थिए। सेन्सेटिभ सूचक ०.२ प्रतिशतले बढेको थियो भने फ्लोट र सेन्सेटिभ फ्लोट सूचक क्रमशः ०.३४ र ०.०८ प्रतिशतले घटेका थिए।

यस्तै सेयर कारोबारका १३ उपसमूहका सबै सूचकमा गिरावट आएको छ। यीमध्ये सबैभन्दा ठूलो गिरावट अन्य उपसमूहको सूचकमा २.६७ प्रतिशतले आएको छ। त्यसपछि २ प्रतिशतभन्दा धेरैले घट्ने उपसूचकहरूमा व्यापार, होटल तथा पर्यटन र फाइनान्स छन्। यस्तै सबैभन्दा कम प्रतिशतले घट्ने सूचकमा बैंकिड ०.७३ र निर्जीवन बिमा ०.८९ परेका छन्।

मंगलबार ९ उपसमूहका सूचक घटेका थिए भने ४ उपसमूहका सूचक बढेका थिए। बैंकिङ, होटल तथा पर्यटन, अन्य र सामूहिक लगानी कोषका सूचक बढ्नेमा परेका थिए। यसमध्ये सबैभन्दा धेरै प्रतिशतले बढ्नेमा अन्य समूह परेको थियो। यस्तै मंगलबार सेयर घट्ने ९ उपसूचकमध्ये सबैभन्दा धेरै घट्नेमा व्यापार उपसमूहको सूचक २.६३ प्रतिशतले घटेको थियो।

स्टकका अनुसार बुधबारको कारोबारमा २ प्रतिशतभन्दा बढीले मूल्य बढ्ने कम्पनीमा ८ वटा परेका छन्। यस्तै ३ प्रतिशतभन्दा बढीले मूल्य घट्ने कम्पनी १८ वटा परेका छन्।

मंगलबारको कारोबारबाट ४ प्रतिशतभन्दा बढीले मूल्य बढ्ने कम्पनीमा ७ वटा परेका थिए भने ४ प्रतिशतभन्दा बढीले सेयर मूल्य घट्ने कम्पनीमा ९ वटा परेका थिए।

स्टक एक्सचेन्जका अनुसार बुधबार २२८ कम्पनीका १ करोड १८ लाख ३७ हजार २ सय १५ कित्ता सेयर खरिदबिक्री भएको छ। मंगलबार २२४ कम्पनीका एक करोड ६० लाख ४ हजार ५ सय ३० कित्ता सेयर बिक्री भएका थिए।
अर्को समाचार
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
२१ चैत्र २०८०
•
१ मिनेट पाठ
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। बुधबार नेप्से परिसूचक तीन दशमलव ४३ प्रतिशतले घटेर दुई हजार छ दशमलव ७८ को बिन्दुमा कायम भएको हो।




विभिन्न तीन सय २२ कम्पनीका ६४ लाख ८१ हजार आठ सय ३४ कित्ता शेयर ५२ हजार ६५ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ५३ करोड ६२ लाख ३३ हजार नौ सय ८६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

जीवन बीमा समूह शून्य दशमलव ५०,लघुवित्त एक दशमलव ६५ र म्युचुअल फन्ड समूह शून्य दशमलव ३८ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह एक दशमलव ७४ र व्यापार समूह शून्य दशमलव ७४ प्रतिशतले घटेको छ।  

बैंकिङ शून्य दशमलव ३५,विकास बैंक शून्य दशमलव ६३,वित्त शून्य दशमलव ६३, होटल तथा पर्यटन शून्य दशमलव १८,जलविद्युत् शून्य दशमलव ३९,लगानी शून्य दशमलव १८,निर्जीवन बीमा शून्य दशमलव ०२ र अन्य समूह शून्य दशमलव २७ प्रतिशतले घटेका छन्।

बुधबारको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९७ र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको नौ दशमलव ९१ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने रिभर फल्स पावर लिमिटेडको शेयर मूल्य चार दशमलव ४० र मन्दाकिनी हाइड्रोपावर लिमिटेडको चार दशमलव ०८ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु २५ करोड ८० लाख ५९ हजार एक सय १६ बराबरको चार लाख ९४ हजार सात सय ४५ कित्ता शेयर किनबेच भएको छ।- रासस
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस