काठमाडौं-कृत्रिम अभाव खडा गरेर ग्यास नदिने व्यवसायीलाई तीन दिन बितिसक्दा पनि सरकारले कानुनी दायरामा ल्याएको छैन। आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौंले लुकाएर राखेको ग्यास फेला पारे पनि दोषीलाई कारबाही गरिएको छैन। बजारमा ग्यास अभाव भएका बेला नयाँ डिलर खोल्न नपाइने प्रस्ट कानुनी व्यवस्था हुँदाहुँदै ग्यास उद्योगीले नयाँ बिक्रेता नियुक्त गरेको अनुगमनका क्रममा भेटिएको हो।निगम र प्रशासनका कर्मचारीले अनुगमन गर्दा सुगम ग्यास उद्योगले नयाँ डिलर खोलेर ग्यास वितरण गरेको फेला पारेको हो। एलपी ग्यास उद्योग संघका अध्यक्ष तथा सुगम ग्यासका सञ्चालक शिव घिमिरेले मंसिर २५ मा नयाँ डिपो खोल्न भनेर एक सय ४० सिलिन्डर ग्यास दिएको अनुगमनका क्रममा भेटिएको निगमको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार घिमिरेले कर्माचार्य सप्लायर्सलाई नयाँ डिपो नियुक्त गरेका थिए। सोही प्रतिवेदन जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाउँदा पनि दोषीउपर कारबाही हुन सकेको छैन। घिमिरेले आफैंले पनि नयाँ डिपो खोल्न ग्यास सिलिन्डर दिएको स्वीकारेका छन्। कालोबजार ऐन २०३२ अनुसार बजारमा ग्यास अभाव भएको बेला नयाँ डिपो खोल्न पाइँदैन।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले निगमले पठाएको प्रमाणले दोषी सहजै उम्कने बताए। ‘निगमले दोषीमाथि कारबाही गर्न पुग्ने दरिलो प्रमाण नै पठाएन,' उनले भने, ‘बिनाप्रमाण मुद्दा दायर गर्दा दोषी सहजै उम्कन्छ।'
निगम अधिकारी भने कालोबजारी ऐनअन्तर्गत कारबाही गर भनेर जिल्ला प्रशासनलाई पत्र पठाउन नमिल्ने तर्क गर्छ। निगम स्रोतले नागरिकसँग भन्यो, ‘हामीले त के भएको हो त्यो प्रमाणमात्र प्रशासनलाई पठाउने हो। त्यही गरेका छौं।'
प्रमुख जिल्ला अधिकारी अर्यालले दरिलो प्रमाणबिना दोषीलाई कारबाही गर्न नसकिने बताए। निगमले पेस गरेको प्रमाणका आधारमा दोषीलाई केही गर्न नसकिने उनको भनाइ छ।
उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले राज्य आफैंले दोषीलाई उन्मुक्ति दिएको प्रतिक्रिया दिए। ‘ग्यास लुकाएर कृत्रिम अभाव गराएको पुष्टि हुँदा पनि कारबाही नहुनु भनेको कानुनको खिल्ली उडाउनु हो,' उनले भने, ‘दोषीलाई जिल्ला प्रशासन कार्यालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयले उम्काउन खोजेका हुन्।'
कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार बजारमा कुनै वस्तुको कृत्रिम अभाव गराई मूल्य वृद्धि गराएर अनुचित नाफा लिई बिक्री गरेको पाइए दोषीलाई पाँच वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। सुगम ग्यासले बजारमा अभाव सिर्जना गरी नयाँ डिलर खोल्न ग्यास सिलिन्डर उपलब्ध गराएको हो।
कृत्रिम अभाव गराएर ग्यास लुकाउने बिक्रेता तथा उद्योगीलाई तत्काल कालोबजारी ऐनअन्तर्गत कारबाही गर्न मुख्य सचिव लीलामणि पौड्यालले निर्देशन दिएका थिए। त्यसको सुनुवाइ नभएको बानियाँले बताए। पौड्यालले गत आइतबार वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणगोपाल मलेगो, गृह मन्त्रालयका सचिव सूर्य सिलवाल, नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टलाई बोलाएर कृत्रिम अभाव गराउने व्यापारीलाई कारबाही गर्न निर्देशन दिएका थिए।
गृह सचिव सिलवालले दोषी पहिचान गरी तत्काल कारबाही गर्ने प्रतिबद्धता समेत जनाएका थिए। ‘आवश्यक प्रमाण पुर्याहएर दोषीलाई कारबाही गर्न सम्बद्ध क्षेत्रलाई निर्देशन दिएका छौं,' उनले भने, ‘ग्यास लुकाएर कालोबजारी गर्ने व्यापारीलाई कारबाही हुन्छ।'
लोडसेडिङ बेला बिजुलीको क्यालेन्डर हेरेर भात पकाउँदा–पकाउँदा हैरान भएका उपभोक्तालाई ग्यास नदिई लुकाउने व्यवसायी तु कारबाही गर्न मुख्यसचिव पौड्यालले केही दिनअघि सम्बद्ध निकायलाई निर्देशन दिएका थिए। ‘ग्यासमा कार्टेलिङ गर्ने सिमित व्यवसायीलाई कुनै पनि हालतमा छाडनु हुँदैन,' उनले भनेका थिए।