काठमाडौं-राष्ट्रिय योजना आयोगले विकास निर्माणलाई तीव्रता दिन र पुँजीगत खर्च बढाउने लक्ष्य राखी सबै मन्त्रालयसँग तीन वर्षे कार्ययोजना तथा व्यावसायिक कार्यक्रम माग्ने भएको छ। हरेक वर्ष विकास निर्माणसँग सम्बन्धित मन्त्रालयको प्रगति न्यून हुने र सरकारको लक्ष्य पूरा नहुने परिपाटी अन्त्य गर्न यस्तो तरिका थालिएको हो।‘मध्यकालीन खर्च संरचना' तयार गरी यसैका आधारमा मन्त्रालयसँग कार्ययोजना मागिने आयोग सदस्य गोविन्द नेपालले जानकारी दिए। ‘विश्व बैंकको आर्थिक सहयोगमा आयोगका पूर्वअध्यक्ष पृथ्वीराज लिगल र पूर्वसदस्य चम्पक पोख्रेल सम्मिलित कमिटीले मध्यकालीन खर्च संरचनाको काम गरिरहेको छ,' उनले बुधबार नागरिकसँग भने, ‘चैतभित्र यसको प्रतिवेदन आउँछ, त्यहीअनुसार मन्त्रालयसँग कार्ययोजना मागिने छ।'
प्रत्येक मन्त्रालयलाई अहिले नै कार्ययोजना तथा तीन वर्षे व्यावसायिक कार्यक्रम बनाउन अनौपचारिक निर्देशन दिइएको पनि उनले बताए। ‘पुरानै परिपाटीको योजना तथा कार्यक्रमका आधारमा पूर्वाधार निर्माणको लक्ष्य पूरा हुने अवस्था छैन, त्यसैले पुरानो पद्दतिमा परिवर्तन गर्न लागिएको हो,' उनले भने। आगामी आर्थिक वर्षको बजेटअघि नै व्यावसायिक कार्ययोजना आइसक्नुपर्ने हुँदा सबै मन्त्रालयले त्यसरी नै तयारी गर्नुपर्ने उनले प्रस्ट पारे।
आयोगले मन्त्रालयको नाममा सिलिङ तोकेपछि त्यही आधारमा बजेट तथा कार्यक्रम सिफारिस गर्ने परिपाटीमा आर्थिक विकासले गति लिन नसक्ने नेपालको तर्क छ। बजेट सिलिङ सार्वजनिक भएपछि मात्रै मन्त्रालयले पूर्वाधार तथा जलविद्युत आयोजनालाई प्राथमिकतामा राखेर बजेट छुट्ट्याउने गरेको छ। राष्ट्रिय महत्वका आयोजनामा कम बजेट पार्दा तोकिएको समयमा आयोजना पूरा नभएका विगतका उदाहरण छन्।
उनका अनुसार कार्ययोजनाका आधारमा बजेट विनियोजन गर्दा राष्ट्रिय महत्वका आयोजनामा पर्याप्त बजेट राख्न सकिने र तोकिएको समयमा पूरा हुनेछ। आवश्यक बजेट राखेपछि आर्थिक वर्षको अन्त्यमा बजेट नपुगेर अर्थ मन्त्रालय धाउने क्रम पनि हट्ने छ। तीन वर्षे व्यावसायिक कार्ययोजना आएपछि त्यसका आधारमा वार्षिक बजेट तयार हुनेछ। कार्ययोजना हरेक वर्ष पुनरवलोकन हुनेछ।
मध्यकालीन खर्च संरचनाअनुसार सबै मन्त्रालयको कार्यक्रम जम्मा भएपछि मुलुकको तीन वर्षे आम्दानीको स्रोत, खर्च व्यवस्थापन र प्राथमिकताका आयोजना निर्माण तालिकासमेत तय गरिने छ। ‘विकासे आयोजनाको प्रगति ज्यादै सुस्त र निराशाजनक छ, आयोगले सोझै आयोजना निर्माणमा हस्तक्षेप गर्न मिल्दैन। त्यसैले नीतिगत प्रक्रिया नै बलियो बनाएपछि लक्षित प्रगति प्राप्त हुनेछ,' सदस्य नेपालले भने।
सरकारले यसअघि ‘नतिजामुखी विकासका लागि व्यवस्थापन' आयोजनामार्फत विकाससँग सम्बन्धित ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासलगायत पाँच मन्त्रालयको कार्ययोजना तथा व्यावसायिक कार्यक्रम बनाउने जिम्मा पाएको थियो। तर, यो आयोजनाले काम गर्न नसकेपछि आयोगले नै मन्त्रालयसँग तीन वर्षे कार्यक्रम माग्ने तयारी गरेको हो।
विकासका लागि स्पष्ट योजना र यसको कार्यान्वयन गर्ने पद्दति नहुँदा विकासे आयोजनाको प्रगति निराशाजनक छ। कार्यान्वयनको पक्ष फितलो भएकैले चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि सरकारले विकास खर्च साढे ६ प्रतिशतभन्दा बढी गर्न सकेको छैन। ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयका आयोजना अझैसम्म स्वीकृत हुन सकेका छैनन्।
ऊर्जा मन्त्रालय, विद्युत विकास विभाग र नेपाल विद्युत प्राधिकरणबीच समन्वय नहुँदा आधा दर्जन आयोजना स्वीकृत हुन नसकेको आयोगका एक उच्च अधिकारीले बताए। ग्रामीण विद्युतीकरण, साना जलविद्युत आयोजना निर्माणका विषयमा मन्त्रालय र प्राधिकरणको धारणा बाझिँदै आएको छ भने सभासदले आफ्नो स्वार्थअनुसार दबाब दिँदै आएको मन्त्रालयका अधिकारीहरूको भनाइ छ।