नागढुंगा सुरुङ ८८५ मिटर छिचोलियो
२१ माघ २०७८
•
४ मिनेट पाठ
नागढुंगा सुरुङ ८८५ मिटर छिचोलियो
नागढुंगा सुरुङमार्ग खन्न थालेको एक वर्षमा एक तिहाइभन्दा धेरै छिचोलिएको छ। आयोजनाले आर्थिक वर्ष २०७७/७८ को पुसको पहिलो साता सुरुङमार्ग खन्न सुरु गरेको थियो।




एक वर्षको अवधिमा मुख्य सुरुङमार्गको एक तिहाइभन्दा धेरै खन्ने काम सम्पन्न भइसकेको छ। आयोजनाको मुख्य सुरुङको कुल लम्बाइ २६ सय ८८ मिटरमध्ये हालसम्म ८ सय ७५ मिटर खन्ने काम सकिएको छ।

अहिले आयोजनामा दैनिक चार सयभन्दा धेरै कामदार खटिएर सुरुङ खन्ने काम गरिरहेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ६ गते सुरुङमार्गको औपचारिक शिलान्यास गरे पनि सुरुङ खन्ने काम झन्डै १४ महिनापछि २०७७ पुस ८ गतेदेखि मात्रै सुरु भएको थियो।

आयोजनाका निर्देशक नरेशमान शाक्यले छोटो अवधिमै मुख्य सुरुङतर्फ ८ सय ७५ मिटर छिचोल्न सफल भएको बताए। काठमाडौंतर्फ ४ सय ३७ मिटर र धादिङतर्फ ४ सय ३८ मिटर सुरुङ खनिएको छ। मुख्य सुरुङको कुल लम्बाइ भने २६ सय ८८ मिटर रहेको छ।

इभाक्युएसन टनेलतर्फ १ हजार ३ सय ४० मिटर खनिएको छ। काठमाडौंतर्फको इभाक्युएसन ७ सय ७८ मिटर र धादिङतर्फ ५ सय ६२ मिटर खनिएको छ। आयोजनाका अनुसार मुख्य सुरुङमार्ग, इभाक्युएसन टनेल, वर्किङ अडिट र क्रस प्यासेजतर्फको भौतिक प्रगति ४३.२५ प्रतिशत छ। आयोजनाका अनुसार अहिलेसम्म समष्टिगत ३० प्रतिशत निर्माण कार्य सकिएको छ।

निर्देशक शाक्यले आयोजनाको समष्टिगत भौतिक प्रगति ३० प्रतिशत भएको बताएका हुन्। उनले भने, ‘पछिल्लो साता आयोजनामा कार्यरत १३३ जना कामदारमा कोभिड–१९ संक्रमण देखिएसँगै सुस्ताएको निर्माणले अहिले गति लिइसकेको छ।’ कामदार संक्रमित भएसँगै आयोजनाको निर्माण कार्य केही सुस्ताएको थियो। अहिले सुरुङ निर्माणको कार्य पहिलाकै गतिमा फर्किसकेको उनको भनाइ छ। अहिले पनि आयोजनामा कार्यरत २३ जना कोभिड संक्रमित छन्।

आयोजनाको समष्टिगत वित्तीय प्रगति ३७ प्रतिशत छ। यो वित्तीय प्रगति मोबिलाइजेसन बापतको रकम सहितको हो। ‘कोभिड १९ को जोखिमका बाबजुद निर्माणको काम रोकेका छैनौं। कोभिड कै कारण लक्ष्यभन्दा एक÷डेढ महिना मात्रै पछि रहेका छौं। सम्भवतः लक्ष्य अनुसार नै सुरुङमार्ग निर्माणले गति लिनेमा आशावादी छौं,’ उनले भने, ‘आगामी साउनभित्रै सुरुङमार्गको ब्रेक थ्रु गर्ने गरी काम गरिरहेका छौं।’ अहिले आयोजनामा ५ सय ३३ जना कामदारले कार्यरत रहेका छन्।

सुरुङमार्गमा एक सिफ्टमा २ सय १७ जनाका दरले दुई सिफ्टमा काम भइरहेको छ। आयोजनाका अनुसार अहिले दैनिक १० मिटर सुरुङ काम नियमित छ। मासिक ३ सय मिटर सुरुङ खन्ने काम भइरहेको छ। आयोजनाका अनुसार अहिलेसम्म मुख्य सुरुङतर्फ ८ सय ७५ मिटर खनिएको छ।

आयोजनाका निर्देशक श्रेष्ठका अनुसार सुरुङमा तीनवटा अन्डरपास निर्माण गर्नुपर्नेमा अहिलेसम्म दुईवटा अन्डरपास निर्माणको काम सम्पन्न भइसकेको छ। धादिङ र काठमाडौंतर्फको एउटा–एउटा अन्डरपास निर्माण सकिएको छ। काठमाडौंतर्फ एउटा अन्डरपास निर्माण बाँकी छ। ‘फ्लाई ओभरको जग खन्ने काम सुरु भइसकेको छ,’ निर्देशक श्रेष्ठले भने, ‘फ्लाई ओभर क्षेत्रको मुआब्जा वितरण पनि भइरहेको छ।’

आयोजनाका अनुसार चारवटा बक्स कल्भर्ट निर्माण गर्नुपर्नेमा अहिलेसम्म तीनवटा तयार भइसकेको छ। त्यसैगरी तीनवटा पुल निर्माण गर्नुपर्नेमा दुईवटा तयार भइसकेको छ। एउटा ओभरपास पनि निर्माण सम्पन्न भइसकेको छ।

आयोजनाको अनुसार इभाक्युसन सडकतर्फ ७५ प्रतिशत र फिलिङतर्फ २५ प्रतिशत भौतिक प्रगति भएको छ। वर्किङ अडिटतर्फ १२६ मिटर खनिएको छ। त्यसैगरी, क्रस प्यासेजतर्फको १ सय २६ मिटरमध्ये अहिलेसम्म ४३ मिटर खनिएको छ। आयोजनामा रात–दिन दुवै सिफ्टमा काम भइरहेको छ। आयोजनाले अहिले विस्फोटक पदार्थ प्रयोग गरेर खनिरहेको छ। यो सुरुङमार्ग ड्रिल एन्ड ब्लास्ट प्रविधिमा खनिएको हो।यो मेलम्ची खानेपानी आयोजनाको जस्तै गरेर खनिनेछ।

सुरुङमार्गको कुल लम्बाइ २.६८ किलोमिटर हुनेछ। साढे ९ र ४ मिटरका दुईवटा सुरुङ निर्माण गर्ने आयोजनाको लक्ष्य छ। २.६८ किलोमिटर सुरुङ निर्माण आयोजनाले सन् २०२३ को अप्रिलसम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ।

धादिङ र काठमाडौंतफ ५–५ सय मिटर सडक तथा दुई फ्लाई ओभर र सुरुङमार्ग तथा मुआब्जासहित उक्त आयोजनामा करिब साढे २२ अर्ब खर्च हुनेछ। यो आयोजना निर्माण गर्ने ठेक्का जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले पाएको छ। सुरुङमार्ग निर्माण गर्न जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि ऋण दिने सम्झौता भइसकेको छ। यो आयोजना निर्माणमा जापानी सहयोग नियोग जाइकाको साढे १६ अर्ब ऋण र नेपाल सरकारको करिब ६ अर्ब गरी कुल साढे २२ अर्ब रूपैयाँ लाग्नेछ।
अर्को समाचार
नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजना: निर्माण लक्ष्यअनुसार, अहिलेसम्म २१ प्रतिशत भौतिक प्रगति
२६ भदौ २०७८
•
३ मिनेट पाठ
नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजना: निर्माण लक्ष्यअनुसार, अहिलेसम्म २१ प्रतिशत भौतिक प्रगति
नेपालको पहिलो सुरुङमार्ग नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाको निर्माण कार्य कोभिड–१९ बाबजुद लक्ष्यअनुसार नै निर्माण भइरहेको आयोजनाले दाबी गरेको छ। 




आयोजनाका निर्देशक नरेशमान शाक्य कोभिड–१९ को पहिलो र दोस्रो लहरका बाबजुद  सुरुङमार्ग निर्माण कार्य लक्ष्यअनुसार नै भइरहेको बताउँछन्। ‘अहिलेसम्म आयोजनाको भौतिक प्रगति २१ प्रतिशत भइसकेको छ,’ उनले भने, ‘कोभिड–१९ को कारणले कम्तीमा सुरुङ खन्ने काम करिब एक महिना जति मात्रै ढिला भएको छ। दैनिक ६ मिटर सुरुङ खन्ने लक्ष्य भएकोमा अहिले दैनिक १० मिटर सुरुङ खन्ने काम भइरहेको छ।’

आयोजनाका निर्देशक शाक्यले कोभिड–१९ को बाबजुद  नागढुंगा–नौबिसे सुरुङमार्गको भौतिक प्रगति सन्तोषजनक रहेको दाबी गरे। ‘आयोजनाको भौतिक प्रगति सन्तोषजनक छ,’ उनले थपे, ‘कोभिड संक्रमणको बेला पनि सुरुङ निर्माणको काम नरोकिएकाले यो उपलब्धि हात पार्न सकेका हौं।’ आयोजनाको वित्तीय प्रगति ३० प्रतिशत भएको छ।

मुख्य सुरुङ ४२२ मिटर र इभाक्युएसनतर्फ ८१५ मिटर खनियो

कोभिड महामारीका बाबजुद  आयोजनाको मुख्य तथा इभाक्युएसन सुरुङमार्ग खन्ने कामले निरन्तरता पाइरहेको छ। छोटो समयमै आयोजनाले लोभलाग्दो ढंगले सुरुङमार्ग खन्दै आइरहेको छ।आयोजनाका अनुसार अहिलेसम्म मुख्य सुरुङतर्फ अहिलेसम्म ४२२ मिटर सुरुङ खनिसकेको छ। 

मुख्य सुरुङको काठमाडौंतर्फ १७९ मिटर सुरुङ खनिसकेको छ। धादिङतर्फबाट पनि २४३ मिटर सुरुङ खनिसकिएको छ। आयोजनाका अनुसार इभाक्युएसनतफ टनेल (सुरुङ) तर्फ ८ सय १५ मिटर सुरुङ खनिसकिएको छ। आयोजनाले काठमाडौंतर्फको इभाक्युएसन टनेलतर्फ ५१० मिटर र धादिङतर्फ ३०५ मिटर सुरुङ खनेको छ।  

आयोजनामा कार्यरत सबै कामदारले खोप लगाइसके

आयोजनामा कार्यरत कामदारमा गत वैशाख अन्तिमदेखि जेठको पहिलो साता कोभिड संक्रमण देखिएको थियो। आयोजनामै कार्यरत ८६ जना कामदार संक्रमित देखिए। तर, आयोजनाले उच्च सतर्कता अपनाएकाले पनि धेरै कामदारमा संक्रमण देखिएन। अर्काेतर्फ आयोजनाले क्याप्पमा हेल्थ डेक्ससहित औषधिउपचारको व्यवस्थापन गरेकाले पनि आयोजनाको काम प्रभावित हुन नपाएको हो।

तर, कोभिडको उच्च संक्रमणको बेला आयोजनामा खटिने अधिकांश कामदार घर फर्किएका थिए। अहिले भने सम्पूर्ण कामदारलाई दुवै चरणको खोप लगाएकाले ढुक्क भएर निर्माणको काम गरिरहेका छन्। आयोजनाका निर्देशक शाक्यले आयोजनामा कार्यरत सबै कर्मचारीलाई कोभिडविरुद्धको खोप लगाइसकेको बताए। 

अहिले आयोजनामा दैनिक ६ सयभन्दा धेरै कामदार सुरुङमार्ग तथा अन्य संरचना निर्माणमा खटिरहेका छन्। अहिले पनि आयोजनाले साइटमै अक्सिजनसहितको मेडिकल सुविधा उपलब्ध गराउँदै आइरहेको छ। आयोजनाका अनुसार कोभिड–१९ को संक्रमण र वर्षाको कारणले काठमाडौंतर्फको पहुँचमार्ग, कल्भर्टलगायतका काम भने प्रभावित भएको छ।

गत आवसम्ममै आयोजनाको ९ सय मिटर सुरुङ खन्ने तथा ११ सय मिटर पहुँच मार्ग ट्र्याक खन्ने काम भइसकेको थियो। आयोजनाका अनुसार मुख्य सुरुङ ८.२/१५ मिटरकोे हुनेछ । आयोजनाको काम रातदिन दुवै सिफ्टमा गरेर भइरहेको छ। आयोजनाले अहिले विस्फोटक पदार्थ प्रयोग गरेर खनिरहेको छ। 

यो सुरुङमार्ग ड्रिल एन्ड ब्लास्ट प्रविधिमा खनिएको हो। सुरुङमार्ग मेलम्ची खानेपानी आयोजनाको जस्तै गरेर खनिनेछ। सुरुङमार्गको कुल लम्बाइ २.६८ किलोमिटर हुनेछ भने साढे ९ र चार मिटरका दुईवटा सुरुङ निर्माण गर्ने आयोजनाको लक्ष्य छ।

२.६८ किलोमिटर सुरुङ निर्माण गर्न आयोजनाले सन् २०२३ को अप्रिल महिनासम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ। धादिङ र काठमाडौंतर्फ पाँच/पाँच सय मिटर सडक तथा दुई फ्लाइओभर र सुरुङमार्ग तथा मुआब्जासहित उक्त आयोजनामा करिब साढे २२ अर्ब रूपैयाँ लागत लाग्नेछ। 

यो आयोजना निर्माण गर्ने ठेक्का जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले पाएको छ। सुरुङमार्ग निर्माण गर्न जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि ऋण दिने सम्झौता भइसकेको छ। यो आयोजना निर्माणमा जापानी सहयोग नियोग जाइकाले साढे १६ अर्ब ऋण र नेपाल सरकारको करिब ६ अर्ब गरी कुल साढे २२ अर्ब रूपैयाँ लाग्नेछ।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस