काठमाडौं-उखु किसान र चिनीमिलबीच सहमति नबन्दा चिनीमिल सञ्चालन भएको डेढ महिना बितिसक्दा पनि उखुको मूल्य निर्धारण हुन सकेको छैन। दुवै पक्ष आ–आफ्नो अडानबाट टसमस नहुँदा मूल्य विवाद झन् चर्किएको छ।चिनी उद्योगीले किसानको उखुलाई प्रतिक्विन्टल ३ सय ७६ रुपैयाँभन्दा बढी दिन नसकिने र त्योभन्दा बढी दिनु परेर उद्योग नै बन्द गर्ने चेतावनी दिएका छन्। चिनीको मूल्य निरन्तर घटिरहेको तर्क गरेका उद्योगीले आफूले घाटा खाएर किसानलाई बढी मूल्य दिन नसकिने बताइरहेका छन्।
अर्को पक्ष उखु किसानले पोहोरको तुलनामा उत्पादन लागत बढेको भन्दै ४ सय ७६ रुपैयाँभन्दा कममा उखु दिन नसकिने अडान राखेका छन्। उखुमा राख्नुपर्ने मल, औषधी र मजदुरको ज्यालासमेत बढेकाले लागत १५ प्रतिशत बढेको उनीहरुको तर्क छ। ४ सय ७६ रुपैयाँभन्दा कम मूल्य तोके उखुखेती नै छोड्नु पर्ने बाध्यता आउने किसान बताउँछन्।
उद्योगीले प्रस्ताव गरेको मूल्य पोहोरको तुलनामा एक सय रुपैयाँ सस्तो हो। परारको तुलनामा एक सय पाँच रुपैयाँ सस्तो हो। पोहोर उखु किसान, चिनीमिल र सरकारी प्रतिनिधिको रोहवरमा सिजन सकिने बेला प्रतिक्विन्टल उखुको ४ सय ७६ रुपैयाँ मूल्य तोकिएको थियो। चिनीमिलले मूल्य तोकेपछि पूरै भुक्तानी गर्ने सर्तमा केही रकम पेस्की दिएर किसानसँग उखु लिएर क्रसिङ सुरु गरेका थिए। परार ४ सय ८१ रुपैयाँमा उखु किनबेच भएको थियो।
यसपालि पनि पनि मूल्यमा सहमति नहुँदै डेढ महिनादेखि चिनीमिल सञ्चालनमा छन्।
यसपालि चिनीको मूल्य अझै घटेको र पोहोरकै मूल्यमा पनि घाटा सहनु परेकाले यसपालि मूल्य घटाउनुपर्ने उद्योगीको तर्क छ। चिनीको मूल्य प्रतिकिलो ७२ रुपैयाँ रहेको बेला उखुको मूल्य प्रतिक्विन्टल ४ सय ८१ रुपैयाँ तोकिएको थियो। गत वर्ष चिनीको भाउ ६२ रुपैयाँ किलो थियो। यसपालि पोहोरभन्दा १० रुपैयाँ घटेको चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त खेतान (अग्रवाल) बताउँछन्। चिनीको भाउ प्रतिकिलो १० रुपैयाँ घटेकाले उखुको मूल्य पनि त्यसैअनुसार घट्नु पर्ने उनले बताए।
उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनालीले यो वर्ष उत्पादन लागत १५ प्रतिशत बढेको र कतिपय चिनीमिलले पोहोरकै बक्यौता भुक्तानी नगरेकोले घटेर दिन नसकिने बताए। ‘पोहोरभन्दा घट्ने अवस्थै छैन,' मैनालीले बुधबार नागरिकसँग भने, ‘लागत बढ्दै गएको बेला मूल्य घटाउनु परे किसान उखुखेतीबाटै पलायन हुनेछन्।'
दुवै पक्ष आ–आफ्नो अडानबाट पछि नहटेपछि मुख्यसचिव लीलामणि पौड्यालले कृषि मन्त्रालयलाई उखुको मूल्य निर्धारण गर्ने विषयमा चारवटा निर्देशन दिएका छन्। माघ २७ गते कृषि, अर्थ र वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि र किसान सम्मिलित बैठकमा उनले उखु र चिनीको लागत निकाल्न निर्देशन दिएका थिए।
उनले भारतबाट चिनीको अवैध आयात रोक्ने पहल गर्न सरकारी निकायलाई र किसानको बाँकी तालिका बनाएर भुक्तानी गर्न चिनी उद्योगीलाई निर्देशन दिएका थिए। तालिकाअनुसार भुक्तानी नगरे ब्याजसमेत जोडेर दिन मुख्यसचिवले निर्देशन दिएको बैठकमा सहभागी उद्योग मन्त्रालयका सहसचिव जीतबहादुर थापाले बताए।
मैनालीका अनुसार चिनीमिलहरूले किसानलाई एक अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी गर्न बाँकी छ। उखु उत्पादन हुने जिल्लाका मिलले किसानलाई करोडौं रुपैयाँ भुक्तानी दिन बाँकी छ।
कृषि मन्त्रालयको अध्ययनले उखुको उत्पादन लागत प्रतिक्विन्टल ३ सय ३५ रुपैयाँ रहेको देखाएको छ। यो वर्ष उत्पादन लागत १५ प्रतिशतले बढेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ । किसान भने उक्त अध्ययनले मूल्य लागत मात्र निकालेको, मूल्यवृद्धि, जग्गाको भाडा, नाफा, ढुवानी र अन्य लागत नसमेटेको बताउँछन्। मुख्यसचिवले पनि ३ सय ३५ रुपैयाँमा खर्च र नाफा जोडेर मूल्य निर्धारण गर्नुपर्ने बताएको मैनालीको भनाइ छ।
बजारमा चिनीको मूल्य घटे पनि कृषि मन्त्रालयले अझै पनि बजारमा ४० देखि ५० मेटि्रक टन चिनी अभाव भएको जनाउँदै आएको छ। बजारमा चिनी अभाव भइरहेको बेला उखुको मूल्य घटाउने माग तर्कसंगत नभएको मैनालीको भनाइ छ।
भारतबाट अवैध बाटोबाट चिनी आयात भइरहेको भन्दै त्यो रोक्न मुख्यसचिवले निर्देशन दिएका थिए। मैनालीका अनुसार भारतमा अहिले उखुको भाउ प्रतिक्विन्टल भारु २ सय ७० (४ सय ३२ रुपैयाँ) छ। चिनीको मूल्य प्रतिकिलो भारु ३० (४८ रुपैयाँ) रहेको मैनालीले बताए। भारत सरकारले उखु उत्पादनमा ३० प्रतिशतसम्म अनुदान दिएकाले उत्पादन लागत कम हुने उनको भनाइ छ।
चिनी उत्पादक र किसानबीचको सहमतिमा सरकारले उखुको मूल्य तोक्ने परम्परा छ। यसपालि मूल्य तोक्ने विषयमा एक महिनादेखि उद्योग मन्त्रालयमा विभिन्न चरणमा सरकारी पक्ष, चिनी उत्पादक र किसानबीच छलफल भए पनि सहमति जुट्न सकेको छैन।
उखुको मूल्य निर्धारण गर्ने विषयमा मंसिर ४ गते किसान, चिनी उद्योगी उद्योग, अर्थ, कृषि र वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधिको कार्यदल गठन भएको थियो। कार्यदलले चिनी उद्योगी र किसानलाई मूल्यमा सहमति गरेर आउन निर्देशन दिएको थियो। कार्यदलले भने जस्तो सहमति हुन नसकेपछि विभिन्न चरणमा छलफल भएको हो।
विवाद नहोस् भनेर किसान र व्यवसायीबीच सहमतिसमेत भएको छ। मैनालीका अनुसार सर्लाही जिल्ला प्रशासन कार्यालयमा भएको सम्झौतामा व्यवसायीले चिनीमिल १ सय २० दिनसम्म सञ्चालन गर्नुपर्ने र त्यसो नगरे किसानलाई क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ। सर्लाहीमा तीनवटा चिनीमिल छन्। त्यहाँ ८० लाख क्विन्टल उखु उत्पादन हुन्छ।
देशभरमा अहिले ११ वटा चिनीमिल सञ्चालनमा छन्। पछिल्लो समय चिनीमिल स्थापना गर्ने क्रम पनि बढेको छ।
यो धमाधम उखु काट्ने सिजन हो। सञ्चालनमा आइसकेका मिल बन्द नहून् भनेर किसानले मूल्य नतोके पनि उखु दिइरहेका छन्। चैत महिनासम्ममा सम्पूर्ण उखु काटिसक्नु पर्ने मैनालीले बताए। पोहार साल वैशाख २२ गतेमात्र मूल्य निर्धारण भएको थियो।
मैनालीका अनुसार पोहोरको तुलनमा यो वर्ष उखु उत्पादन घटेको छ। पोहार २ करोड ६० लाख क्विन्टल उखु उत्पादन भएकोमा अहिले २ करोड क्विन्टलमात्र हुने उखु उत्पादक संघको अनुमान छ। धमिरा, किरा, फट्यांग्रा, रोग लागेकाले उत्पादन घटेको मैनालीले बताए।