चितवन-भारतबाट आएको हाइब्रिड मकैको एउटा जात नक्कली भएको आशंकामा चितवन जिल्ला कृषि विकास कार्यालयले बेचबिखनमा रोक लागएको छ। विदेशबाट बीउ आयात गर्दा जुन जात दर्ता भएर स्वीकृति पाएको छ त्यही मात्रै ल्याउन पाइन्छ। तर भारतबाट आउने नाथ कम्पनीको बिग बोसले एकथरी जात दर्ता गराएर अर्को पनि ल्याउने गरेको भेटिएको छ।राष्ट्रिय बीउ बिजन समितिले २०६९ सालमा बिग बोस आयात गर्न स्वीकृत दिँदा सो मकैको ११६ दिनमा धान चमर लाग्ने विवरणमा उल्लेख छ। तर अहिले ७० दिनमा मकै पोलेर खान तयार हुने विवरणसहित बोसको एक किलोको प्याकेटमा बजारमा छ्यापछ्याप्ती छ। बजारमा बोसकै अर्को चार किलोको प्याकेट पनि छ। जसमा मकै तयार हुने दिन उल्लेख छैन।
यी दुई खाले मकैको मूल्य आधा फरक छ। नारायणी नदीपूर्वको भित्री मधेसका लागि उपयुक्त मानिएको यी दुईथरी जात बजारमा आएपछि सरकारी निकाय पनि अनुसन्धानमा जुटेको छ। ‘स्वीकृति लिँदा ११६ दिनमा तयार हुने भनेको छ भने त्यहीअनुसार हुनु पर्योव। ७० दिन भनेको छ भने त्यो अर्कै जात भयो,' राष्ट्रिय बीउ बिजन समितिका सदस्य सचिव धर्मदत्त बरालले भने।
दर्ता भएको भन्दा फरक जात बेच्नु गैरकानुनी हुने बरालले बताए। ‘सबै विवरण हामी पनि बु‰दै छौं। त्यो बीउबारे केही मौखिक उजुरीसमेत आएको छ। सबै विवरण बुझेर गलत पाइयो भने कारबाही हुन्छ,' सदस्य सचिव बरालले भने। कृषि विभागले पनि यस विषयमा चासो देखाएको महानिर्देशक युवकध्वज जिसीले बताए।
‘चितवनको बजारमा त्यास्तो बीउ देखिएकाले जिल्ला कृषि विकास कार्यालयलाई बु‰न र आवश्यक कारबाही गर्न निर्देशन दिइसकिएको छ,' महानिर्देशक जिसीले भने। कृषि विकास कार्यालय चितवनले शनिबार नै बजार अनुगमन गरेको कार्यालय प्रमुख सोमनाथ घिमिरेले जानकारी दिए। तत्कालका लागि यो जातको मकैको बीउ नकिन्न किसानलाई कार्यालयले अपिल गरेको छ।
‘एउटा जात सूचीकृत हो तर बजारमा दुईथरी देखा पर्योा। जसमध्ये एउटा नक्कली हो भन्ने हामीलाई लागेको छ। ७० दिनमा पोलेर खान मिल्ले भनेर प्याकेटमा नै लेखेेको छ। तर यो हुनै सक्दैन,' घिमिरेले भने। बजारमा आएको दुईथरी प्याकेट नै नबेच्न आयातकर्ता कृष्ण सप्लायर्सलाई निर्देशन दिएको उनले बताए।
‘सप्लायर्सको भन्दा पनि पठाउने कम्पनीको दोष देखिएको छ। तत्कालका लागि नबेच्न भनेका छौं। विस्तृत अध्यनपछि थप कारबाही प्रक्रिया सुरु हुनेछ,' घिमिरेले भने। बसन्त यामको मकै छर्ने बेला भएकाले किसानले सचेतना अपनाउनु पर्ने उनले बताए। हाइब्रिड जातको मकै लगभग शतप्रतिशत नै भारतबाट आउने गर्छ।
यो बेला सचेत नभए गुणस्तरहीन बीउ आएर किसानलाई ठूलो नोक्सानि हुने उनले बताए। बीउ बिजन समितिले २०६९ सालदेखि आयातका लागि नयाँ जातको स्वीकृति दिएको छैन। स्वीकृति दिनुअघि राष्ट्रिय कृषि अनुसन्धान परिषद (नार्क) ले दुई वर्ष परीक्षण गर्छ। कम्पनीबाट प्रतिवर्ष तीन लाख ८० हजार रुपैयाँ अनुसन्धान शुल्क लिने गर्छ।