काठमाडौं-उड्डयन क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्घटना भएको जहाजलाई नियमविपरीत उडान भर्न दिइरहेको फेला परेको छ। प्राधिकरणले आँखा चिम्लिँदा दुर्घटनापछि दर्ता खारेजी गर्नुपर्ने जहाज नेपाली आकासमा उडिरहेका छन्।तारा एयर प्रालिले दुर्घटनापछि दर्ता खारेज गरिएको एक जहाजलाई नयाँ नाममा दर्ता गरी बिक्रीमा राखेको घटनापछि प्राधिकरणको मिलेमतोमा सोही कम्पनीको भगिनी संस्था यती एयरको सन् २००३ मा तुम्लिङटार क्षेत्रमा दुर्घटनामा परेको जहाजलाई दर्ता खारेज नगरी उड्न दिइएको तथ्य फेला परेको हो।
यती एयरलायन्सको नाममा रहेको ९ एन एइभी टि्वनअटर जहाज क्याप्टेन प्रकाश श्रीवास्तवले चलाउँदा हेभी ल्यान्डिङको कारण दुर्घटना भएको थियो। त्यसपछि प्राधिकरण र बिमा कम्पनी दुवैले मर्मत गर्न नसकिने भने पनि प्राधिकरणले दर्ता खारेज गरेको छैन।
यो घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी विभागीय कारबाहीको निर्देशन दिए पनि केही नगरिएको भन्दै प्राधिकरणका एक इन्जिनियरले पर्यटन मन्त्रालय र संसदको सार्वजनिक लेखा समितिमा घटनाको विस्तृत विवरण बुझाएका छन्। अख्तियारको निर्णयसहित बुझाइएको विवरणमा प्राधिकरणका तत्कालीन सुरक्षा शाखा प्रमुख तथा हालका महानिर्देशक रतिसचन्द्रलाल सुमन संलग्न रहेको उल्लेख छ। उनी नै प्राधिकरण प्रमुख हुँदा कवाडी जहाज दर्ता गरेर बिक्री गर्न खोजिएको थियो। चौतर्फी विरोधपछि ताराले जहाज बिक्रीको विज्ञापन हटाएको छ।
सुमनसँगै तत्कालीन महानिर्देशक मेदिनीप्रसाद शर्मा, एयरलायन्स अपरेसन विभागप्रमुख विनोद गिरी र मेनेजर टेकराज पोखरेलले अनुचित कार्य गरेको ठहर गर्दै अख्तियारले विभागीय कारबाही गर्न निर्देश गरेको थियो। यती एयरलायन्सको काम कारबाहीबाट नेपाल सरकारलाई डेढ करोड रुपैयाँ राजस्व नोक्सानि भएकोले उक्त रकम कम्पनीबाट असुल्नुपर्ने निर्णय राजस्व अनुसन्धान विभागले पनि गरेको थियो।
यतीलाई दुर्घटनाग्रस्त विमानको बिमा रकम दिएपछि बिमा कम्पनीले कवाडी लिलामीमा राखेको थियो। लिलामी यती आफैंले सकार गरी विमानको पार्टपुर्जा भारतको कोलकाता हुँदै क्यानडा पुर्यााएर मर्मतसम्भार गरी पुनः काठमाडौं ल्याएको हो। त्यही कवाडी जोडेर बनाइएको जहाजलाई पुरानै नम्बरमा सञ्चालन गर्न प्राधिकरणले अनुमति दिएको विषयमा अख्तियारले छानबिन गरेको थियो।
बुझाइएको विवरणअनुसार दुर्घटनामा परेको जहाजलाई प्राधिकरण र बिमा कम्पनीले ‘विवन्ड इकोनोमिक रिपियर लाइफ' घोषणा गरेको थियो। यस्तो घोषणा गरेपछि जहाजको दर्ता खारेज गर्नुपर्नेमा त्यसो नगरी उडाउन दिएको र अहिलेसम्म पनि उडिरहेको भन्दै प्राधिकरणकै कर्मचारीले छानबिनको माग गरेका छन्।
संसदको सार्वजनिक लेखा समिति सदस्य रामहरि खतिवडाले प्राधिकरणबाट पटकपटक नियमविपरीत काम भएको उजुरी समितिमा परेको बताए। प्राधिकरणले गरेका तीनवटा गलत कामको उजुरी त्यहाँका कर्मचारीबाटै परेको छ। ‘हामीले सोधपुछ र छानबिन गरेका थियौं। एमाओवादीले बैठक बहिष्कार गर्नाले सम्भव भएको छैन,' उनले भने। सभापति एमाओवादीको हुनाले अहिले त्यो प्रभावित भए पनि चाँडै जेष्ठ सदस्यले अध्यक्षता गर्ने गरी समिति बैठक बस्ने र त्यसपछि छानबिन हुने खतिवडाले बताए।
यती एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाले दर्ता खारेज गर्नुपर्नेमा नगरेको स्वीकारे। ‘दर्ता खारेज नगरेर बाहिर लगेको हुनाले जरिवाना तिरेको हो। १ करोड २७ लाख रुपैयाँ जरिवाना तिरेको हो,' उनले नागरिकसँग भने। त्यो बेला आफूले जरिवाना नतिरेको भए सबैजनाको जागिर जाने पनि उनले बताए। ‘मैले गर्दा ९ जनाको जागिर बच्यो,' उनले भने। शेर्पाले दर्ता खारेज गर्नुपर्ने अवस्थामा पुगेका पाँचवटा जहाज नेपाली आकासमा उडिरहेको पनि बताए।
‘जहाज बनाउन बाहिर लगेको हो। ८ लाख डलरमा बन्छ भन्ने अनुमान थियो तर १३ लाख पुग्यो। जहाज हामीले बनाउन नसक्ने भएपछि खरिद गर्नेले पाँच लाख डलर हामी हाल्छौं जहाज हाम्रो नाममा हुुनुपर्छ भन्यो। अख्तियारले जहाज विदेशीको नाममा भएपछि दर्ता खारेज हुनुपर्छ मात्र भनेको हो,' उनले भने।
प्राधिकरण महानिर्देशक सुमनले यस विषयमा प्रतिक्रिया दिन मानेनन्। प्राधिकरणका अर्का उच्च अधिकारीले निरन्तर यस्ता गलत काम भइरहे पनि मन्त्रालय, अख्तियारले कहिले कारबाही नगर्नाले विसंगति बढेको बताए।
‘कर्मचारी पनि हातमै छन्। पार्टीका मान्छे, मन्त्रालय सबै नै गलत काम गर्नेको हातमा गएपछि केही फरक नपर्ने रहेछ,' उनले भने।
हवाई सुरक्षामा विद्यमान कमजोर व्यवस्थापनमा सुधार नभएसम्म नेपालमा दर्ता रहेको वायुयानलाई युरोपेली आकासमा उडाउन निषेध गरेको एक वर्षभन्दा बढी भइसकेको छ। यसबीचमा हवाई सुरक्षा क्षेत्रमा खासै सुधार नभएको भन्दै युरोपेली युनियनले निषेधलाई निरन्तरता दिने निर्णय गरिसकेको छ। यही बेला त्रुटिपूर्ण काम कारबाहीको शृंखला नै एकपछि अर्को गर्दै बाहिर आउँदा अन्तर्राष्ट्रिय हवाई उड्डयन सगठनले नेपालको हवाई सुरक्षाबारे अप्रिय निर्णय गरेमा आश्चर्य मान्नु नपर्ने ती अधिकारीको भनाइ छ।