काठमाडौं-उखु दिएबापत किसानले चिनीमिलबाट अघिल्लो वर्षकै झन्डै एक अर्ब रकम लिन बाँकी छ। यस वर्षको आधा उखु काटिसक्दा पनि उद्योगीले पुरानो पैसा नै नदिएपछि किसान आन्दोलित भएका छन्। उद्योगी र किसानबीच वक्यौता चुक्ता गर्नेबारे पूर्वसमझदारी कार्यान्वयन नहुँदा उनीहरु तालाबन्दीदेखि चक्काजामसम्म कार्यक्रम लिएर सडकमा आएका हुन्। सरकारले भने यस वर्षको उखुमूल्यसमेत निर्धारण गर्न सकेको छैन।विभिन्न जिल्लाका चार मिलले किसानलाई गत वर्षकै झन्डै एक अर्ब रुपैयाँ चुक्ता गर्न बाँकी रहेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए।
उद्योगी र किसान प्रतिनिधिबीच उद्योग मन्त्रालयमा पुस २५ गते भएको वार्तामा माघभित्रै पुरानो वक्यौक्ता चुक्ता गर्ने सहमति भएको थियो। उखुको मूल्य निर्धारण गर्ने विषयमा समेत दुई पक्षबीच सहमति हुन नसक्दा विवाद चर्किंदै गएको छ।
मैनालीका अनुसार रौतहटस्थित श्रीराम सुगर मिलले सबैभन्दा बढी ५५ करोड रुपैयाँ किसानको पैसा चुक्ता गर्न बाँकी छ। त्यसपछि दोस्रो नम्बरमा सुनसरीस्थित स्टन सुगर मिलले ३० करोड रुपैयाँ दिन बाँकी छ। यी दुवै मिलका सञ्चालक दिवाकर गोल्छा हुन्।
सर्लाही, धनकोलस्थित अन्नपूर्ण सुगर मिल र कपिलवस्तुको महालक्ष्मी सुगर मिलले ६–६ करोड रुपैयाँ किसानलाई भुक्तान गर्न बाँकी छ। अन्नपूर्णका सञ्चालक राकेश अग्रवाल हुन् भने महालक्ष्मीका सञ्चालक वीरेन्द्र कनौडिया।
पुस २५ गतेको वार्तामा कम वक्यौक्ता रहेका अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले माघ १५ भित्र र धेरै भुक्तानी भएका श्रीराम र स्टनले माघभरिमा भुक्तानी गर्ने सहमति भएको थियो। ‘सहमतिअनुसार उहाँहरूले भुक्तानी दिनुभएको छैन,' मैनालीले भने, ‘भुक्तानी नपाउँदा किसानले यसपालिको उखुसमेत ऋण खोजेर ढुवानी गरिरहेका छन्।'
सबैभन्दा धेरै भुक्तानी बाँकी रहेको रौतहट जिल्लाका किसान चक्काजामसहित आन्दोलनमा उत्रिएका हुन्। रौतहटमा रहेको श्रीराम सुगर मिलले गत वर्षको ५५ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको रौतहट उखु उत्पादक संघका अध्यक्ष अशोक यादवले जानकारी दिए।
आन्दोलित किसानले चिनी गोदाममा ताला लगाइदिएका छन्। तैपनि भुक्तानी दिने छाँटकाँट नदेखेपछि उनीहरु मंगलबारबाट चक्काजाममा उत्रिएका हुन्। मंगलबार एक घन्टा चक्काजाम गरेका किसानले बुधबार दुई घन्टा चक्काजाम गर्दै व्यवसायीको पुत्लादहनसमेत गरेका थिए।
‘अझै पनि भुक्तानी दिइएन भने आन्दोलन कडा पार्छौं,' यादवले फोनबाट नागरिकसँग भने।
कतिपय चिनी व्यवसायी सम्पर्कमै आउन छाडेेको र आए पनि अहिले पैसा छैन भनेर टारिरहेको उनले गुनासो गरे। श्रीराम र स्टन सुगर मिलले १५ दिनअघि चैत २२ सम्म सम्पूर्ण रकम भुक्तानी गरिसक्ने सूचना निकालेर रकम बाँड्न पनि सुरु गरेका थिए र तर त्यसलाई बीचैमा रोकेर सम्पर्कमै आउन छाडेको किसानले बताए।
उनीहरुले बैंकमा पैसा हालिदियौं भनेर किसानलाई ढाँटेको पनि मैनालीले बताए। ‘उनीहरूले बैंकमा पैसा हालिदियौं भनेका थिए,' मैनालीले भने, ‘तर बैंकमा जाँदा पैसा हालेको थिएन।'
अन्नपूर्ण चिनी मिलको गोदाममा पनि किसानले ताला लगाइएको मैनालीले जानकारी दिए। जताततै किसान आन्दोलिन भएको अवस्थामा उद्योगीले चिनीमिल नै बन्द गर्ने हुन् कि भन्ने डर भएको मैनालीले सुनाए। ‘अरु जे जे गरे पनि मिल बन्द नगरौं भनेर किसानलाई भनिरहेको छु,' उनले भने, ‘मिल नै बन्द भयो भने किसान, व्यवसायी र देशलाई नै ठूलो नोक्सान पुग्छ।'
उखुको मूल्य निर्धारणमा सहमति हुन नसक्दा चर्किएको विवादले अन्ततः किसानलाई घाटा गर्ने मैनालीले बताए। हरेक वर्ष उखुको मूल्य घटाउने तर किसानको मर्का नबुझ्दा किसानै पलायन हुने अवस्था सिर्जना भएको चिन्ता मैनालीले व्यक्त गरे।
गत वर्ष प्रतिक्विन्टल ५ रुपैयाँ घटाएर ४ सय ७६ रुपैयाँ मूल्य निर्धारण गरिएको थियो। चिनी उद्योगीले यसपालि पनि मूल्य घटाउनुपर्ने माग राख्दै आएका छन् भने किसानले मूल्य घटाउन नसकिने बताउँदै आएका छन्।
यस्तै विवादले सुर्ती खेती हराएको बताउँदै मैनालीले उखु किसानले पनि त्यही अवस्था भोग्नुपर्ने उनले सुनाए। ‘एकपटक हामीले तराईमा ठूलो मात्रामा सुर्ती खेती गर्थ्यौं,' मैनालीले भने, ‘हरेक वर्ष मूल्य घटाउँदै लगेपछि खेती नै बन्द भयो।'
अहिले नेपालमा प्रयोग हुने सुर्ती सबै बाहिरबाट आयत हुन्छ। जुट खेती पनि यसरी नै हराएको उदाहरण मैनालीले दिए।
यस वर्ष पनि उखुको मूल्य निर्धारण हुन ढिला भएपछि उद्योगी एक महिनाको पेस्की दिन सहमत भएका थिए। गत शुक्रबार उद्योग मन्त्रालयमा भएको सरकारी पक्ष, चिनी उद्योगी र उखु उत्पादक किसानबीच भएको बैठकमा चिनी उद्योगीले उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ३ सय ५० रुपैयाँ २० दिनभित्र पेस्की दिने सहमति भएको थियो। उक्त सहमतिसमेत कार्यान्वयन हुन सकेको छैन।
‘अहिलेको पेस्कीको त कुरै नगर भन्छन् उद्योगी,' यादवले भने।
अहिले देशभरमा ११ वटा चिनीमिल सञ्चालनमा छन्। साढे दुई महिनादेखि सञ्चालन भएका मिलले झन्डै ४५ प्रतिशत उखु काटिसकेको मैनालीले बताए।
किसान चैतसम्म सम्पूर्ण उखु खेतबाट निकालिसक्नुपर्ने दबाबमा छन्।