जिल्ला प्रशासन कार्यालय बाराले अर्गानिक भनि घातक रासायनिक बिषादी उत्पादान गरेको अशंकामा सिलबन्दी गरेको उद्योगका सञ्चालक सम्पर्कविहीन बनेका छन्।
अर्गानिक भनि मानव स्वास्थ्यका लागि घातक रासायनिक बिषादी उत्पादन गरी नेपालका किसानहरुलाई बिक्री गरेको आरोप लागेका परवानीपुरमा रहेको शिवशक्ति बायो प्लान्ट टेक प्रा.लीका सञ्चालक भारतीय नागरिक के.बबी तिरुपती राय सम्पर्कविहीन बनेका हुन्।
माघ ३ गते परवानीपुरबाट चितवन पुर्याउँदै गरेको अवस्थामा घातक बिषादी लोड गरेको ना ३ ख १८९ नम्बरको ट्रकसहित जिल्ला प्रहरी कार्यालय चितवनले उद्योगका चारजनालाई पक्राउ गरेको थियो।
चितवन प्रहरीको अनुसन्धानबाट अर्गानिक भन्दै घातक बिषादी खुलेआम बिक्री गरेको खुलेपछि माघ ४ गते बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईको नेतृत्वमा गएको टोलीले सिलबन्दी गरी अनुसन्धान सुरु गरेको थियो।
गोदाम सिल गरी सञ्चालकलाई कारोबार गर्न ईजाजत लिएको कागजपत्रसहित सम्पर्कमा आउन भने पनि अहिलेसम्म सञ्चालक सम्पर्कमा नआएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी सेढाईले बताएका छन्।
कारोबारको अनुमति लिएको भन्दा अन्य फरक माल बस्तु बिक्री गरेको जानकारी आएपछि जिल्ला प्रशासन कार्यालयले सिलबन्दी गरी अनुसन्धान गरीरहेको सहायक प्रजिअ सेढाईले बताए।
अनुसन्धानका लागि सञ्चालक भारतीय नागरिक तिरुपती रायलाई जिल्ला प्रशासन कार्यालय बारामा सम्पर्कमा गर्न आउन भन्दा उनले रामाकान्त भारतीलाई अख्तियारी दिएर सिलबन्दी खोली दिन निवेदन समेत दिएको सेढाईले बताए।
तरकारी लगायतका बालीनालीमा छर्किदा मानव स्वास्थ्यमा कुनै हानी नगर्ने अर्गानिक भन्दै गुणस्तरहीन र घातक रासायनिक बिषादी बिक्री गरेको आरोपमा सिलबन्दी गरिएको शिवशक्ति बायो प्लान्ट टेक प्रा.लीका रमाकान्त भारतीसहित ४ जनालाई गएको माघ ३ गते चितवन जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको थियो।
बाराको परवानीपुरमा गोदाम लिएर वर्षौदेखि नेपालमा उत्पादित भनि जुपिटर नामको घातक बिषादी बिक्री गर्दै आएका थिए।
जुपिटर ब्रान्डका नाममा घातक बिषादी बिक्री गर्दै आएका भारतीले बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल र एसपी दिलीपसिंह देउवालाई गोदामको सिल खोल्नका बिभिन्न किसिमले प्रलोभन रक्सौलमा बसेर बिचौलियामार्फत् दिइरहेका छन्।
सिडिओ र एसपीले अर्गानिक भनेर घातक बिषादी बिक्री गरी जनस्वास्थ्यमाथि गम्भीर खेलवाड गर्नेलाई छाड्न नमानेपछि शिवशक्ति बायो प्लान्ट टेक प्रा.लीका सञ्चालकले कृषि तथा पशुपंक्षी मन्त्री महेन्द्र राय यादव मार्फत पनि दवाव दिएर गोदाम खुलाउन लागेका छन्।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले घातक बिषादी बिक्री गरेको गुनासोपछि गोदाम सिल गरिएको बताए। गोदाममा फेला परेको बस्तुलाई अर्गानिक हो वा बिषादी हो त्यसको परीक्षण गर्ने कार्य भैरहेकोले परीक्षणको प्रतिवेदन आएपछि थप कार्बाही गरिने प्रजिअ कटुवालले बताए।