काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुर्घटनाका कारण 'उडाउनै नसक्ने अवस्थामा पुगेको' भनी नागरिक उड्डयन प्राधिकरणको दर्ता किताबबाट हटाएको एउटा जहाजलाई तारा एयरले मर्मत गरी अन्तराष्ट्रिय बजारमा बिक्रीमा राखेकोमा चर्को विरोधपछि बिक्रीबाट हटाएको छ।ताराले दुर्घटना भएपछि दर्ता खारेजी भएको डिएचसी ६–३०० टिवनअटर ९ एन–एबिक्यू सिरियल नम्बर ६६५ जहाजलाई नयाँ नाममा दर्ता गरी बिक्रीमा राखेको थियो। ताराले २ वर्षअघि दुर्घटना भएको जहाज बिक्री गर्नका लागि नेपालमै मर्मतसंभार गरेर अन्तरार्ष्ट्रिय बजारमा बिक्रीमा राखेको थियो।
नेपाल वायुसेवा निगमको स्वामित्वमा रही ताराले भाडामा उदाउँदै गर्दा दुर्घटना भएको जहाज मर्मत गरेर बिक्री गर्नका लागि नयाँ तथा पुराना जहाज खरिदबिक्री गर्न मध्यस्ता गर्ने क्यानडाको एयरक्राप्टट्वान्टीफोर डट कममा ३५ लाख डलरमा बिक्रीमा राखेको थियो। निगमको स्वामित्वमा रहेको डिएचसी ६–३०० टिवनअटर ९ एन–एबिक्यू सिरियल नम्बर ६६५ जहाज ताराले भाडामा उडाउँदै गर्दा २ बर्षअघि डोल्पा विमानस्थलमा दुर्घटना भएको थियो। १ महिनाको अवधिमा २ पटक दुर्घटना भएको विमान बनाउन नसकिने भन्दै नेपाल एयरलायन्सले बिमा रकम लिएपछि दर्ता खारेजी गरेको थियो।
सन् १९७९ मा बनेको विमान सन् २०१२ को अगष्ट र सेप्टेम्बरमा दुर्घटना भएको थियो। दुर्घटनामा मानवीय क्षति नभएपनि जहाजमा ठूलो क्षति भएको निगमले जनाएको छ। दुर्घटनामा विमानको बायाँ पंखा, इन्जिन र पाग्रांमा ठूलो क्षति पुगेको थियो।
नेपाल नागरिक उड्डयन नियमावली २०५८ (पहिलो संशोधन २०७०) को दफा १३ मा नेपाल राज्यमा कुनै व्यक्ति तथा संस्थाको नाममा दर्ता भएको वा भाडामा ल्याइ सन्चालन गरिएको वायुयान चलाउन नसकिने अवस्थामा रहेमा दर्ता खारेजी हुने व्यवस्था छ। नेपाल एयरलायन्सले आफूले भाडामा दिएको विमान मर्मत गर्न नसकिने र लागत पनि महँगो पर्ने भन्दै बिमा रकम पाएपछि यतिलाई दुर्घटनाग्रस्त जहाज र कागजात दिने निर्णय गरेको थियो ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुर्घटनाका कारण 'उडाउनै नसक्ने अवस्थामा पुगेको' भनी नागरिक उड्डयन प्राधिकरणको दर्ता किताबबाट हटाएको जहाजलाई प्राधिकरणले नियम विपरित तारा एयरको नाममा पुनः दर्ता गरेको उडडयन विज्ञहरुले बताउँदै आएका थिए।
संसदको सार्वजनिक लेखा समितिले यस विषयमा छानवीन प्रक्रिया अघि बढाएको सन्दर्भमा जहाजलाई बिक्रीबाट हटाइएको हो।
एउटा कम्पनीको विमान बनाउने नै नसकिने गरी दुर्घटना भएपछि दर्ता खारेज भएपनि अर्को कम्पनीको नाममा दर्ता गर्नु नियमविपरित भएको उड्डयनविद्हरुको भनाई छ। निगमको जहाज दर्ता खारेजपछि ताराले पुन दर्ता गरी अन्तर्राष्ट्रिय बजारमा बिक्रीमा राखेको विषयलाई प्राधिकरणकै कर्मचारीले पनि छानविन हुनुपर्ने बताउँदै आएका थिए।
दुर्घटनापछि बिमा कम्पनीको तर्फबाट नियुक्त सर्भेयरले निगमलाई २०१३ फेब्रुवरी २ मा कवाडी लिन अफर गरेको थियो तर निगमले अफरलाई २०१३ मार्च १ मा अस्विकार गर्दै लिड को–इन्सुरर शिखर इन्स्योरेन्स कम्पनी, विमित तारा एयर प्रालि र लेसर निगमबीच २०१३ अप्रिल २२ मा त्रिपक्षिय सम्झौता गरेर दुर्घटनाग्रस्त जहाज र जहाजको कागजात तारा एयरलाई दिने निर्णय भएको थियो।
सम्बन्धित लिङ्क