माथिल्लो तामाकोसीको बिजुली खेर जाने
१८ माघ २०७१
•
९ मिनेट पाठ
माथिल्लो तामाकोसीको बिजुली खेर जाने
काठमाडौं-प्रसारण लाइन निर्माणमा विश्व बैंक नै बाधक बनेपछि चार सय ५६ मेगावाट माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बिजुली खेर जाने अवस्था देखिएको छ। खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन सिन्धुली खण्डको काम रोक्न बैंकले निर्देशन दिँदा समस्या देखिएको हो।आयोजनाको बिजुली उपभोक्तासम्म पुर्याहउने यो एक मात्रै प्रसारण लाइन हो। निरन्तर चलिरहेको निर्माणमा चार वर्षदेखि स्थानीयले अवरोध गर्दै आएका थिए। उक्त क्षेत्रका बासिन्दालाई आवश्यक मुआब्जा र क्षतिपूर्ति दिएर काम अगाडि बढाउन सरकारले प्रहरीसमेत परिचालन गरेको थियो।
स्थानीयकै नामबाट विश्व बैंकलाई सोझै पत्राचार भएपछि उसले दुई वर्षअघि अधिकार खोसिएको ठहर गर्दै एक्कासि काम रोक्न निर्देशन दिएको थियो। त्यसयता निर्माण सुचारु गर्ने विषयमा उसले कुनै प्रतिक्रिया दिएको छैन।
बैंकको एक अर्ब २० करोड रुपैयाँ सहुलियत ऋणमा प्रसारण लाइन बनिरहेको छ। ऋण सहयोग दिएको नाममा बैंकले विकास निर्माणमा ठाडो हस्तक्षेप गरेको ऊर्जा मन्त्रालयका अधिकारी बताउँछन्। स्थानीय राजनीतिक दलको सहकार्यमा मन्त्रालयले उक्त खण्डका प्रभावित बासिन्दालाई क्षतिपूर्ति थप्ने सहमति भइसकेको छ। बैंकले भने यसबारे अझैसम्म कुनै प्रतिक्रिया नदिएको प्राधिकरणले जनाएको छ।
ग्रिड निर्देशनालयका कामु उप–कार्यकारी निर्देशक कन्हैयाकुमार मानन्धर भने काम सुरु गर्नेबारे विश्व बैंकसँग छलफल भइरहेको र केही दिनभित्रै ‘नो अब्जेक्सन लेटर' आउने दाबी गर्छन्। तर, उक्त खण्डको काम कहिले सुरु हुन्छ भन्ने अझै अनिश्चित रहेको प्राधिकरणकै अधिकारीको तर्क छ। ‘अबको डेढ वर्षभित्र तामाकोसीबाट बिजुली उत्पादन हुन्छ, उक्त बिजुली खपत तथा प्रसारणको एउटै विकल्प खिम्ती–ढल्केबर प्रसारण लाइन नै हो,' एक उच्च अधिकारीले भने, ‘यो प्रसारण लाइन बनेन भने अर्बौं रुपैयाँको बिजुली खेर जान्छ।'
प्रसारण लाइनको अन्योलले तामाकोसीको बिजुली आएपछि लोडसेडिङ कम हुने सर्वसाधारणको आशा र सरकारको योजनासमेत असफल हुने देखिएको छ। प्राधिकरणले समेत त्यही प्रसारण लाइन बन्ने आशमा बिजुली खपतको वैकल्पिक योजना बनाएको छैन। बिजुली खपत गर्ने वैकल्पिक ४०० केभी न्युखिम्ती–काठमाडौं प्रसारण लाइन निर्माण प्रक्रियासमेत प्राधिकरणले थालेको छैन।
तामाकोसी जलविद्युत कम्पनीले उत्पादित बिजुली आयोजनास्थलदेखि ४७ किलोमिटर टाढाको खिम्ती सबस्टेसनमा जोड्छ। त्यसपछि बिजुली व्यवस्थापन गर्ने जिम्मा प्राधिकरणको हो तर यही अवस्थामा तामाकोसी आउँदासम्म खिम्ती–ढल्केबर लाइन बन्ने सम्भावना नरहेको प्राधिकरण ग्रिड विकास विभागका निर्देशक राजीव शर्माले नागरिकलाई बताए।
‘खिम्ती सबस्टेसनबाट बिजुली ढल्केबर पुर्या उने र त्यहाँबाट पूर्व–पश्चिमको १३२ केभीमा जोडेर वितरण गर्ने हो, बढी भएको बिजुली ४०० केभी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट भारत पठाउने लक्ष्य छ,' उनले भने, ‘खिम्ती–ढल्केबरकै लाइन बनेन भने बिजुली कसरी खपत गर्ने भन्ने योजना छैन, मिठा कुरा गरेर हुँदैन, विकल्प खोज्नुपर्छ।' काम सुरु गर्न विश्व बैंकसँग सरकारले नै पहल गर्नुपर्ने उनको भनाइ छ।
बिजुली उत्पादन हुँदासम्म प्रसारण लाइन बनिसक्ने प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप–कार्यकारी निर्देशक रामचन्द्र पाण्डेयले दाबी गरे। सिन्धुली खण्डको काम सुरु गर्न विश्व बैंकको ‘नो अब्जेक्सन लेटर' चाहिन्छ। तर ऊर्जा मन्त्रालयबाट पटक–पटक ताकेता गर्दासमेत उसले दुई वर्षसम्म यसबारे केही नबोलेको ग्रिड निर्देशनालयका अधिकारी बताउँछन्।
प्राधिकरणले तामाकोसीसँग औसत प्रतियुनिट चार रुपैयाँ ६० पैसामा बिजुली किन्ने सम्झौता गरेको छ। आयोजना डिजाइन क्यु२५ (बर्खाका साढे तीन महिना पूर्ण क्षमतामा बिजुली उत्पादन हुने) मा गरिएको हो। हिउँदमा दैनिक चार घन्टासम्म पानी संचित गरेर साँझको बेला चलाउन सकिन्छ। एक दिनमात्रै बिजुली उत्पादन रोकियो भने प्राधिकरणलाई पाँच करोड रुपैयाँ घाटा पर्छ। यसतर्फ सरकारले समेत ध्यान पुर्या्एको छैन।
आयोजनाले २०७३ साउनदेखि उत्पादन सुरु गर्ने निमित्त आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले बताए। ‘हामीले खिम्ती सबस्टेसनसम्म बिजुली पुर्‍याउने हो, प्रसारण वा व्यवस्थापन गर्न प्राधिकरणको जिम्मा भएकाले योजना बनाएको होला,' उनले भने। उनका अनुसार हालसम्म आयोजनाको निर्माण ७१ प्रतिशत सकिएको छ भने खिम्तीसम्म प्रसारण लाइनका लागि १ सय २७ टावर बनाउनुपर्नेमा १८ वटा बनिसकेका छन्।
बिजुली खपत तथा प्रसारणमा समस्या हुने भएपछि आयोजनाका ऋण लगानीकर्ताले समेत यसबारे चासो राखेका छन्। दैनिक ५ करोड रुपैयाँ बढी नोक्सान हुने हुँदा उनीहरुले यसतर्फ सरकारको ध्यानाकर्षण गरेका छन्। आयोजनामा कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले ऋण लगानी गरेका छन्।
निरन्तर कामको अनुमगन तथा मूल्यांकन भइरहेको भन्दै कर्मचारी सञ्चय कोषका प्रशासक कृष्णप्रसाद आचार्यले प्रसारण लाइन छिटो सक्न सरकारलाई दबाब दिएको बताए। ‘प्राधिकरणले समयमै प्रसारण लाइन बनाउँछौं भनेको छ, समयमै काम सक्न हामीले गर्ने सहयोग हुने नै छ,' उनले भने। स्वदेशी लगानीमा बनिरहेको आयोजना सफल बनाउन र बिजुली बेचेर राज्यले फाइदा उठाउन सबै निकायको ध्यान जानुपर्नेमा उनले जोड दिए।
सन् २०११ मै उक्त प्रसारण लाइन पूरा गर्ने लक्ष्य थियो। स्थानीयको अवरोधकै कारण झन्डै चार वर्षदेखि निर्माण अगाडि बढ्न सकेको छैन। दोलखाको किर्नेटारदेखि धनुषाको ढल्केबरसम्म ७५ किलोमिटर दुरीमा १ सय ८८ टावर निर्माण हुनुपर्नेमा हालसम्म १ सय ८२ वटा निर्माण भइसकेका छन्। पूर्वमन्त्री प्रकाशशरण महतदेखि वर्तमान ऊर्जामन्त्री राधा ज्ञवालीसम्म आइपुग्दा पनि ९ किलोमिटर क्षेत्रको समस्या समाधान हुन सकेको छैन।


अर्को समाचार
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
१२ घण्टा अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।




सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस