काठमाडौं-नेपालले अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटलाइट) राख्न परामर्शदाता छान्न अध्ययन थालेको छ। सूचना तथा सञ्चार मन्त्रालयले एक वर्षअघि कार्यदल बनाएर यस विषयमा अध्ययन गरेको थियो।
इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियू) ले भू–उपग्रह राख्ने अर्बिटल स्लट उपयोग गरिसक्नुपर्ने भनी एक वर्षअघि समय सीमा तोकेर ताकेता गरेपछि मन्त्रालयले अध्ययन गरेको थियो। अहिले सोही अध्ययनको आधारमा कार्यदल गठन गरेर परामर्शदाता छान्न कार्यगत सर्त बनाउन लागेको मन्त्रालय स्रोतले बतायो। मन्त्रालयले दोस्रोपटक भू–उपग्रहबारे अध्ययन गर्न थालेको हो।
सूचना तथा सञ्चार मन्त्रालयका कार्यवाहक सचिव सुनिल मल्लले नेपालको आफ्नै अर्बिटल स्याटलाइटका लागि एक वर्षअघि अध्ययन सुरु गरेर अहिले परामर्शदाता छान्ने सर्तका लागि कार्यदल बनेको बताए। मन्त्रालयको प्रशासन महाशाखा प्रमुख कविराज खनालको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन भएको उनले बताए।
अर्बिटल स्याटलाइट धेरै टेक्निकल विषय भएकाले यसमा प्रक्रियागत र चरणबद्ध रुपमा छलफल र अध्ययन भइरहेको उनको भनाइ छ। 'नेपाललाई दिइएको अर्बिटल स्लट सीमित रहेकाले प्राविधिक पक्ष पनि अध्ययन गर्नुपर्ने हुन्छ। यसको लागत महँगो पर्छ। त्यो नेपाल सरकार आफैंले गर्ने हो या अरु माध्यमबाट लगानी हुने हो, त्यो पनि अध्ययन हुनुपर्छ,' उनले भने।
कार्यदलले ती सबै विषयमा जानकारी दिन्छ। 'कुनै कम्पनीले पछि प्रस्ताव गर्दा हामीले के गर्ने भन्ने तयारीका लागि अहिले काम भएको हो,' उनले भने। स्याटलाइट बनाउन नेपाल सरकारले नीतिगत निर्णय गरिसकेकोले मन्त्रालयले चासोका साथ काम गरेको उनको भनाइ छ।
कार्यदलले काम सुरु गरिसकेको संयोजक खनालले बताए। कार्यदलमा मन्त्रालयकै उपसचिव गौरव गिरी, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाल, नेपाल टेलिकमका एकजना र प्राधिकरणबाटै अर्काे एकजना सदस्य रहेको संयोजक खनालले जानकारी दिए।
कार्यदलले एउटा परामर्शदातालाई चाहिने डकुमेन्ट तयार गर्ने बताए। यसको आवश्यकता र खर्चका विषयमा अहिले नै भन्न नसक्ने उनले बताए। 'तर स्याटलाइटका लागि परामर्शदातालाई सहयोगी हुने काम हामी गर्छा,' संयोजक खनालको भनाइ छ।
कार्यदललाई ३ महिनाको समय दिइएको छ। कार्यदलले २ महिनाभित्रै माघमा प्रतिवेदन बुझाउने गरी काम भएको जनाएको छ। 'पुस पहिलो साता काम थालेका हौं, माघ अन्तिमसम्म प्रतिवेदन बुझाउँछौं,' संयोजक खनालले भने।
मन्त्रालयले एक वर्षअघि फ्रिक्वेन्सी महाशाखा प्रमुख नारायण सञ्जेलको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन थियो। कार्यदलमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सहसचिव लक्ष्मीनारायण साह, नेपाल दूरसञ्चार प्राधिकरणका कार्यकारी निर्देशक आनन्दराज खनाल, नेपाल टेलिभिजनका दीपकमणि धिताल सदस्य र मन्त्रालयकै उपसचिव गौरव गिरी सदस्यसचिव थिए।
कार्यदलले अन्तर्राष्ट्रिय प्रचलन, भू–उपग्रहको व्यावसायिक प्रयोग, सम्भाव्यता लगायत विषयमा अध्ययन गरेको थियो। आइटियूले २०१५ सम्ममा सदस्य राष्ट्रलाई अर्बिटल स्लट उपयोगका लागि तयारी गर्न समयसीमा तोकेको छ। आइटियूले नेपालका लागि ५० डिग्री पूर्वी देशान्तर र १२३.३ डिग्री पूर्वी देशान्तर दुई अन्तरिक्षमा स्लट छुट्ट्याएको छ। भूमध्य रेखाबाट ३७ हजार किलोमिटरमाथि गुरुत्वाकर्षणले नछुने स्थानमा भू–उपग्रह राख्ने गरिन्छ।
दूरसञ्चार तथा अन्य प्रयोजनमा उपयोग हुने गरी आइटियूले हरेक देशलाई अर्बिटल स्टल छुट्ट्याउँछ। नेपालका लागि सन १९८४ मै स्लट छुट्याइएको थियो।