उखु मूल्यमा कुरा मिलेन
२९ पौष २०७१
•
७ मिनेट पाठ
उखु मूल्यमा कुरा मिलेन
काठमाडौं-चिनी उद्योगी र उखु उत्पादक किसानबीच कुरा नमिल्दा उखुको मूल्य निर्धारण हुन सकेको छैन। चिनी मिल सञ्चालन भएको एक महिना हुँदा पनि दुवै पक्षको अडानले मूल्य निर्धारण हुन नसकेको हो।
मूल्यको विषयमा सहमति हुन नसकेपछि सरकारका मुख्य सचिव लिलामणि पौडेलले दुवै पक्ष मर्कामा नपर्ने गरी सहमति गरेर आउन निर्देशन दिएका छन्।चिनी उत्पादकले यस वर्ष चिनीको मूल्य घटेकाले पोहोरको मूल्य दिन नसक्ने बताइरहेका छन्। उखु उत्पादकले लागत बढेकाले मूल्य घटाउन नसकिने अडान राखेपछि सहमति हुन सकेको छैन। चिनी उत्पादक र किसानबीचको सहमतिमा सरकारले उखुको मूल्य तोक्दै आएको छ। यसपालि मूल्य तोक्ने विषयमा एक महिनादेखि उद्योग मन्त्रालयमा विभिन्न चरणमा सरकारी पक्ष, चिनी उत्पादक र किसानबीच छलफल भए पनि सहमति जुट्न सकेको छैन।
किसानले एक क्विन्टल उखुको मूल्य न्यूनतम ४ सय ७६ भन्दा घट्न नसकिने अडान राखेका छन्। पोहोर यही मूल्यमा उखु किनबेच भएको थियो। ‘हामी पोहोरको मूल्यबाट तल ओर्लन सक्दैनौं,' उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनालीले भने, ‘हाम्रो लागत बढेको छ र पोहोर सालकै भुक्तानी पनि बाँकी छ।'
मैनालीले धेरै चिनीमिलले पोहोरकै भुक्तानी नदिएको गुनासो गरे। उनका अनुसार चिनीमिलले किसानलाई एक अर्बभन्दा धेरै भुक्तानी गर्न बाँकी छ। मिलले करोडौं रुपैयाँ भुक्तानी गर्न बाँकी राख्ने र अहिले पनि मूल्य घटाउने हो भने किसान मर्ने मैनालीको तर्क छ। 
चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल पोहारभन्दा चिनीको मूल्य घटेकाले पोहोरसरह मूल्य दिन नसक्ने तर्क गर्छन्। ‘नेपाल र भारतमा चिनीको मूल्य घटेको छ,' अग्रवालले भने, ‘पोहोरको मूल्यमा पनि हाम्रा उद्योग घाटामा छन्।' उद्योगीले एक क्विन्टल उखुको मूल्य तीन सय ७६ रुपैयाँ प्रस्ताव गरेको उनले बताए। यो पोहोरको भन्दा सय रुपैयाँ घटी हो। 
अग्रवालले गत वर्षको मूल्यमा सबै चिनीमिल घाटामा गएको र चिनीको बजार मूल्य घटेकाले उखुको पनि घटाउनु पर्ने तर्क गरे। ‘हामीले घाटा खाने गरी उखु किन्न सकिँदैन,' अग्रवालले भने, ‘निष्पक्ष रुपमा मूल्य निर्धारण गर्नुपर्छ।'
कृषि मन्त्रालयले उखु उत्पादन लागत क्विन्टलको ३ सय १५ रुपैयाँ रहेको र यस वर्ष १५ प्रतिशत लागत बढेको प्रतिवेदन निकालेको थियो। प्रतिवेदनको मूल्य लागत मात्र भएको, त्यसमा मूल्य वृद्धि, जग्गाको भाडा, नाफा, ढुवानी र अन्य खर्च नजोडिएकोले आफूहरुलाई न्याय नहुने किसान बताउँछन्। 
विवाद सल्टाउन मुख्य सचिवले चासो देखाएका छन्। उनले दुवै पक्षलाई मर्का नपर्ने गरी मूल्यको विषयमा सहमति गरेर आउन चिनी उद्योगीलाई निर्देशनसमेत दिएका छन्। मुख्य सचिवले चार सय ६० रुपैयाँसम्म दिन आग्रह गरेका छन्। उद्योगीले उक्त प्रस्ताव नमानेको र उनीहरू चार सय रुपैयाँसम्ममा सक्ने मैनालीले बताए। तर चार सय रुपैयाँमा किसानले नदिने उनले बताए। 
उखुको मूल्य निर्धारण गर्न मंसिर ४ गते किसान, चिनी व्यवसायी, उद्योग, अर्थ, कृषि र वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधिको कार्यदल गठन भएको थियो। कार्यदलले चिनी उद्योगी र किसानलाई मूल्य निर्धारण गरेर आउन निर्देशन गरेको थियो। तर कार्यदलले भने जस्तो सहमति हुन नसकेपछि पटक पटक बैठक भइसक्यो। 
चिनी उद्योगीले मूल्य नबढाउने, कृषि मन्त्रालयले हचुवाका भरमा प्रतिवेदन तयार गर्ने र पहिलेको भुक्तानी पनि नपाउने स्थिति भएपछि किसानले आफ्नो गुनासो मुख्य सचिवकहाँ पुर्या एका थिए। मुख्य सचिवले कृषकको वास्तविक लागतको आधारमा प्रतिवेदन बनाउन कृषि मन्त्रालयलाई र किसानको पोहोरको बक्यौता भुक्तानी गर्दै किसानलाई मर्का नपर्ने गरी मूल्य तोक्न उद्योगलाई निर्देशन दिएको मैनालीले बताए। ‘उहाँको निर्देशनपछि पनि सबै भुक्तानी भएको छैन,' मैनालीले भने, ‘उद्योगी सहमतिमा आएका छैनन्।' मुख्य सचिवको चासोपछि किसानले केही राहत पाउने आशा पलाएको मैनालीले बताए। 
अहिले खेतबाट उखु काट्ने काम धमाधम भइरहेको छ। चिनीमिल एक महिनादेखि सञ्चालनमा छन्। सञ्चालित मिल बन्द नहून् भनेर किसानले मूल्य नपाए पनि उखु दिइरहेका छन्। चैत महिनासम्ममा सम्पूर्ण उखु काटिसक्नु पर्ने मैनालीले बताए। पोहार वैशाख २२ गतेमात्र मूल्य निर्धारण भएको थियो। 
यस वर्ष पोहार सालभन्दा उखु उत्पादनमा कमी आएको मैनालीले जानकारी दिए। पोहार साल २ करोड ६० लाख क्विन्टल भएकोमा अहिले २ करोड क्विन्टल मात्र उत्पादन हुनसक्ने मैनालीले बताए। उनका अनुसार धमिरो, किराफटेङग्रा लगायतका विभिन्न रोग लागेकाले उत्पादनमा कमी आएको बताए।


अर्को समाचार
उखुको मूल्यमा किसान र उद्योगीबीच कुरा मिलेन, प्रतिक्विन्टल १ हजार ५० बनाउन माग
१६ कार्तिक २०८३
•
२ मिनेट पाठ
उखुको मूल्यमा किसान र उद्योगीबीच कुरा मिलेन, प्रतिक्विन्टल १ हजार ५० बनाउन माग
उखुको मूल्य निर्धारण गर्ने विषयमा उखु किसान र चिनी उद्योगीबीच सहमति जुट्न नसक्दा सरकारको रोहवरमा सोमबार बसेको वार्ता निष्कर्षविहीन बनेको छ।




किसानले चिनीको बजार मूल्य र उत्पादन लागतका आधारमा उखुको मूल्य निर्धारण गर्नुपर्ने अडान राखेपछि कृषि मन्त्रालयमा भएको छलफल सहमतिमा पुग्न नसकेको हो।

सिंहदरबारस्थित कृषि मन्त्रालयमा सरकारका प्रतिनिधि, उखु किसान र चिनी उद्योगीबीच भएको छलफलमा किसान प्रतिनिधिहरूले पहिले चिनीको बजार मूल्य निर्धारण गरेर त्यसैका आधारमा उखुको मूल्य तोक्नुपर्ने प्रस्ताव राखेका थिए। तर, चिनी उद्योगीहरू किसानको प्रस्तावमा सहमत नभएपछि मूल्य निर्धारण प्रक्रिया अघि बढ्न सकेन।

बैठकमा किसान प्रतिनिधिहरूले उखुको उत्पादन लागत, चिनीको बजार मूल्य, मलखाद, इन्धन तथा कृषि मजदुरको ज्यालामा भएको वृद्धिलाई आधार बनाउँदै प्रतिक्विन्टल उखुको मूल्य एक हजार ५० रुपैयाँ हुनुपर्ने माग गरेका थिए।

किसानले उत्पादन लागत निरन्तर बढिरहेको अवस्थामा पुरानै मूल्यको आधारमा उखुको मूल्य निर्धारण गर्न नहुने बताएका थिए।

तर, सरकारका तर्फबाट गत वर्षको तुलनामा प्रतिक्विन्टल ८ रुपैयाँ वृद्धि गरी ६२८ रुपैयाँ मूल्य प्रस्ताव गरिएको थियो। उक्त प्रस्तावमा किसान प्रतिनिधिहरूले असहमति जनाएका थिए।

बैठकमा सहभागी स्रोतका अनुसार चिनीको बजार मूल्य, इन्धन, मलखाद तथा कृषि मजदुरको ज्याला उल्लेख्य रूपमा बढेको अवस्थामा प्रस्तावित मूल्यले किसानको उत्पादन लागतसमेत धान्न नसक्ने किसान प्रतिनिधिहरुको तर्क थियो।

किसान प्रतिनिधिहरूले चिनीको बजार मूल्य नतोकिँदासम्म उखुको मूल्य निर्धारण गर्न नसकिने अडान दोहोर्‍याएका थिए। 

उनीहरूले पहिले चिनीको न्यूनतम बजार मूल्य निर्धारण गरी त्यसैको अनुपातमा उखुको मूल्य तय गर्नुपर्ने बताएका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र उद्योग मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा चिनीको न्यूनतम मूल्य निर्धारण गर्ने र त्यसपछि कृषि मन्त्रालयमा किसान, उद्योगी तथा सरकारबीच त्रिपक्षीय बैठक बसेर उखुको मूल्य टुङ्ग्याउने विषयमा पनि छलफल भएको थियो। तर, यस विषयमा समेत सहमति जुट्न नसकेको स्रोतले जनाएको छ।

कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाका सहसचिव डा. हरिबहादुर केसीको अध्यक्षतामा बसेको बैठकमा मूल्य निर्धारणका विभिन्न विकल्पमाथि छलफल भए पनि किसान र उद्योगी आ–आफ्नो अडानमा कायम रहेपछि वार्ता टुङ्गोमा पुग्न सकेन।

उखु किसानले उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार मानेर न्यायोचित मूल्य निर्धारण गर्नुपर्ने माग गरिरहेका छन् भने उद्योगीहरूको असहमतिका कारण यस वर्षको उखुको मूल्य निर्धारण प्रक्रिया थप अन्योलमा परेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस