मन्त्री निवास सजाउन २४ करोड
०९ माघ २०७८
•
४ मिनेट पाठ
मन्त्री निवास सजाउन २४ करोड
ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्री क्वार्टरको डिजाइन ।
आम नागरिकले कोभिडविरुद्धको खोप पाएका छैनन्। उपचार नपाएर अकालमा मृत्यु हुनेको संख्या पनि उल्लेख्य छ। सडक, सिँचाइलगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सकेको छैन। तर सरकारले मन्त्री क्वार्टरको सजावटमा मात्र करिब २४ करोड रुपैयाँ खर्चिने तयारी गरेको छ। छँदाछँदैको मन्त्री क्वार्टर को सट्टा नयाँ निर्माण थाल्दा राजनीतिक नेतृत्वको चर्को आलोचना भएको थियो। आम नागरिकको आलोचनाबीच सरकारले १ अर्ब ३ करोड रुपैयाँको लागतमा ललितपुरको भैंसेपाटीमा २७ वटा मन्त्री क्वार्टर निर्माण गरिरहेको छ।




१ अर्ब रुपैयाँभन्दा बढी रकम खर्चिएर आवास बनाइरहेको विशेष भवन निर्माण परियोजनाले ती भवनको आन्तरिक सजावटमा मात्र करिब २४ करोड रुपैयाँ थप खर्च गर्ने भएको हो। आगामी दसैंसम्म नयाँ आवासमा मन्त्रीलाई सार्ने योजना बनाएको परियोजनाले आन्तरिक सजावटमा मोटो रकम खर्चन लागेको हो। निर्माणाधीन मन्त्री क्वार्टरकोे ‘इन्टेरियर डिजाइन’देखि अन्य सजावटका सामग्री खरिदका लागि २४ करोड रुपैयाँको बजेट बनाएको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले जनाएको छ। २४ करोडमा इन्टेरियर डिजाइनदेखि मन्त्री क्वार्टरका फर्निचर, बेड, मिटिङ हलका कुर्चीदेखि पर्दा, किचन सामग्रीलगायत रहेको आयोजनाका निर्देशक दिलीपशेखर श्रेष्ठले बताए।

‘२४ करोडको बजेट भए पनि टेन्डर आह्वान गरेपछि घटाघटमा न्यूनतम ३०/३५ प्रतिशत कम पर्छ,’ श्रेष्ठले नागरिकसँग भने, ‘नयाँ संरचनामा धेरै सामग्री हुने भएकाले धेरै देखिएको हो।’ केही समयमा क्वार्टर सजावटका लागि बोलपत्र आह्वान गर्ने तयारी भइरहेको उनले बताए। श्रेष्ठले भनेअनुसार सजावटको रकम २४ करोडमा करिब ३० प्रतिशत कम टेन्डर पर्दा पनि करिब १७ करोड रुपैयाँ हुन्छ। पहिलो चरणमा १ अर्ब ३ करोडको सम्झौता भएर काम अघि बढिरहेको छ। दोस्रो चरणमा करिब ३४ करोड ७७ लाख रुपैयाँको लगानीमा सुरक्षा भवन, हेल्थ क्लब, स्विमिङ पुल बनाउन सम्झौता गर्ने तयारी छ। तेस्रो चरणमा आन्तरिक सजावटका लागि २४ करोडको बजेट बनाएको हो।

मन्त्री क्वार्टर निर्माणको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ। ललितपुरको पुल्चोकमा रहेको मन्त्री आवास व्यवस्थित, सुविधा सम्पन्न नभएको र अपुग पनि भएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ललितपुरको भैंसेपाटीमा नयाँ मन्त्री क्वार्टर निर्माण गर्ने निर्णय गरेको थियो। आवास निर्माणका लागि २०७६ कात्तिकमा श्रीको हनुमान जेभीसँग सम्झौता भएको थियो। सम्झौतामा आयोजनाको निर्माण अवधि दुई वर्ष तोकिको भए पनि कोभिडका कारण निर्माणमा ढिलाई भएको छ।

निर्माणाधीन क्वार्टरमा २४ वटा संघीय मन्त्री, राष्ट्रिय सभाका उपाध्यक्ष र उपसभामुख बस्नेछन्। ललितपुर महानगरपालिका सैंबु भैंसेपाटीस्थित आवास क्षेत्रका लागि छुट्याइएको १ सय ४९ रोपनी ४ आना जग्गामा मन्त्री निवास निर्माणाधीन छ। कुल क्षेत्रफलमध्ये करिब १२ रोपनी क्षेत्रफल २७ वटा भवन र ३८ रोपनी ८ आनामा बगैंचासहित खाली भाग हुनेछ। विभागका अनुसार २१ रोपनी जमिन आवासभित्रको आन्तरिक सडकले ओगट्नेछ। ११ रोपनी क्षेत्रफलमा जिमखानासहितको हेल्थ क्लब, सात आनामा हल, साढे दुई रोपनीमा ग्रोसरी स्टोर निर्माण गर्ने योजना छ। विशिष्टसहित आगन्तुकका लागि व्यवस्थित पार्किङ पनि निर्माण हुनेछ।

सहरी तथा भवन विभागमातहतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले आवास निर्माण गरिरहेको छ। साढे दुई तलाका क्वार्टरको विशेष डिजाइन गरिएको छ। आवासमा अतिथिदेखि पूजाकोठासम्मको व्यवस्था गरिएको छ। आवासको भुइँतलामा लबी, बैठक कक्ष, निजी कक्ष, सुरक्षा गार्ड कक्ष, कर्मचारीका लागि कक्ष, अतिथि कक्षसमेत राखेर डिजाइन गरिएको छ। मन्त्री क्वार्टर आकर्षक देखिनेछन्। परम्परागत वास्तुकला प्रयोग गरेर ‘टिपिकल’ नेपाली शैलीमा भवन निर्माण सम्पन्न गरिनेछ। भवन अत्याधुनिक र सुविधा सम्पन्न हुनेछन्। कतिपयले मन्त्री आवास व्यवस्थित हुनुपर्ने बताउँदै आएका छन्। तर आलोचकले देशको क्षमताअनुसार मात्र क्वार्टर बनाउनुपर्ने भन्ने गरेका छन्।

भैंसेपाटीमा नयाँ मन्त्री क्वार्टर निर्माण भएपछि ललितपुरको पुल्चोकस्थित अहिलेको मन्त्री निवासलाई राजकीय अतिथि गृह (स्टेट गेस्ट हाउस) बनाउने सरकारको योजना छ। मन्त्री निवास रहेको जग्गा अपर्याप्त भए नेपाल राष्ट्रिय पुस्तकालय छेउको सरकारी जग्गासमेत उपयोग गर्ने निर्णय गरिएको छ। अति विशिष्टि विदेशी पाहुना आउँदा राख्न अतिथि गृह प्रयोग गरिनेछ।

मन्त्रीका लागि मात्र नभएर प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि पनि भवन निर्माण गर्ने काम भइरहेको छ। भैंसेपाटी सैंबुमै २७ रोपनी १२ आना क्षेत्रफलको जग्गामा सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सम्पर्क कार्यालय बनाउन लागिएको हो। ७२ करोड ४८ लाख रुपैयाँको लागतमा निर्माण अघि बढाइएको छ। सातवटा ब्लकमा भवन निर्माण गरिँदै छ। प्रत्येक ब्लकमा दुईवटा एकाइ रहने र त्यसको एउटा ब्लक प्रदेश प्रमुख, अर्को ब्लक मुख्यमन्त्रीले प्रयोग गर्नेछन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
यो पनि पढौँ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस