सुनचाँदी व्यवसायीले सरकारी मापदण्ड नकुर्ने
०१ फागुन २०७१
•
४ मिनेट पाठ
सुनचाँदी व्यवसायीले सरकारी मापदण्ड नकुर्ने
चितवन-सुन चाँदी व्यवसायलाई मर्यादित बनाउन सरकारले मापदण्ड ल्याउन बिलम्ब गरेको सम्बन्धित व्यवसायीहरुले बताएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघको शुक्रबारदेखि चितवनको सौराहामा सुरु भएको दोस्रो साधरण सभा तथा राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा सो कुरा उठेको हो। महासंघले तयार गरेको प्रस्तावित मापदण्ड अनुसार नै चल्ने महासंघका अधिकारीहरुले बताए।

मापदण्ड तयार गर्न माग गर्दै व्यवसायीले विस २०६९ सालको जेठमा सुनचाँदी व्यवसायीले आन्दोलन गरेको महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए। त्यसयता २४/२५ महिनासम्म सरकारसँग धेरै चरणमा वार्ता भए पनि मापदण्ड निर्माण भएर जारी हुन नसकको उनले बताए। बिना मापदण्ड व्यवसाय चलाउन गाह्रो हुँदै गएको उनको भनाइ छ।

'मापदण्ड थुनिएको अवस्था छ। अन्यौलमा रहेर व्यवसायीले कारोबार गर्न पनि भएन। त्यसैले सरकारले जारी गरेन भनेर बसिरहनभन्दा प्रस्तावित मस्यौदालाई हामी जारी गर्छौ र त्यसैका आधारमा काम गर्छौ' अध्यक्ष शाक्यले भने। मापदण्ड १२ बुँदे हुने छ। धेरै कुरामा सहमत भए पनि केही कुरामा नमिल्दा मापदण्ड अडि्कएर बसेको उनले बताए।

गरगहना बनाउँदा हुने निर्माण ह्रास (जर्ती) र हातैले बनाएका गहनमा विद्युतीय तरङ्गबाट चेक जाँच गर्दा त्यसबाट देखिने गुणस्तरका विषयमा मापदण्डमा कुरा नमिलेको अध्यक्ष शाक्यले जानकारी दिए। 'यी दुई विषयमा हुने समस्यालाई क्षम्यभित्र राख्नु पर्छ भन्ने हाम्रो कुरामा सहमति नजुट्दा सरकारले मापदण्ड नै जारी गरेको छैन' अध्यक्ष शाक्यले भने।

'यो साधरण सभाबाट हामी प्रस्तावित मापदण्डलाई नै मानेर अगाडी बढ्ने निर्णय गर्छौ। यदी सरकारले पछि जारी गर्योल भने त्यसै मुताविक अगाडी बढ्छौं। अब कुरेर बस्ने अवस्था रहेन' अध्यक्ष शाक्यले भने। उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष शाक्यले बजारमा समय समयमा सुन अभाव देखा पर्दा अवैध कारोबार बढ्ने र त्यस्तो समयमा मिसावटको समस्या पनि आउने बताए।

एक केजीभन्दा कम परिमाणमा बैंकबाट सुन किन्न नपाइने नियमले साना व्यवसायीलाई समस्या परेको उनले बताए। उपत्यका बाहिरका व्यवसायीले पनि उपत्यकाकै बैंकबाट सुन किन्नु पर्ने बाध्यात्मक नियमले जोखिम बढेको उनले बताए। स्थानीय कालिगढको अभाव हुँदा अपरिचित विदेशी कालिगढका भरमा व्यवसाय गर्नु परेको र त्यस्ता कालिगढका कारण पनि मिसावट हुने उनले बताए।

दुई दिनसम्म चल्ने साधरण सभाको उपप्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका हुन्। साधरणसभामा ५० जिल्लाका पाँच सयभन्दा धेरै प्रतिनिधि सहभागि भएको आयोजकहरुले जानकारी दिए।
अर्को समाचार
सुनचाँदी व्यवसायीले सरकारी मापदण्ड नकुर्ने
०२ फागुन २०७१
•
३ मिनेट पाठ
सुनचाँदी व्यवसायीले सरकारी मापदण्ड नकुर्ने
चितवन-सुनचाँदी व्यवसायलाई मर्यादित बनाउन सरकारले मापदण्ड ल्याउन विलम्ब गरेको सरोकारवालाले बताएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघको चितवनमा सुरु दोस्रो साधारण सभा तथा राष्ट्रिय सम्मेलन उद्घाटन सत्रमा यस्तो कुरा उठेको हो। आफूले तयार गरेको प्रस्तावित मापदण्डअनुसार नै चल्ने महासंघका अधिकारीले बताए।मापदण्ड तयार गर्न माग गर्दै २०६९ साल जेठमा सुनचाँदी व्यवसायीले आन्दोलन गरेको महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए। त्यसयता २४/२५ महिनासम्म सरकारसँग धेरै चरणमा वार्ता भए पनि मापदण्ड निर्माण भएर जारी हुन नसकको उनले बताए। बिनामापदण्ड व्यवसाय चलाउन गाह्रो हुँदै गएको उनको भनाइ छ।

‘मापदण्ड थुनिएको अवस्था छ। अन्योलमा रहेर व्यवसायीले कारोबार गर्न पनि भएन। त्यसैले सरकारले जारी गरेन भनेर बसिरहनुभन्दा प्रस्तावित मस्यौदालाई हामी जारी गर्छौं र त्यसैका आधारमा काम गर्छौं,' अध्यक्ष शाक्यले भने। मापदण्ड १२ बुँदे हुने छ। धेरै कुरामा सहमति भए पनि केही कुरामा नमिल्दा मापदण्ड अड्किएर बसेको उनले बताए।

गरगहना बनाउँदा हुने निर्माण ह्रास (जर्ती) र हातैले बनाएका गहनामा विद्युतीय तरंगबाट चेक जाँच गर्दा गुणस्तरका विषयमा मापदण्डमा कुरा नमिलेको अध्यक्ष शाक्यले जानकारी दिए। ‘यी दुई विषयमा हुने समस्यालाई क्षम्यभित्र राख्नु पर्छ भन्ने हाम्रो प्रस्तावमा सहमति नजुट्दा सरकारले मापदण्ड नै जारी गरेको छैन,' अध्यक्ष शाक्यले भने।

यो साधारण सभाबाट प्रस्तावित मापदण्डलाई नै मानेर अगाडी बढ्ने निर्णय गर्ने उनले बताए। ‘सरकारले पछि जारी गर्योत भने त्यसैअनुसार अघि बढ्छौं। अब कुरेर बस्ने अवस्था रहेन,' अध्यक्ष शाक्यले भने। उद्घाटन कार्यक्रममा अध्यक्ष शाक्यले बजारमा समय समयमा सुन अभाव देखा पर्दा अवैध कारोबार बढ्ने र त्यस्तो बेला मिसावटको समस्या पनि आउने बताए।

एक केजीभन्दा कम परिमाणमा बैंकबाट सुन किन्न नपाइने नियमले साना व्यवसायीलाई समस्या परेको उनले बताए। उपत्यकाबाहिरका व्यवसायीले पनि उपत्यकाकै बैंकबाट सुन किन्नुपर्ने बाध्यात्मक नियमले जोखिम बढेको उनले बताए। स्थानीय कालिगढको अभाव हुँदा अपरिचित विदेशी कालिगढका भरमा व्यवसाय गर्नुपरेको र त्यस्ता कालिगढका कारण पनि मिसावट हुने उनले बताए। 

साधारण सभामा ५० जिल्लाका पाँच सयभन्दा धेरै प्रतिनिधि सहभागी भएको महासंघले जनाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस