कर्मचारी र ठेकेदारबाट रकम उठाउँदै वन सचिव
११ माघ २०७८
•
३ मिनेट पाठ
कर्मचारी र ठेकेदारबाट रकम उठाउँदै वन सचिव
कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले प्रयोग गर्ने कर्णाली प्रदेश ०२–००१ झ ००७८ नम्बरको सरकारी गाडी शुक्रबार बाँकेको बैजनाथ गाउँपालिका–५ संगमचोक नजिकै विपरित दिशाबाट आइरहेको मोटरसाइकलसँग ठोक्कियो।




दुर्घटनामा मोटरसाइकल चालक २६ वर्षीय नवीन पुन गम्भीर घाइते भए। पुनको उपचारका लागि मन्त्रालयका सचिव जोशी अहिले मातहतका कार्यालय, काठ व्यवसायी र कर्मचारीसँग रकम उठाइरहेका छन्।

मन्त्रालय मातहतका वन निर्देशनालय, ११ वटा डिभिजन वन कार्यालय, भू–संरक्षण कार्यालयलगायतसँग सचिवले पुनको उपचारका लागि भन्दै पैसा उठाइरहेका छन्। एक डिभिजन वन अधिकृतका अनुसार सचिवले प्रयोग गर्ने गाडीबाट गम्भीर घाइते भएका पुनलाई उपचारका लागि बुटवलबाट हेलिकोप्टरमार्फत काठमाडौं लिने तयारी भइरहेको छ।

‘हेलिकोप्टर भाडा र उपचार खर्च सचिवज्यू र मन्त्रालयले मात्रै व्यहोर्न नसक्ने भएकाले सचिवज्यूले मातहतका कार्यालयसँग सहयोग माग्नु भएको हो,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘केही कार्यालय र व्यवसायीले रकम दिनु भएको छ ।’ स्रोतका अनुसार डिभिजन वन कार्यालयले ३५ हजारदेखि एक लाखसम्म उठाएर दिएका छन्। केही व्यवसायीहरूले पनि एक लाख रूपैयाँसम्म सचिवलाई बुझाएका छन्।

मन्त्रालयका अनुसार सचिव जोशीले आफन्त लिनका लागि आफू चढ्ने गाडी सुदूरपश्चिम पठाएका थिए। सुर्खेतबाट बाँके हुँदै सुदूरपश्चिम जान लागेको गाडीले शुक्रबार दिउँसो ३ बजे मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पुनलाई सुरुमा कोहलपुर मेडिकल कलेज पुर्‍याइएको थियो। त्यहाँ पिसीआर गर्दा शनिबार कोरोना संक्रमण देखिएपछि मेडिकल कलेजले भेरी अञ्चल अस्पताल नेपालगन्ज रेफर गरेको थियो।

दुर्घटनामा छातीको भित्री भागका साथै दुवै खुट्टा र हातमा चोट लागेका पुनलाई आन्तरिक रक्तश्राव भइरहेको भन्दै काठमाडौं लिन सुझाव दिएको थियो। तत्काल हेलिकोप्टर नपाइएपछि पुनलाई एम्बुलेन्समार्फत स्थलमार्गबाट काठमाडौं लिन खोजिएको थियो। बुटवल पुग्दासम्म स्वास्थ्य अवस्था थप गम्भीर भएपछि उनको त्यहीँ उपचार भइरहेको थियो।

सोमबार पुनलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिँदैछ। ‘कार्यालयको काममा गएर दुर्घटना भइदिएको भए सरकार आफैले उपचारमा रकम खर्चिन्थ्यो,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘सचिवज्यूले आफन्त लिनका लागि गाडी पठाएकाले उपचारका लागि महाशाखा, निर्देशनालय र जिल्लास्थित कार्यालयसँग गुहार मागिरहनु भएको छ।’

सचिवको आग्रहपछि डिभिजन वन कार्यालयहरूले आफैँ र काठ व्यवसायीमार्फत् रकम मागेर बुझाइरहेका छन्। सुर्खेतस्थित एक काठ व्यवसायीले सचिवको आग्रहलाई आफूले नकार्न नसकेको बताए। ‘भोली फाइल सदर गर्दा सचिव चाहिन्छन्, अहिले अप्ठ्यारो पर्दा त सहयोग गर्नुपर्‍यो नि?’ उनले भने, ‘सचिवज्यूलाई अहिले समस्या पर्दा हामीले सहयोग ग¥यौं, हामीलाई पर्दा उहाँ (सचिव)ले पनि सहयोग गर्नुहोला भन्ने अपेक्षामा छौं।’

अर्का एक डिभिजन वन अधिकृतका अनुसार तत्काल घाइतेको उपचार गर्नुपर्ने, काठमाडौंसम्म पुर्‍याउन हेलिकोप्टर चाटर्ड गर्नुपर्ने र एकै पटक धेरै खर्च लाग्ने भएकाले सचिवले सहयोगको लागि आग्रह गरेका हुन्।

आफन्त डिलबहादुर घर्तीले बिरामी पुनलाई काठमाडौं लिने तयारी भइरहेको बताए। घर्तीका अनुसार कोहलपुरमा उपचार गर्दा लागेको खर्च सचिव जोशीले व्यहोरेको बताए। ‘सचिवले बिरामीलाई हेलिकोप्टरको व्यवस्था गरेर काठमाडौं पुर्‍याउन र पछि लागेको खर्च व्यवस्थापन गरिदिन्छु भन्नु भएको छ,’ उनले भने, ‘अहिले पैसाको जोहो गरेर काठमाडौं लिँदैछौं।’

बिरामीको आन्तरिक रक्तश्राव भइराखेकाले भेरी अञ्चल अस्पतालले थप उपचारका लागि काठमाडौं लिन भनेको उनले बताए। सचिव जोशीले आफूले प्रयोग गर्ने सवारी साधनबाट मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएको बताए।

उनले घाइतेको उपचारका लागि आफूले खर्च व्यहोरिरहेको बताए। ‘मातहतका कार्यालयबाट मैले पैसा उठाएको छैन्,’ उन भने, ‘घाइतेको उपचार र हेलिकोप्टरको खर्च पनि मैलेनै व्यहोरेको छु।’
अर्को समाचार
कर्णाली प्रदेश सरकार गठन, ५ जना मन्त्रीले खाए शपथ
१८ वैशाख २०८१
•
१ मिनेट पाठ
कर्णाली प्रदेश सरकार गठन, ५ जना मन्त्रीले खाए शपथ
कर्णाली प्रदेश सरकारमा ५ जना मन्त्रीले शपथग्रहण गरेका छन्। मंगलवार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा ५ जना मन्त्रीले शपथ ग्रहण गरेका हुन्।




माओवादीबाट ३ जना र एमालेबाट २ जना सांसदले शपथग्रहण गरेका छन्। एमालेबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री मुख्यमन्त्रीबाट नाम सिफारिस भएका सांसद विनोद कुमार शाहले शपथग्रहण बहिष्कार गरेका छन्। उनीले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा इच्छा राखेको एमाले निकट श्रोतले जनाएको छ।

मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठनका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएसँगै मन्त्रीमा नियुक्त भएकाहरूमा माआवोदीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही, र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा दुर्ग रावतले शपथ खाएका छन्।

त्यस्तै एमालेबाट भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भौतिक  पूर्वाधार तथा शहरी विकास राज्यमन्त्रीमा गोमता विकले शपथ खाएका छन्। यसअघि माओवादीबाट विनाविभागिय मन्त्री शपथ खाएका रनसिंह परिवार जलश्रोत तथा ऊर्जा विकास मन्त्री भएका छन्।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस