बायोमेट्रिक अनिवार्य गरेको हो : मलेसिया
०४ माघ २०७१
•
७ मिनेट पाठ
बायोमेट्रिक अनिवार्य गरेको हो : मलेसिया
काठमाडौं- मलेसिया सरकारले त्यहाँ काम गर्न जाने कामदारको बायोमेट्रिक विवरण अनिवार्य गरेको भन्दै नेपाल सरकारलाई जवाफ पठाएको छ। सरकारको स्वीकृतिपछि मात्रै यो प्रणाली लागू गर्ने बताउँदै आएको मलेसियाले त्यसविपरीत यताको स्वीकृतिबिनै बायोमेट्रीक प्रणाली लागू भइसकेको जानकारी गराउँदै पत्र पठाएको हो।
मलेसिया सरकारले नेपालको परराष्ट्र मन्त्रालयले पठाएको ६ बुँदे पत्रको जवाफ दिएको हो। श्रम मन्त्रालयसँग सुझाव मागेर मलेसिया पत्र पठाएको परराष्ट्रले आइतबार श्रम मन्त्रालयलाई मलेसियाबाट पत्र आएको जानकारी दिएको छ।

मलेसिया सरकारको आधिकारिक पत्र नआउँदै नेपालका केही स्वास्थ्य व्यवसायीले विवादास्पद बायोमेटि्रक प्रणाली लागू गरिसकेका छन्।

गत बिहीबारदेखि लागू हुने गरी १४ मुलुकका कामदारको बायोमेटि्रक विवरण लिन थालेको भन्दै मलेसिया सरकारले पठाएको पत्र सोही दिन नेपालस्थित मलेसियन दूतावासले परराष्ट्र पठाएको थियो। मलेसिया जाने कामदारमाथि आर्थिक भार थपिने र सिन्डिकेट शैलीमा ३८ वटा मेडिकलले मात्रै बायोमेटि्रक विवरण लिन लागेको भन्दै सुरुदेखि नै विरोध हुँदै आएको छ। त्यही विरोध देखेपछि तत्काल शुल्क नबढ्ने आश्वासन दिएको दूतावासले पत्रमा पछि शुल्क बढ्न सक्ने जनाएको छ। म्यानपावर व्यवसायी, स्वास्थ्य व्यवसायी र एजेन्टको चर्काे विरोधपििछ गत असार पहिलो साता श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई पत्र पठाएको थियो।

श्रम मन्त्रालयको सर्तसहितको सुझावमा बायोमेटि्रक लागू गर्दा सफ्टवेयर मलेसिया सरकारले निःशुल्क दिनुपर्ने, स्वास्थ्य परीक्षण शुल्क नेपाल सरकारले तोकेअनुसार हुनुपर्ने, अतिरिक्त शुल्क लिन नहुने, स्वास्थ्य परीक्षणको गुणस्तरमा सम्झौता हुन नहुने र बायोमेटि्रक १४ वटै मुलुकमा एकैचोटि लागू गर्नुपर्ने उल्लेख छ।

नेपाल सरकारले पत्र पठाएको ८ महिनापछि मलेसियाले जवाफ पठाएको हो। नेपालस्थित मलेसिया दूतावासको लेटरप्याडमा छाप र हस्ताक्षर गरी पठाइएको पत्रमा कसले हस्ताक्षर गरेको भने खुलाइएको छैन।

पत्रमा १५ जनवरीदेखि १४ वटा मुलुकमा यो लागू भइसकेको उल्लेख छ। मलेसियाको अध्यागमन विभागले अबदेखि बायोमेटि्रक विवरणसहितको मेडिकल रिपोर्टमात्र स्वीकार गरेर प्रक्रियामा जाने, अर्काे सूचना जारी नभएसम्म नयाँ र थप शुल्क नलाग्ने तथा नयाँ शुल्क निर्धारण हुँदा सम्बन्धित अधिकारीले लागू गर्न सक्ने पत्रमा उल्लेख छ।

बायोमेटि्रक प्रणालीका लागि योग्य मेडिकल नेपाल सरकारले सूचीकृत गरेका स्वास्थ्य संस्था र नेपाल र मलेसिया सरकारले तोकेको मापदण्ड पूरा गरेको हुने पत्रमा छ। नेपाल र मलेसिया सरकारले तोकेको मापदण्ड पूरा गरेको जुनसुकै स्वास्थ्य संस्था बायोमेटि्रक प्रणालीमा सहभागी हुन सक्ने दूतावासले जनाएको छ। बायोमेटि्रक प्रणाली भएका स्वास्थ्य संस्थाको नाम वेबसाइटमा राखिएको पत्रमा उल्लेख छ।

मलेसियाले अहिले शुल्क नबढे पनि पछि बढ्ने सक्ने संकेत गरेको छ। व्यवसायीले अहिले विरोध मत्थर पार्न शुल्क नबढाए पनि पछि बढाउने खेलको रुपमा यसलाई हेरेका छन्।

नेपाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष टंक राउतले अहिले विरोध थामथुम पार्न शुल्क नबढाउने भने पनि पछि बढाउन सक्ने बताए। 'मलेसिया सरकारले एकतर्फी लागू गर्न लागिरहेको छ। नेपाल सरकार टुलुटुलु हेरेर मात्र बसेको छ,' उनले भने।

नेपाल सरकारले बायोमेटि्रकसम्बन्धी सफ्टवेयर निःशुल्क दिनुपर्ने सर्त राखे पनि यस विषयमा पत्र मौन छ। बायोमेटि्रक प्रणालीमा जान कामदारको स्वास्थ्य जाँच गर्ने मेडिकलले फरेन वर्कर्स सेन्टरलाइज्ड म्यानेजमेन्ट सिस्टमको सफ्टवेयर जडान गर्न ८ लाख मलेसिया सरकारले तोकेको कम्पनी (बेस्टिनेट डिएचटी आइएनएटी) लाई बुझाउनुपर्छ।

हरेक वर्ष २ लाख ६४ हजार तिरेर सफ्वेयर नवीकरण गर्नुपर्छ। त्यो पैसा असुल्न व्यवसायीले कामदारबाट थप १५ सय रुपैयाँ लिन्छन्। मलेसिया जाने कामदारको बायोमेटि्रक विवरणसहित स्वास्थ्य परीक्षण गर्न भनेर नेपालको नेपाल स्वास्थ्य व्यवसायी महासंघ र बेस्टिनेटबीच एक वर्षअघि सम्झौता भएको थियो।

श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटीले नेपाल सरकारले पठाएको पत्रका विषयमा मलेसियाली दूतावासले जवाफ पठाएको बताए। नेपालले राखेका केही सर्त मलेसियाले स्वीकार गरेकोले उसको जवाफमाथि पनि छलफल गरिने उनले बताए। 'सिन्डिकेट नहुने र थप शुल्क नलाग्ने मुख्य सर्त मलेसियाले स्वीकार गरेको छ। अब बाँकी कुरालाई छलफल गरेर नयाँ निर्णय हुन्छ,' उनले नागरिकसँग भने।

सरकारले स्वीकृति नदिए पनि स्वास्थ्य व्यवसायी महासंघमा आबद्ध ३८ मेडिकलले बायोमेटि्रक प्रणाली लागू गरिसकेका छन्। मलेसिया सरकारको अध्यागमन विभागले जनवरी १५ देखि बायोमेटि्रक लागू गर्न पत्राचार गरेको स्वास्थ्य व्यवसायी महासंघले जनाएको छ। 
अर्को समाचार
बायोमेट्रिक लागू गराउन मलेसियाले फेरि पत्र पठायो
१२ माघ २०७१
•
५ मिनेट पाठ
बायोमेट्रिक लागू गराउन मलेसियाले फेरि पत्र पठायो
काठमाडौं-मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्न लागू हुन लागेको विवादस्पद बायोमेटि्रक प्रणालीका विषयमा मलेसियाको विदेश मन्त्रालयले नेपाल सरकारलाई पुन पत्र पठाएको छ। यसअघि गत माघ ४ गते नेपालस्थित मलेसिया दुतावासले नेपालमा बायोमेटि्रक अनिवार्य भन्दै पत्र पठाएको थियो।मलेसियास्थित नेपाली दुतावास हुँदै परराष्ट्र मन्त्रालयमा पठाइएको पत्र परराष्ट्रले सोमबार श्रम तथा रोजगार मन्त्रालयमा पठाएको हो। मलेसियाले बायोमेटि्रक राष्ट्रिय प्रोजेक्ट भएको भन्दै यो मलेसिया कामदार पठाउने १४ मुलुकमा लागू गरिएको पत्र पठाएको हो। 

श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटीले मलेसियाको विदेश मन्त्रालयले बायोमेटि्रकका विषयमा पत्र पठाएको बताए। यसअघि नेपालको मलेसिया दुतावासबाट पनि पत्र आएको थियो फेरि मलेसियाको विदेश मन्त्रालयबाट पनि पत्र आएको छ, उनले भने।

पत्रमा बायोमेटि्रक प्रणाली मलेसियाको स्रोत मुलुकमा लागू भएको जनाउँदै मलेसिया सरकारले नै बेस्टिनेट कम्पनीलाई जिम्मा दिएको उल्लेख गरेको मन्त्रालय स्रोतले जानकारी दियो। बायोमेटि्रक छनौट गरिएको मेडिकलबाट लागू हुने पनि उल्लेख गरिएको छ। 

मलेसियाको आधिकारिक जवाफ नआउँदै नेपालमा लागू भैसकेको बायोमेटि्रक प्रणालीका विषयमा बैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायीहरुले चर्काे विरोध गर्दै आन्दोलन थालेका छन्। कामदार, व्यवसायी र देशका हितमा नभएको भन्दै नेपालमा बायोमेटि्रक लागू हुन नहुने व्यवसायीहरुको माग छ। 

परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालयलाई सुझाव मागेर मलेसियालाई पठाएको ६ बुँदे पत्रको नेपाल स्थित मलेसिया दुतावासले जवाफ पठाएको थियो। व्यवसायीहरुले मलेसिया सरकारको धारणा नभइ नेपालको दुतावासको मात्र धारणा भएको भन्दै विरोध गरेपछि मलेसिया सरकारले पुन पत्र पठाएको हो। 

प्रगतिशिल बैदेशिक रोजगार व्यवसायी मन्च, नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरम र नेपाल बैदेशिक रोजगार तमु धीले बायोमेटि्रक लागू गर्ने नहुने भन्दै नेताहरुलाई भेटिरहेका छन्। तीनवटा संस्थाले सोमबार सामुहिक रुपमा काँग्रेस नेता शेरबहादुर देउवा र एमाले नेताहरु माधव नेपाल र शंकर पोखरेललाई भेटी बायोमेटि्रक लागू नगराउन श्रम मन्त्री टेकबहादुर गुरुङ र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पान्डे भनिदिन आग्रह गरेका थिए। 

फोरमका अध्यक्ष प्रज्ञान न्यौपानेले नेपालमा मलेसियाले एकतर्फी निर्णय गरेर बायोमेटि्रक लागू गराउन लागेको बताए। श्रम मन्त्रीले आँखा चिम्लिदा भिएलएन आयो अहिले मन्त्रीले सहयोग गरेर बायोमेटि्रक आउन लागेको छ, यो कामदार र व्यवसायीको हितमा छैन, उनले भने। 

१४ वटा मुलुकमा लागू गर्ने भनिएको छ तर अन्य मुलुकले मानेको छैन। पायलट प्रोजेक्टका रुपमा नेपाल र बंगलादेशमा लागू गर्न लागेको हो। यस विषयमा नेपाल सरकारले केहि निर्णय गरेकै छैन र नेपालमा छानविन छ, उनले भने। 

बायोमेटि्रकका विषयमा संसदको अन्तराष्ट्रिय श्रम सम्बन्धले पनि आइतवार सोधपुछ गरेको थियो। मलेसियाको बेस्टिनेट कम्पनीसँग सम्झौता गरेको नेपालको स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कालाई समितीका सभापती प्रभु साहले बायोमेटि्रक विवादस्पद भएकोले स्पष्ट पार्न भनेका थिए। 

खड्काले बायोमेटि्रक समग्र कामदारको पक्षमा रहेको बताउँदै म्यानपावर व्यवसायीले विचमा कमिशन खान नपाउने भएकाले विरोध गरेको बताए। बायोमेटि्रकले नक्कली मेडिकल बन्द हुन्छ त्यसैले गलत काम गर्नेले विरोध गरिरहेको उनले समितीलाई जानकारी गराएका थिए। समितीले माघ १४ गते बायोमेटि्रक पक्ष विपक्ष र श्रममन्त्रीलाई पुन बोलाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस