पोखरा-थुमाकोडाँडा गाविसको तारकाङका सत्यराज सापकोटा पासपोर्ट बनाएर पनि विदेश गएनन्। पोखरा—१३ दुई खोलाको मुहानमा १० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन् उनी। खेती विस्तारलाई चाहिने पुँजीको खोजी गर्दै हिँडेका बेला सरकारले युवा किसानलाई अनुदान दिन्छ भन्ने सुन्दा उनी खुसी भए। केही महिनाअघि कृषि कार्यालय गएर सापकोटाले अनुदानका लागि आवेदन पनि भरेका छन्।आवेदन भरेको ४ महिना पुगिसक्दा पनि उनले अनुदान पाउने/नपाउने पत्तो भने पाएका छैनन्। जिल्ला कृषि कार्यालय कास्कीका अधिकारीहरुका अनुसार केन्द्रले पठाएको अनुदानको दाँजोमा आवेदक अति धेरै भएकाले टुंगो लगाउन समय लागेको हो। वागवानी अधिकृत मनहर कडरिया भन्छन्, ‘अनुमान गरेभन्दा धेरैले आवेदन दिएकाले छनोट गर्न कठिन भएको छ।'
कडरियाका अनुसार सरकारले तरकारी खेती गर्ने युवा किसानलाई ४० हजार रुपैयाँ दिने भएपछि कास्कीमा ६ सय ३० जनाले आवेदन दिएका छन्। तर कार्यालयसँग भने ६० जनालाई मात्रै दिने पैसा छ। ‘धेरैजनाको आवेदन छ, उनीहरुको ठाउँमा पुगेर बुझ्न पनि टाइम लागेको छ,' कडरियाले भने, ‘धेरैजनाबाट थोरै छान्नु पर्दा केही ढिलो भएको छ, फागुनको १५ सम्ममा छनोट गरेर अनुदान दिने तयारीमा छौं।'
युवाहरु पनि खेतीकिसानीमा लाग्ने चलन बढ्दै जाँदा अनुदानका लागि धेरैको आवेदन परेको जिल्ला कृषि कार्यालय प्रमुख रमेश कोइराला बताउँछन्। उनका अनुसार तरकारी खेती गर्छु भन्दै सरकारी सहयोग रकम लिन कास्कीमा पोहोर पनि ७ सय युवाले आवेदन भरेका थिए। तर कार्यालयले २ चरणमा गरी जम्मा १ सय ९० जनालाई ४० हजार रुपैयाँका दरले पैसा बाँडेको थियो।
विदेश गएर फर्की यहाँकै माटोमा केही गर्न चाहने ५० वर्षभन्दा कम उमेरको विपन्न युवालाई सरकारले पैसा दिएर तरकारी खेतीमा लगाउन अनुदान रकम दिने कार्यक्रम ल्याएको हो। तर तरकारी खेती गर्न चाहेर अनुदानको आकांक्षा राख्ने युवा जति छन् त्यसको तुलनामा सरकारले थोरै बजेट छुट्याउने गरेको छ। त्यो पनि व्यवस्थित तरिकाले रकम जिल्ला आउँदैन। पोहोर पहिला ४० जनाका लागि अनुदान पठाएको सरकारले आर्थिक वर्ष सकिने अन्तिम महिनामा आएर १५० जनाका लागि भनेर कास्कीलाई बजेट दिएको थियो। विकास बजेट खर्च नभएपछि रकमान्तर गरी कृषितिर आएको पैसा हतारमा पठाउँदा जिल्लामा पनि अधिकारीहरुले छिट्छटो गरी बाँडेका थिए। वर्षको अन्तिमतिर अनुदानको बजेट आएको सूचना सबैतिर फैलन नपाएपछि कोटोको दोब्बरमात्रै आवेदन परेको थियो।
किसान सरकारले दिने ४० हजार रुपैयाँ चटनीमात्रै हो भन्छन्। तैपनि हौसला ठानेर लिन चाहेको सापकोटाले बताए। ‘त्यतिले हुन त केही हुन्न, तर पनि मल, बिउ महँगो भएको जमानामा आफ्नो लागत घटाउन सहयोग होला,' उनले भने। अनुदानसँगसँगै कृषि प्रावधिकहरु बढाउन उनले सरकारलाई सुझाए। ‘कुन तरकारीमा के विषादी हाल्ने हो, के नहाल्ने हो भन्ने सोध्नलाई प्राविधिक नै नपाइने उनले बताए। तर सरकारले किसानलाई प्राविधिक सहयोगका लागि खोलेको १३ कृषि सेवा केन्द्र घटाएर ६ मा झार्दैछ।
युवा लक्षित तरकारी खेतीजस्तै च्याउ, माछा र मौरीका लागि अनुदानको कार्यक्रम छन्। तिनमा पनि बजेट थोरै छ भने आकांक्षी धेरै छन्। तरकारीलाई २४, च्याउलाई १६ र माछालाई २ लाख अनुदान रकम कास्कीमा आएको छ।