पोखरा-माधव पौडेलको गाउँ लामाचौरमा आमाबाबुले एउटा गाई पालेका छन्। उनी भने पोखरा झरे। तर गाई नै पालिरहेका छन्। आमाबाले गाउँमा र उनले सहरमा गाई पाल्नु ठाउँ फेरिनुमात्रै होइन। धेरै कुरा फेरिएका छन्। बिपी कोइरालाले ५० वर्षअघि प्रत्येक नेपालीको घरमा दुहुनो एउटा गाई भएको नेपालको सपना सुनाउँथे। माधवका आमाबाबुको गाईबस्तुपालन बिपीकै सपनाको अंशजस्तो थियो– घरका सबैले एक मुठी दूध खाने र सुखसँग जीवन निर्वाह गर्ने।छोराको कथा बेग्लै छ। माधव आफू र आफ्ना केटाकेटीलाई दूध खुवाउनमात्रै गाई पालिरहेका छैनन्। घरपरिवारले दूध खाने त छँदैछ, खास उद्देश्यचाहिँ धेरैभन्दा धेरै दूध बेच्ने हो। त्यसैले घरमा एकदुइटा गाईभैंसी पाल्ने आमाबाका छोराले एक दर्जन गाई पालेका छन्। बाआमाका पालाको र माधवले बनाएको गोठमा धेरै भिन्नता छ। टाट्नामा घाँस हालेर दिने चलन अझै गाउँमा छ, माधव भने सिमेन्टले बनेको गोठमा गाईलाई चोकर दाना पनि खुवाउँछन्। यी थोक फेरिनुको कारण पहिलापहिलाका गाईपालन निर्वाहमुखी हुनु थियो भने अहिले यो पेसा पनि व्यावसायिक र उद्यम बन्दैछ।
माधवले गाईपालन गर्न व्यावसायिक फर्म उद्योग कार्यालयमा दर्ता पनि गरेका छन्। ‘घरमा गाई पालेर दूध खान पो केही गर्नु परेन,' उनी भन्छन्, ‘गाई पालेर उद्यम गर्न त धेरै कुरा मिलाउनुपर्योग नि!' ऋण लिएर फर्म विस्तार गर्ने र सरकारले कुनै सुविधा वा अनुदान दियो भने त्यो पनि लिने उद्देश्य माधवले राखेका छन्। त्यसैले निर्मलपोखरीका साथी गुरुदत्त पौडेलसँगको साझेदारीमा मनकामना गाई फर्म भनेर घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरेका छन्। ३ जना कामदार राखेर दैनिक ४० लिटर दूध उत्पादन गरिरहेका उनीहरु फर्मलाई छिट्टै विस्तार गरेर उत्पादन बढाउने तयारीमा छन्।
घरेलु तथा साना उद्योग कार्यालय कास्कीको तथ्यांकले पौडेलद्वयजस्तै युवाहरु खेतीकिसानीलाई उद्यम बनाउन लागिपरेको देखाउँछ। किसानी कर्म भए पनि उद्योगको शैलीमा व्यवस्थित बनाउँदै उक्त कार्यालयमा दर्ता भएको सबैभन्दा ठूलो लगानीको कृषि गण्डकी रेन्बो ट्राउट माछा फर्म हो। उक्त कार्यालयले उद्योगहरुको वर्गीकरण गर्दा कृषि उद्यममा पारेको रेन्बो ट्राउट माछापालन फर्ममा लक्षिन र अमृत गुरुङले २ करोड रुपैयाँभन्दा बढी लगानी गरेको कार्यालय प्रमुख कृष्णप्रसाद आचार्य बताउँछन्।
घरेलु तथा साना उद्योग कार्यालयका खरदार यदु अधिकारीले गएको साउनदेखि मंसिरसम्ममा मात्रै कास्कीमा १ सय २६ वटा कृषि उद्योग दर्ता भएको जानकारी दिए। जब कि पोहोर वर्षभरिमा पनि त्यति उद्योग थपिएका थिएनन्। त्यो वर्ष दर्ता भएका कृषि उद्योग ९४ मात्रै छ। २०१० सालतिरै खुलेको यो कार्यालयले राखेको रेकर्डअनुसार अहिलेसमम उक्त कार्यालयमा दर्ता भएको कृषि उद्योग बल्ल ४ सय २५ सय पुग्दैछन्।
‘पहिलापहिला गाईभैंसी पालेर दूधमात्रै खाने चलन थियो,' अधिकारीले भने, ‘अचेल गाईभैंसी पाल्ने, माछा, कुखुरा, बंगुर पाल्ने र तरकारी खेती गर्ने पनि उद्यमी काम हुन थाल्यो।' त्यही बदलावको परिणाम हो केही वर्षयता थपिएका कृषि उद्योगहरु। कार्यालय प्रमुख आचार्यले कृषि उद्यमीले सयभन्दा बढी गाईभंैसी पालेका उदाहरण पनि कास्कीमा रहेको जानकारी दिए।
३ करोड रुपैयाँभन्दा धेरै लगानी भएको फर्म उद्योग विभागमा दर्ता गर्नुपर्छ भने त्योभन्दा सानाको दर्ता जिल्लामै हुन्छ। कृषि व्यवसाय गर्न पनि करोड—करोड चाहिने भएपछि लगानीकर्ता फर्म दर्ता गरी सरकारी सञ्जाल प्रवेश गरेका हुन्। उत्पादन गरी खाद्यआपूर्तिमा त कृषि फर्मले सहयोग गरेकै छन्, करमा पनि उनीहरुको योगदान सुरु भएको छ। कास्कीमा गएको साउनदेखि मंसिरसमम ४ सय ४७ घरेलु तथा साना उद्योग थपिएका छन्। अहिलेसम्म जिल्लामा ७ हजार २ सय उद्योग रहेको र तिनमा ४६ हजारजनाले रोजगारी पाइरहेको आचार्यले जानकारी दिए।