काठमाडौं-वैदेशिक लगानी व्यवस्थापन र जलविद्युत आयोजना निर्माणमा जटिलता थपिँदै गएको भन्दै संसदमा विचाराधीन विद्युतसम्बन्धी दुई ऐन तत्काल ल्याउन निजी क्षेत्रले सरकारलाई दबाब दिएको छ।आयोजना अनुमतिपत्र, विद्युत खरिद सम्झौता (पिपिए) र जलविद्युत क्षेत्रको अनुगमन तथा नियमनका लागि ऐन ल्याउन दबाब दिइएको हो। ‘विद्युत ऐन' र ‘विद्युत नियमन आयोग ऐन' साढे ६ वर्षदेखि पारित हुन सकेको छैन।
संशोधनका लागि संसदबाट ऊर्जा मन्त्रालयमा पुगेको विधेयक (ऐन) मन्त्रालयले अहिलेसम्म संसदमा फिर्ता पठाएको छैन। मन्त्रालयले जलविद्युत विकासलाई व्यवस्थित गर्नै नचाहेको आरोप लगाउँदै निजी उत्पादकले संशोधित विधयेक तत्काल संसद पठाउन समेत आग्रह गरेका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) का अध्यक्ष खड्गबहादुर विष्टले अनुमतिपत्र दिने सहज प्रक्रिया नहुँदा लगानीकर्ताले सास्ती खेप्नुपरेको बताए। ‘अध्ययन र उत्पादन दुई खालका अनुमति दिने प्रावधान हट्नुपर्छ,' उनले आइतबार नागरिकसँग भने, ‘निजी क्षेत्रले पनि त्यही सुझाव दिएको छ, एकैपटक अनुमतिपत्र जारी गर्ने र त्यसको अनुमगन गर्ने प्रणाली छिटो कायम हुनुपर्यो्।'
जलविद्युत विकासमा एकद्वार प्रणाली कायम गर्ने बताउँदै आए पनि सरकारले यसतर्फ चासो नदिएको निजी क्षेत्रको टिप्पणी छ। निजी उत्पादक गुरुप्रसाद न्यौपानेले राजनीतिक दलका आ–आफ्ना स्वार्थ पूरा नहुँदा ऐन आउन नसकेको बताए। ‘भारतसँग विद्युत व्यापार सम्झौता (पिटिए) भइसकेकाले अहिलेकै विधेयकले काम गर्दैन,' उनले भने, ‘आवश्यक संशोधन गर्दै छिटो पारित गर्न सरोकारवाला निकायले संस्थागत दबाब दिनुपर्छ।'
कृषि तथा जलस्रोत समितिले पुसभित्र विधयेक पेस गर्न निर्देशन दिए पनि मन्त्रालयले यसलाई बेवास्ता गरेको छ। मन्त्रालयका सह–सचिव तथा प्रवक्ता केशवध्वज अधिकारीले भने विधेयक संशोधन अन्तिम चरणमा पुगेकाले माघभित्र संसद पठाउने जानकारी दिए। ‘मन्त्रालयमा अनावश्यक कामको चाप बढेकाले केही समय लागेको हो, अब छिट्टै संशोधनको काम टुंग्याइने छ,' उनले भने।
विधेयकको पहिलो संशोधन सकिएको बताउँदै उनले भने, ‘अब पूर्वसचिव तथा विज्ञको राय लिएर अन्तिम रुप दिइनेछ।' पिटिए भइसकेकाले अब बन्ने ऐनलाई भारतको ऐनसँग तालमेल मिलाउने गरी काम भइरहेको पनि उनले स्पष्ट पारे।
इपानका अध्यक्ष विष्टले पनि सार्क क्षेत्र र भारतसँग पिटिए भएकाले नेपालको ऐन त्यहीअनुकूल बनाउन नसकिए त्यसले काम नगर्ने बताए। समयमै विधयेक पेस नगरेर मन्त्रालयले संसदको अपमान गरेकाले मन्त्रालयसँग यसबारे स्पष्टीकरण सोधिने सभासद आनन्दप्रसाद पोखरेलले नागरिकलाई बताए।
राजनीतिक पार्टीपिच्छेका सरकार र आफूअनुकूल विषय थप्ने वा हटाउने विवादले पनि यी कानुन आउन समय लागेको हो। जलविद्युत विकास नीति, २०५८ जारी भएलगत्तै ऐन ल्याउन प्रक्रिया थालिएको थियो। तर, २०६० पछि गिरिजाप्रसाद कोइरालादेखि सुशील कोइराला प्रधानमन्त्री र ११ जलस्रोत तथा ऊर्जामन्त्री बने पनि कसैले विधेयक पारित गर्न पहल गरेका छैनन्।
विद्युत ऐन, २०४९, जलविद्युत विकास नीति र अनुमतिपत्रसम्बन्धी कार्यविधिमा किटान गरिएका नीतिगत व्यवस्था सरलीकृत गर्ने गरी विधेयकको मस्यौदा तयार पारिएको थियो। राजनीतिक असहमतिका कारण विधेयक आउन नसकेको एक पूर्वऊर्जामन्त्री समेत स्वीकार्छन्।
ऊर्जामन्त्री राधा ज्ञवालीले जलविद्युत क्षेत्रमा स्वदेशी र विदेशी लगानी बढाउन दुई ऐन असोजभित्रै मन्त्रिपरिषदबाट पारित गर्ने प्रतिबद्धता जनाएकी थिइन्। तर, उनको अक्षमताले विधेयक संसदसम्म पनि आउन नसकेको एमाले सभासदको आरोप छ। ऊर्जासचिव राजेन्द्रकिशोर क्षेत्रीले मन्त्रीलाई समेत अनावश्यक सुझाव दिएकाले ऐन अगाडि बढ्न नसकेको मन्त्रालयका केही अधिकारी बताउँछन्।
पहिलो संविधानसभा चुनावपछि लामो समयसम्म संसदको प्राकृतिक स्रोत र साधन समितिमा छलफल भएको थियो। कांग्रेस, एमाले र एकीकृत माओवादीसहितका सभासदले एक सय ४२ वटा बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव राखेपछि अगाडि बढेको थिएन।
दुई ऐनको मस्यौदा जलविद्युत विकास नीति, २०५८ आएलगत्तै तयार भएको थियो। पूर्वराजा ज्ञानेन्द्रको कार्यकालमै विधेयक पारित गर्ने तयारी थियो। तर, लगत्तै जनआन्दोलन भयो र सरकार परिवर्तनपछि प्रभावित भएको मन्त्रालयका अधिकारी टिप्पणी गर्छन्। एक अधिकारीले नागरिकसँग भने, ‘एमाओवादी, एमाले सम्मिलित सरकारले राजाको कालमा बनेको मस्यौदा भन्दै संसदमा लैजान चाहेन र व्यापक संशोधन गर्न मन्त्रालयमै फर्काइयो।'
मन्त्रालयका अनुसार विष्णु पौडेल जलस्रोत मन्त्री हुँदा एमालेका नेता तथा कार्यकर्तासँग बढी आयोजनाका अनुमतिपत्र थियो। त्यतिबेला पौडेलले पार्टी कार्यालय बल्खु लगेर सोही अनुकूल मस्यौदा संशोधन गरेका थिए। संशोधित मस्यौदा मन्त्रिपरिषद हुँदै विधायन समितिसम्म छलफल भयो। समितिमा कांग्रेस र एमाओवादीले आपत्ति जनाएपछि पास हुन सकेन।
सरकार संघीयतामा गएको बेला आइएलओ–१६९ अनुसार पानी र बिजुलीमाथिको अधिकार कसरी सुनिश्चित गर्ने भन्ने विवाद र द्विविधाका कारण पनि नियमन ऐन र विधेयकको टुंगो लाग्न नसकेको जल तथा ऊर्जा आयोगका एक उच्च अधिकारी बताए। उनले भने, ‘नियमन ऐन र विधेयक सरकारको प्राथमिकतामा त पर्योए तर राजनीतिक पार्टीको प्राथमिकतामा पर्न सकेन।'
२०४९ सालमा बनेको विद्युत ऐन, जलविद्युत विकास नीति र २०५० मा बनेको विद्युत नियमावलीमा जलविद्युत आयोजना निर्माणका लागि फरक–फरक विषय उल्लेख छ। ऐनअनुसार अनुमतिपत्र सरकारले करारमा समेत दिन सक्ने उल्लेख छ भने नीति र अनुमतिपत्र सम्बन्धी कार्ययोजनाले प्रतिस्पर्धाबाट दिनुपर्ने उल्लेख गरेको छ।
आयोजना बनाउन दिएबापत सरकारले पाउने बिजुलीको रोयल्टी, लगानीको सुनिश्चितता, वैदेशिक लगानी आकर्षण, डलरमा गरिने पिपिए र स्थानीयको अधिकार सबै पक्षमा ऐन, नीति र नियमावली बाझिएको छ। कानुन एक अर्कामा बाझिँदा जलविद्युत विकासमा हरेक सरकार वा मन्त्रीले आफूअनुकूल व्याख्या गर्ने परिपाटी छ।
सामुदायिक उपभोक्ता महासंघले गत आइतबार कार्यक्रम गरी दुई ऐन तत्काल ल्याउन सरकारलाई आग्रह गरेको थियो। महासंघका अध्यक्ष नारायण ज्ञवालीले ऐन आएपछि मात्रै ग्रामीण उपभोक्ताका अधिकार स्थापित गर्न सकिने बताए।