काठमाडौं-सरकारले अनुगमन चुस्त गराएर उद्योगीको कार्टेलिङ तोड्न नसकेपछि बजार हस्तक्षेप गर्दै आफैंले ग्यास बाँड्न थालेको छ। दुई महिनादेखि कृत्रिम अभाव गराइरहेका ग्यास उद्योगीलाई कानुनी कारबाही गर्न नसकेपछि उसले आइतबारदेखि टेकुस्थित नेसनल ट्रेडिङ लिमिटेडमार्फत ग्यास बेच्न थालेको हो।ग्यास नपाएर छटपटिएका उपभोक्तालाई यो कदमले थोरै भए पनि राहत पुगेको छ। उद्योगीले ग्यास लुकाउँदा राज्य मुकदर्शक बनेर बसेको भन्दै चौतर्फी आलोचना भएको थियो। नेसनल ट्रेडिङले सबैजसो कम्पनीका ग्यास तीन दिनसम्म वितरण गर्नेछ।
आइतबार विभिन्न २८ कम्पनीका झन्डै चार हजार सिलिन्डर उपभोक्तालाई वितरण गरिएको कम्पनीले जानकारी दिएको छ। सरकारी स्वामित्वको नेसनल ट्रेडिङ परिसरमा बिहानैदेखि उपभोक्ताको लामो लाम थियो। यसलाई २८ कम्पनीले आफ्नो उत्पादनको ५ प्रतिशत सिलिन्डर उपलब्ध गराएका छन्।
सरकारले ग्यास अभाव भएका बेला नयाँ डिपो खोल्ने, कालोबजारमा ग्यास बिक्री गर्ने व्यापारीलाई समेत कारबाही नगरी छाडिदिएको थियो।
उद्योगीहरु भने आफ्ना उद्योगले डिलरमार्फत यथावत ग्यास उपलब्ध गराइरहेको बताउँछन्। ‘हामीले डिपोलाई पनि ग्यास उपलब्ध गराइरहेकै छौं,' नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारीले भने।
उपभोक्ता आइतबार बिहान ६ बजेदेखि नै नेसनल ट्रेडिङको टेकुस्थित परिसरमा ग्यास लिन जम्मा भएका थिए। कम्पनीले बिहान ११ बजेदेखि ग्यास वितरण गर्न थालेको थियो। त्यतिबेलासम्म उपभोक्ताको भीड ठूलो भइसकेको थियो। नेसनल ट्रेडिङले बजारमा ग्यासको आपूर्ति सहज नभएसम्म यसरी नै ग्यास बेच्ने र सोमबार १ बजेदेखि ४ बजेसम्म हुने महाप्रबन्धक सत्यनारायण मेहताले बताए।
उनका अनुसार उपभोक्तालाई सहज रुपमा ग्यास सिलिन्डर उपलब्ध गराएबापत कम्पनीले प्रतिसिलिन्डर १० रुपैयाँ पाउँछ। नेपाल आयल निगमका अनुसार जनवरीमा आइतबारसम्म १९ हजार टन ग्यास आइसकेको छ। उसले केही दिन अघि जनवरीमा २९ हजार टन ग्यास आपूर्ति गर्ने निर्णय गरेको थियो।
वाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्यास बिक्रेता महासंघ, आयल निगम र उद्योगीले गत शुक्रबार गरेको निर्णयअनुसार आइतबारबाट बिहान ११ बजेदेखि ५ बजेसम्म नेसनल ट्रेडिङको जग्गामा स्टल राखेर ग्यास बेच्न थालिएको हो। ग्यास अभाव कसरी हटाउने भन्नेमा निरन्तर निगम लागिरहेको र त्यसैलाई सम्बोधन गर्न सामूहिक रुपमा बिक्री सुरु गरिएको निगम प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले बताए।
‘ग्यास अभावले उपभोक्ता समस्यामा परेपछि हामीले यस्तो कदम चालेका हौं,' उनले भने, ‘आपतकालीन स्थितिका लागि विशेष व्यवस्था गरिएको हो।' ग्यास अभावले उपभोक्ता मारमा परेपछि वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले आपूर्ति व्यवस्था सहज बनाउन नेसनल ट्रेडिङमार्फत बिक्री गर्न निर्देशन दिएका थिए। टेकुबाट उपभोक्ताले १ हजार ४ सय ७० रुपैया“मा ग्यास पाएका छन्। उद्योगीले नेसनल ट्रेडिङलाई १ हजार ४ सय ३९ रुपैया“मा बिक्री गरेका छन्।
उद्योगीहरु यसलाई उचित विकल्प मान्दैनन्। ‘राज्यले चालेको यो कदम समस्याको दीर्घकालीन समाधान होइन,' साइबाबा ग्यास उद्योगका प्रबन्ध निर्देशक राजेन्द्र डल्लाकोटीले भने, ‘लोडिङ नबढाईकन ग्यास अभाव सहज हुने सम्भावना छैन।' तोकिएको कोटा नउठाउँदासम्म अहिलेको समस्या हल गर्न कठिन हुने उनको भनाइ छ।
‘अनुगमन निकायले कुनकुन ठाउँमा कति ग्यास बिक्री गर्योक त्यसको तंथ्याक लिनेबित्तिकै
वास्तविक तथ्य बाहिर आउँछ,' एक उद्योगीले भने, ‘प्रत्येक उद्योगमा गएर छापा मार्नै पर्दैन।'