द्विविधामा जलविद्युत कम्पनीका लगानीकर्ता
२९ माघ २०७१
•
१२ मिनेट पाठ
द्विविधामा जलविद्युत कम्पनीका लगानीकर्ता
काठमाडौं-अबको साढे दुई वर्षभित्र बजारमा सर्वसाधारणका नाममा झन्डै २० अर्ब रुपैयाँ बराबरको जलविद्युत कम्पनीको सेयर आउँदैछ। तर ३५ वर्षपछि आयोजना स्वतः सरकारको स्वामित्वमा जाने हुँदा सेयरमा लगानी गर्नेबारे सर्वसाधारण साना लगानीकर्तामा द्विविधा उत्पन्न भएको छ।आयोजना निर्माण गरी ३५ वर्षसम्म सञ्चालन गरेपछि त्यो स्वतः सञ्चालित अवस्थामै सरकारलाई हस्तान्तरण गर्नुपर्ने बुट (निर्माण–स्वामित्व–सञ्चालन–हस्तान्तरण) ऐनमा उल्लेख छ। आयोजना सरकारलाई बुझाएपछि सर्वसाधारणको लगानी के हुने भन्ने कानुनी व्यवस्था अहिलेसम्म छैन। 
जलविद्युत कम्पनीहरुमा २ अर्ब २३ करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेका सर्वसाधारणले अन्योलको अवस्थामा पुनः आयोजनाको सेयर किन्ने विषयमा सोच्नुपर्ने भएको छ। कानुनी व्यवस्था नभएकाले नै पछिल्लो समय आयोजनामा लगानी गर्नेबारे सर्वसाधारणमा द्विविधा उत्पन्न हुन थालेको एक लगानीकर्ता बताउँछन्।
‘आकर्षक प्रतिफल पाउने आसमा जलविद्युत कम्पनीको सेयरमा सर्वसाधारणको आकर्षण बढ्दो छ,' सेयरमा लगानी गरेका एक सरकारी कर्मचारीले भने, ‘प्रतिफलको ग्यारेन्टी नहुने र ३५ वर्षपछि त्यो सित्तैंमा सरकारले लिने हो भने यो आकर्षण घट्दै जान्छ।' केही लगानीकर्ताले त किनेको सेयरसमेत बेच्ने तयारी गरेको एक सेयर दलाल बताउँछन्।
जलविद्युत आयोजना सित्तैंमा सरकारलाई बुझाउनुपर्ने व्यवस्था भए पनि अहिले नै लगानीकर्ता डराएर भाग्नुपर्ने अवस्था नरहेको अरुण भ्याली हाइड्रोपावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने बताउँछन्। ‘जे जति आयोजना बने र बन्दैछन्, ती कम्पनी पब्लिक लिमिटेडमा जानुपर्छ,' उनले भने, ‘हरेक कम्पनीले लगानीलाई विविधीकरण गर्ने बेला आएको छ।'
३५ वर्षपछि आयोजना मात्रै सरकारमा जाने र कम्पनी रहिरहने हुँदा कम्पनीले आम्दानीका स्रोत विस्तार गर्दै लगे लगानीकर्ताले समस्या भोग्नु नपर्ने न्यौपानेको तर्क छ। उनले थपे, ‘अरुण भ्यालीले ३.४ मेगावाट पिलुवाखोला बनायो। यसले सर्वसाधारणमा सेयर जारी गर्योर र मुनाफा पनि बाँड्दै आएको छ। पछिल्लो समय कम्पनीले वित्तीय क्षेत्रमा लगानी बढाएको छ।' सबै कम्पनीले यसरी नै लगानी प्रवर्द्धन तथा विस्तार गर्नुपर्ने उनको धारणा छ।
विद्युत ऐन, २०४९ अनुसार आयोजनाका प्रवर्द्धक वा निकायलाई उत्पादन अनुमतिपत्र बढीमा ५० वर्षका लागि दिन सकिने उल्लेख छ। जलविद्युत विकास नीति, २०५८ मा अनुमतिपत्र दिने समय घटाएर ३५ वर्षमा झारिएको हो। आयोजनाको निर्माण अवधि, ऋण तिर्ने र प्रतिफल कमाउने समयको आधारमा अनुमतिपत्रको अवधि छोट्याइएको ऊर्जा मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीले बताए।
सरकारले ३५ वर्षपछि लगानीकर्ताको सेयर तथा लगानी सुनिश्चित गर्ने कुनै व्यवस्था ल्याउन नसके अनुमतिपत्रको अवधि बढाएर ५० वर्ष कायम गर्नुपर्ने स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) का उपाध्यक्ष शैलेन्द्र गुरागाईंले बताए। ‘५० वर्ष लामो अवधि हो, त्यतिबेलासम्म जुनसुकै लगानीकर्ताले अपेक्षित लगानी र प्रतिफल उठाउँछन्,' उनले भने, ‘यसपछि सबै दायित्व हस्तान्तरण गरे पनि फरक पर्दैन। सरकारले अनुमतिपत्रको म्याद बढाइदिए आयोजनामा लगानी जोहो गर्न सजिलो हुने र लगानीकर्ताले चाँडै मुनाफा पाउने उनको भनाइ छ।
‘तोकिएको अवधिपछि के हुने भन्ने कानुनमा व्यवस्था छैन। तर आयोजना हस्तान्तरण हुँदा साना लगानीकर्ताको सेयर सँगै आउने र त्यसमा उनीहरुको स्वामित्व कायमै रहन्छ,' अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने। सरकारले त्यसपछि प्रवर्द्धकसँग पुनः सम्झौता पनि गर्न सक्ने उनको तर्क छ।
लगानी गरेको वर्षदिनमै आकर्षक प्रतिफल पाउने हुँदा पछिल्लो समय वित्तीय संस्थाको तुलनामा जलविद्युत कम्पनीको सेयरमा लगानी गर्नेको संख्या ह्वात्तै बढेको छ। तर छोटो समयको मुनाफामा ध्यान दिएका सर्वसाधारणलाई ३५ वर्षपछि आफ्नो लगानी (पुँजी) निःशुल्क सरकारलाई बुझाउनुपर्छ भन्ने हेक्का छैन। उक्त अवधिसम्म लगानीकर्ता सबैले मनग्य मुनाफा कमाइसक्ने हुँदा यसमा कुनै जोखिम नरहेको निजी उत्पादकको तर्क छ।
बुटवल पावर कम्पनी, अरुण भ्याली, चिलिमे, सानिमा लगायत अहिलेसम्म ६ वटा जलविद्युत कम्पनीले ७ करोड ३८ लाख ५७ हजार ५ सय ४९ कित्ता सेयर जारी गरिसकेका छन्। यसमध्ये २ करोड २३ लाख ४५ हजार ८ सय ६१ कित्ता सर्वसाधारणका लागि जारी भएको छ। उनीहरूले प्रतिसेयर एक सय रुपैयाँ दरमा खरिद गरेका थिए। यस आधारमा जलविद्युत आयोजनामा सर्वसाधारणतर्फबाट २ अर्ब २३ करोड ४५ लाख ८६ हजार रुपैयाँ लगानी भएको छ।
आगामी दुई वर्षभित्र जलविद्युत लगानी तथा विकास कम्पनी, चार सय ४५ मेगावाटको माथिल्लो तामाकोसी, एक सय ११ मेगावाटको रसुवागढी, एक सय दुई मेगावाटको मध्यभोटेकोसी र ६० मेगावाटको सान्जेनले झन्डै १८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने छन्। यस्तै निजी क्षेत्रले बनाइरहेका साढे ८ मेगावाटको नौगाढ, ४० मेगावाटको आँखुखोला, २० मेगावाटको मोदीलगायत आयोजनाले २ अर्ब रुपैयाँ बराबरको सेयर ल्याउँदैछन्।
संस्थापक सेयरधनीले कम्पनीबाट धेरै कमाउने भए पनि अहिलेकै अवस्था कायम रहे १० देखि दुई सय कित्तासम्म सेयर किन्ने साना लगानीकर्ता प्रत्यक्ष मारमा पर्ने देखिन्छ। सरकारले ३५ वर्षपछि के हुने भन्नेमा प्रस्ट नगरे बजारबाट अर्बौं रुपैयाँको सेयर उठ्न नसक्ने नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी बताउँछन्। ‘जलविद्युतको सेयरमा आकर्षण र मुनाफा छ तर जोखिम पनि छ भन्ने कुरा लगानीकर्तालाई जानकारी गराउनुपर्छ,' उनले सुझाए।
विद्युत ऐनअनुसार साढे नौ मेगावाटको आँधीखोला, साढे १२ मेगावाटको झिम्रुक, ६० मेगावाटको खिम्ती, ४५ मेगावाटको भोटेकोसी, साढे २ मेगावाटको इन्द्रावतीको अनुमतिपत्र ५० वर्षसम्मका लागि दिइएको छ। खिम्ती–भोटेकोसी सञ्चालनमा आएको १५ वर्ष भइसकेको छ भने जलविद्युत नीति जारी भइसकेपछि २२ मेगावाटको चिलिमे, २.४ मेगावाटको रिडी २२ मेगावाटको माइखोलालगायतको अनुमतिपत्र ३५ वर्षसम्म दिइएको छ।
प्राकृतिक स्रोत सदुपयोग वा दोहनका लागि अनुमतिपत्र लिँदा अन्तर्राष्ट्रिय स्तरमा ५० वा सय वर्षलाई दिइन्छ। जलविद्युतमा वैदेशिक लगानी ल्याउन कानुन पनि अन्तर्राष्ट्रियस्तरकै बनाउनुपर्नेमा निजी प्रवर्द्धकको जोड छ। सरकारले उत्पादित बिजुली देशमै खपत गर्ने आयोजनालाई ३५ वर्ष र विदेश निर्यात गर्नेको हकमा ३० वर्ष तोकेर अनुमतिपत्र दिँदै आयो, त्यसपछि के हुन्छ भन्ने हेक्का राखेन। सरकारले अझै यसबारे काुनन बनाउनतर्फ कुनै पहल गरेको छैन।
चिलिमे सञ्चालनमा आएको करिब १२ वर्ष पुग्यो। यसको प्रतिसेयर बजार मूल्य १ हजार ६ सय रुपैयाँ हाराहारी छ। आकर्षक प्रतिफल पाइने आसमा कतिले दोस्रो बजारबाट समेत सेयर किनेका छन्। चिलिमेको प्रतिसेयर २ हजार ७ सय रुपैयाँ पुग्दा दोस्रो बजारबाट सेयर उठाएका सेयरधनीले अहिले नै नोक्सानी बेहोर्नुपरेको छ। यही दरमा मूल्य घट्ने, प्रतिफल नआउने तर अनुमतिपत्रको म्याद सकिएपछि सित्तैंमा सरकारलाई बुझाउनुपर्ने नियम गलत रहेको साधारण लगानीकर्ता बताउँछन्।
वित्तीय संस्थाको साधारण सेयरमा सामान्य लगानीकर्ताको हक सधैं कायम हुने तर जलविद्युतको सेयर सरकारले सित्तैंमा लिन नपाउने लगानीकर्ताको टिप्पणी छ। ‘हामीले घर वा जग्गा किनेर ३५ वर्षसम्म प्रयोग गरी अब पुग्यो सरकारलाई दिऊँ भन्न सकिन्न,' एक लगानीकर्ता भन्छन्, ‘जलविद्युत कम्पनीको सेयर पनि त्यही हो। यसका लागि सरकारले व्यवस्था गर्नुपर्छ।'


अर्को समाचार
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
१२ घण्टा अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।




सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस