काठमाडौं-अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले नेपालको उड्डयन क्षेत्रलाई युरोपको कालोसूचीबाट बाहिर निस्किन तीन क्षेत्रमा सुधार गर्नुपर्ने सुझावसहितको प्रतिवेदन तयार गरेको छ।
विश्वभरका नागरिक उड्डयन प्राधिकरणहरूको छाता संगठन आइकाओका दुई उच्च अधिकारी सहभागी टोलीले काठमाडौंमा एक साता बसेर अध्ययन गरी उक्त प्रतिवेदन तयार पारेको हो। टोलीले प्रतिवेदन तयार पारे पनि यहाँ नदिई आफ्नो कार्यालय फर्केपछि उताबाट पठाएको थियो।उक्त प्रतिवेदनले एयर वर्दिनेस (उडान योग्यता), ‘फ्लाइट अपरेसन' (उडान सञ्चालन) र लाइसेन्सिङ (अनुमति प्रक्रिया) गरी तीन क्षेत्रमा सुधार गरे नेपालको उड्डयन क्षेत्र युरोपको कालोसूचीबाट बाहिर निस्कन सक्ने निष्कर्ष निकालेको छ।
‘आइकाओ प्रतिवेदनको निष्कर्षअनुसार अगाडि बढ्दा उड्डयन क्षेत्रलाई फाइदा पुग्छ,' मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले बुधबार नागरिकसँग भने, ‘यसका लागि आइकाओले आफ्नो कोषबाट उल्लेख्य सहयोग गर्ने प्रस्ताव पनि पठाएको छ।'
उनका अनुसार एयर वर्दिनेस र फ्लाइट अपरेसन क्षेत्र सुधार गर्न एक–एक वर्ष तथा लाइसेन्सिङ सुधार गर्न ६ महिनासम्मका लागि आइकाओले यही क्षेत्रका विज्ञ उपलब्ध गराउने प्रस्ताव गरेको छ। ती तीनवटै विज्ञलाई नेपालमा बस्दा लाग्ने सम्पूर्ण खर्चको ७५ प्रतिशत आइकाओ र २५ प्रतिशत प्राधिकरणले बेहोर्नुपर्ने प्रस्ताव पनि आएको छ।
प्रतिवेदन आएको केही दिनपछि विज्ञ उपलब्ध गराउने प्रस्ताव आइकाओबाट आएको उनले बताए। ‘विज्ञ उपलब्ध गराउने सम्बन्धी मस्यौदा प्राप्त भएपछि त्यसमा हाम्रो प्रतिक्रिया उल्लेख गरी फिर्ता गरिदियौं,' महानिर्देशक सुमनले भने, ‘यसबारे दुवै संस्थाबीच चाँडै सम्झौता हुने छ।'
मुलुकको उड्डयन क्षेत्र युरोपेली आयोगको कालोसूचीबाट नहटेपछि यसबारे थप गहन अध्ययनसाथ सुझावसहितको प्रतिवेदन तयार गर्न पुस ७ मा काठमाडौं आएको थियो। आएकै दिनबाट काम सुरु गरेको टोली एक सातासम्म काठमाडौं बसेको थियो।
आइकाओको बैंककस्थित क्षेत्रीय कार्यालयका दुई उच्च अधिकारी अमल हवासाम र मञ्जित सिंहले अध्ययन पछि प्रतिवेदन तयार पारेका थिए। हवासामले फ्लाइट अपरेसन र एयर वर्दिनेस तथा सिंहले ‘सिएनएस' (कम्युनिकेसन, नेभिगेसन, सर्भिलेन्स), ‘एटिएम' (एयर ट्राफिक म्यानेजमेन्ट) र मानव संशाधन विषयमा अध्ययन गरेका थिए। उनीहरूको आवतजावत र बसाई खर्च एकजनाको प्राधिकरण र अर्को आइकाओले बेहारेको थियो।
‘आइकाओसँग सम्झौता भएपछि आउने तीन विज्ञले हाम्रो उड्डयन क्षेत्रका कमीकमजोरी, सुधार गर्नुपर्ने क्षेत्र, कसरी सुधार गर्नेलगायत गहन अध्ययन, विश्लेषण गर्ने छ,' महानिर्देशक सुमनले भने, ‘योसँगै हवाई दुर्घटना दर कम गर्न सकियो भने युरोपको कालोसूचीबाट बाहिर निस्किन सकिने विश्वास छ।'
आइकाओ टोलीले नेपालको उड्डयन क्षेत्रको ‘महत्वपूर्ण सुरक्षा चासो' बारे अध्ययन गर्दै यसलाई कसरी हटाउन सकिन्छ, कस्तो तयारी भइरहेको छ, कहाँ सुधार गर्नुपर्छ, हवाई दुर्घटना दर कम गर्न के गर्न सकिन्छ जस्ता विषयमा विश्लेषण गरी प्रतिवेदन तयार पारेको थियो।
युरोपेली आयोगले युरोपेली युनियन (इयू) भित्रका देशमा उडान सञ्चालन गर्न निषेध गरिएको ‘ईयु हवाई सुरक्षा सूची' अद्यावधिक गर्दै नेपालको कालोसूचीलाई हालै निरन्तरता दिने निर्णय गरेको थियो। यसले गर्दा नेपालका कुनै पनि वायुसेवा कम्पनीले युरोप जान र इयूभित्र उडान गर्न पाउँदैनन्।
हवाई सुरक्षा सूचीमा रहेका चारवटा बाहेक अन्य देशका उड्डयन क्षेत्र र वायुसेवा कम्पनीले उड्डयन क्षेत्रमा गरेको सुधार सन्तोषजनक नदेखिको भन्दै आयोगले पछिल्लो पटकको कालोसूचीलाई निरन्तरता दिएको जनाएको थियो। आयोगले इयू हवाई सुरक्षा समितिको गत मंसिर ९ र १० मा बसेको बैठकबाट प्राप्त निर्णयलाई आधार गर्दै कालोसूचीलाई निरन्तरता दिएको एवं उक्त समितिको निर्णयलाई युरोपेली संसद र मन्त्रिपरिषदबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको उल्लेख गरेको थियो।
कालोसूचीमा पर्ने वायुसेवा कम्पनीहरूले अन्तर्राष्ट्रिय उड्डयन सुरक्षा मापदण्डको सम्मान गर्न असमर्थ रहेको तथा नागरिक उड्डयन प्राधिकरणहरूले अपेक्षाअनुसार अन्तर्राष्ट्रिय उड्डयन सुरक्षा नियम पालना गराउन नसकेपछि कालोसूचीलाई निरन्तरता दिइएको युरोपेली आयोगले उल्लेख गरेको थियो।
‘युरोपको कालोसूचीबाट बाहिर निस्कने प्रयास हामीले प्रयास छाडेका छैनौं र उड्डयन सुरक्षा सुधारको काम पनि चलिरहेको छ,' सुमनले भने, ‘उड्डयन सुरक्षा सुधारेर युरोपको कालोसूचीबाट बाहिर निस्केरै छाड्छौं।'
कालोसूचीबाट निस्कन प्राधिकरण र वायुसेवा कम्पनीहरूले एक वर्षदेखि गरेको प्रयास सफल नभएपछि उड्डयन क्षेत्र अन्यौलमा छ। दुवै मिलेर गत भदौ २६ मा उड्डयन क्षेत्र सुधारिए गरिएको सम्बन्धी आवश्यक सम्पूर्ण कागजात युरोपेली आयोगमा पठाएका थिए। तर, त्यसले केही काम गर्न भने सकेन।
प्राधिकरणले आइकाओको ‘युनिभर्सल सेफ्टी अडिट प्रोग्राम' (युसप–२००९) र ‘आइकाओ भ्यालिडेटेड कोअर्डिनेसन मिसन' (आइसिभिएम) अनुसार भएका सुधार, वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) को पुनर्वैधानिकीकरण, एओसीको अवस्था तथा जहाज दुर्घटना छानविन आयोगले दिएका सुझाव र तिनको कार्यान्वयनको अवस्था गरी पाँच विषय समेटेर कागजात पठाएको थियो।
युरोपेली आयोगले २०७० मंसिर २० गते नेपालका सम्पूर्ण वायुसेवा कम्पनीलाई (इयूअन्तर्गतका मुलुकमा उडान गर्न निषेध गरेको थियो। त्यतिमात्र नभई आयोगले युरोपेली नागरिकलाई नेपालमा दर्ता भएका जहाजमा यात्रा नगर्नसमेत आग्रह गरेको थियो। नेपालको उड्डयन इतिहासमै पहिलो पटक यति ठूलो घटना भएको हो।