काठमाडौं-उखुको मूल्य निर्धारण गर्न गठित कार्यदलले अघिल्लो वर्षभन्दा नघटाई नयाँ मूल्य तोक्न सरकारलाई सुझाव दिएको छ। उखु उत्पादनको लागत बढेकाले यस वर्षको मूल्य पहिलेभन्दा कम गर्न नहुने सुझावसहित कार्यदलले कृषि मन्त्रालयमा प्रतिवेदन बुझाएको हो।गत वर्ष प्रतिक्विन्टल ४ सय ७६ रुपैयाँ तोकिएको थियो। यस वर्ष उत्पादन लागत १० प्रतिशत बढेकाले पोहोरको भन्दा मूल्य घटाउन नहुने सुझावसहितको प्रतिवेदन तयार पारेको उखु तथा चिनी विकास समितिका अध्यक्ष रामचन्द्र कुसवाहले बताए। कार्यदलले तयार पारेको प्रतिवेदन बुधबार कृषि मन्त्रालयका सचिवसमक्ष पेस गरेको छ। ‘खाईपाई आएको मूल्यमा नघटाई नयाँ निर्धारण गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिएका छौं,' कुसवाहले भने, ‘गत वर्षभन्दा मूल्य घटाउनु हुँदैन भन्ने हाम्रो सुझाव हो।'
कार्यदलले तयार गरेको प्रतिवेदन मन्त्रालयमा छलफलपछि कृषि सचिवले मुख्यसचिव लीलामणि पौड्यालकहाँ लानेछन्। कार्यदलको सुझावका आधारमा चिनी उद्योगी र उखु उत्पादक किसानको सहमतिमा मूल्य निर्धारण गरिने छ। आन्तरिक छलफलपछि दुई–तीन दिनभित्र मुख्यसचिवसमक्ष प्रतिवेदन लगिने कुसवाहले बताए।
कार्यदलले पुरानो मूल्य यथावत राख्न सुझाव दिए पनि चिनी उद्योगीले सहमति नजनाएको कुसवाहको भनाइ छ। ‘चिनी उद्योगीले सहमति गर्नुभएको छैन,' उनले भने, ‘तर हामी मन्त्रालयमा यही पेस गर्दैछौं।' कार्यदलमा कृषि मन्त्रालयका प्रतिनिधिसहित उद्योगी छन्। पाँचजनाको कार्यदलले उखु र चिनीको उत्पादन लागत अध्ययन गरेर नयाँ मूल्य निर्धारण गरेको हो।
चिनी उद्योगी र उखु उत्पादक किसानबीच कुरा नमिल्दा उद्योग सञ्चालन भएको दुई महिना नाघिसक्दा पनि मूल्य निर्धारण हुन सकेको छैन। चिनी उद्योगीले उखुको मूल्य ३ सय ७६ रुपैयाँ प्रतिक्विन्टलभन्दा बढी दिन नसकिने बताउँदै आएका छन्। किसान पोहोरभन्दा घटेर नदिने अडानमा छन्।
चिनी उद्योगीले यस वर्ष चिनीको बजार भाउ घटेकाले उखुको मूल्य पनि घटाउनु पर्ने तर्क गरेका छन्। उद्योगीका अनुसार चिनीको मूल्य पोहोरभन्दा प्रतिकिलो १० रुपैयाँ घटेको छ। उखुको मूल्य सय रुपैयाँ नघटाए उद्योग नै बन्द गर्नुपर्ने आवस्था आउन सक्ने चेतावनी उनीहरुले दिँदै आएका छन्।
उखु उत्पादक किसानले यस वर्ष उत्पादन लागत १५ प्रतिशत बढेको र कतिपय चिनीमिलले पोहोरकै भुक्तानी बाँकी राखेकाले मूल्य घट्न नसकिने बताएका छन्। दुवै पक्ष अडानबाट पछि नहटेपछि मुख्यसचिव पौड्यालले कृषि मन्त्रालयलाई मूल्य निर्धारण गर्ने विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएका थिए।
चिनी उत्पादक र किसानबीचको सहमतिमा सरकारले उखुको मूल्य तोक्ने गर्छ। यसपालि मूल्य तोक्ने विषयमा सरकारी पक्ष, चिनी उत्पादक र किसानबीच विभिन्न चरणमा बैठक भए पनि सहमति जुट्न सकेको छैन।
देशभर ११ वटा चिनीमिल सञ्चालनमा छन्। पछिल्लो समय चिनीमिल पनि थपिँदै गएको छ। अहिले खेतबाट उखु काट्ने काम धमाधम भइरहेको छ। सञ्चालन भइरहेका मिल बन्द नहुन् भनेर किसानले पैसा नपाए पनि उखु दिइरहेका छन्। चैतसम्ममा सबै उखु काटिसक्नुपर्ने किसान बताउँछन्।