माटो अभावमा सडक निर्माणको काम प्रभावित
१८ माघ २०७८
•
३ मिनेट पाठ
माटो अभावमा सडक निर्माणको काम प्रभावित
निर्माणाधिन सडकको तोरैयापुर खण्ड। तस्बिर: योगेश/नागरिक
माटो अभावका कारण लम्की–टीकापुर–खक्रौला सडक निर्माणको काम प्रभावित बनेको छ। सडकको होँचो भागमा माटो पटानी गर्नुपर्ने भएकाले आवश्यकता अनुसारको माटो पाउन नसकेका कारण समस्या भएको निर्माण पक्षले जनाएको छ।




पूर्वपश्चिम राजमार्गको लम्कीदेखी दक्षिण सीमा क्षेत्र खक्रौलासम्मको २९ किलोमिटरमा ‘फोर लेन’ सडक निर्माणको काम भैरहेको छ। २०७७ असार महिनामा निर्माण सम्झौता भएको सडक निर्माणको काम आगामी एक वर्ष भित्र सम्पन्न गर्नुपर्नेछ।  

सडक निर्माणको काम तीन वटा निर्माण कम्पनीले जिम्मा पाएका छन। लम्कीदेखी तोरैयापुरसम्मको ८ किलोमिटर कालिका/कुमार जेभी, तोरैयापुरदेखी अस्नेहरीसम्मको ८ किलोमिटर एपेक्स/खड्का/कृष्ण जेभी र अस्नेहरीदेखी खक्रौलासम्मको साढे ११ किलोमिटर जगदम्बा/रायमाझी/गाल्वा जेभीले निर्माणको जिम्मा पाएका छन।  

लम्कीदेखी तोरैयापुरसम्मको सडकखण्डमा माटोको खाशै समस्या नभएपनि तोरैयापुरदेखी अस्नेहरी र अस्नेहरीदेखी खक्रौलासम्मको सडकखण्डमा माटो अभावका कारण काम निकै प्रभावित बनेको छ। तोरैयापुरदेखी अस्नेहरीसम्मको निर्माणको जिम्मा पाएको एपेक्स/खड्का/कृष्ण जेभीका आधिकारिक प्रतिनिधि ओमकान्त बेलबासेले माटो अभावकै कारण सडक निर्माणको काम रोकिएको जानकारी दिए। उनले नाली, कल्भर्ट, ह्युमपाइप, वाल लगायतका काम भने सम्पन्न भैसकेको बताए। ‘अरु धेरै काम सम्पन्न भैसकेको छ’ उनले भने–‘सडकको होचो भाग भने पुर्न नसकेर समस्या भैरहेको छ।’

उनले माटोको खोजीमा एक वर्ष बितेको गुनासो गरे। उनका अनुसार निजी जग्गावालाले समेत माटो बेच्न नमाने पछि सडक निर्माणको काम रोक्नु परेको छ। निर्माण पक्षले माटो अभावका कारण सडक निर्माणको काम प्रभावित बनेको बारे स्थानीय निकायलाई जानकारी समेत दिएका छन। आधिकारिक प्रतिनिधि बेलबासेले जानकी गाउँपालिका र टीकापुर नगरपालिकालाई यस बारेमा जानकारी दिएको बताए। ‘हामीले जानकारी दिएका छौं’ उनले भने–‘जनप्रतिनिधिहरुले सुनुवाई गर्ने चासो दिनुभएन।’

अस्नेहरीदेखि खक्रौलासम्मको सडकखण्ड निर्माणको काम भने मेनका निर्माण सेवाले गरिरहेको छ। उसले अस्नेहरीदेखी नारायणपुरसम्म झण्डै ४ किलोमिटरमा माटो पटानी गरिसकेको छ। प्रतिनिधि चन्द्र लम्सालले नारायणपुरदेखी खक्रौलासम्मको सडकखण्डमा माटो अभावका कारण काम रोकिएको बताए। ‘हामीले पनि अरु निर्माणका काम सम्पन्न गरिसकेका छौं’ उनले भने–‘माटोकै कारण थप काम अघि बढाउन सकिएको छैन।’

निर्माण पक्षले जग्गा किनेर भएपनि माटोको व्यवस्थापन गर्न खोजेको छ। आधिकारिक प्रतिनिधि बेलबासेका अनुसार कतिपय ठाउँमा जग्गा भेटिएको छैन भने भेटिएको ठाउँमा बाटो नभएर ढुवानीमा समस्या देखिएको छ। उनले सबैतिरबाट असहयोग महशुस भैरहेको दुखेसो पोखे। ‘सडक निर्माणको काम समयमै किन नभएको मात्रै भन्नुहुन्छ तर कसैले सहयोग गर्ने तर्फ पहल गर्नुहुन्न’ उनले भने–‘माटोको व्यवस्थापनका पहल गरिदिन आग्रह गर्छु।’

सडक विभागले ठेक्का सम्झौतामा उल्लेख भएको माटो मात्रै प्रयोग गर्न निर्देशन दिएको छ। उसले बलौटे माटो प्रयोग नगर्न भनेको छ। यस क्षेत्रका अधिकांश भूभागमा बलौटे माटो मात्रै पाईन्छ। निर्माण पक्षका अनुसार ठेक्का सम्झौतामा उल्लेख भएको माटो भेटाउन निकै कठिन छ।

लम्कीदेखी तोरैयापुरसम्मको सडकखण्डमा भने माटोको खाशै समस्या नभएको निर्माण कम्पनीका प्रतिनिधि हरिनाथ योगीले जानकारी दिए। उनले रानी जमरा कुलरीया सिँचाई आयोजनाको नहरबाट माटोको व्यवस्थापन गरेका कारण समस्या नभएको बताए। उनले अन्य कुनै समस्या नभए करिव एक महिना भित्रै सडक कालोपत्रेको काम सुरु गर्ने गरी तयारी भैरहेको बताए।

‘हामीले लगभग धेरै काम सम्पन्न गरिसकेका छौं’ उनले भने–‘फागुन/चैतबाट कालोपत्रेको काम सुरु हुन्छ।’ विगत लामो समयदेखी धुले सडकका रुपमा रहेको लम्की–टीकापुर–खक्रौला सडक खण्ड कैलाली जिल्लाको पूर्वी क्षेत्रका बासिन्दाले निर्माणको काम गर्दै आएका छन्। ६ वर्षअघि हुलाकी सडक आयोजनाले कालोपत्रे गरेपनि निर्माण सम्पन्न भएको २ वर्षमै भत्किएको थियो।
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
७ मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
यो पनि पढौँ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस