गोकर्ण रिसोर्ट यती होल्डिङ्सको नाममा
०३ फागुन २०७१
•
७ मिनेट पाठ
गोकर्ण रिसोर्ट यती होल्डिङ्सको नाममा
काठमाडौं- यती होल्डिङ्स प्रालिले गोकर्ण फरेस्ट रिसोर्टको पूर्णस्वामित्व लिएको छ। यतीले सिंगापुरको एलएम सुभिर ब्रदर्सको नाममा रहेको बाँकी सेयर किनेको हो। चार वर्षअघि ४९ प्रतिशत सेयर लिएको यतीले एक साताअघि बाँकी ५१ प्रतिशत लिएको हो।
यतीले चार वर्षअघि ७६ करोड रुपैयाँमा गोकर्णको सेयर किन्ने निर्णय गरेको थियो। बाँकी सेयर एलएम सुभिर ब्रदर्ससँग ६६ करोड ३० लाखमा किनेको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ। नेपाल ट्रस्टको नाममा रहेको जग्गा लिजमा दिँदा राखिएको कानुनी सर्तका कारण यसअघि यतीले गोकर्णको पूर्ण स्वामित्व पाउन सकेको थिएन। कानुनी समस्या हल भएपछि यतीले बाँकी सेयर किनेको हो। यतीले ४९ प्रतिशत लिएदेखि नै रिसोर्टको व्यवस्थापन सम्हाल्दै आएको छ।

१० करोड चुक्ता पुँजी रहेको यतीले ६६ करोड ३० लाखको सेयर किन्न लागेपछि रजिस्ट्रारको कार्यालयले किनबेच हुन नसक्ने भन्दै एक महिनाअघि राय माग्न फाइल उद्योग मन्त्रालय पठाएको थियो। मन्त्रालयले कम्पनी ऐनको दफा १ सय ७६ अनुसार कम्पनीबीचको कारोबारमा प्रतिबन्धअन्तर्गत कुनै पनि कम्पनीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्नो चुक्ता पुँजी र सञ्चित मुनाफाको ६० प्रतिशत वा सञ्चित वा सञ्चित मुनाफाको सतप्रतिशतले हुने रकममध्ये जुन बढी हुन्छ सोभन्दा बढी हुने गरी कुनै अर्को कम्पनीलाई सापटी दिन वा कुनै अर्को कम्पनीले लिएको ऋणबापत जमानत दिन वा अन्य कम्पनीको धितोपत्रमा लगानी गर्न नसक्ने राय दिएकाले रजिस्ट्रारले कारोबार रोक्का गरेको थियो। यतीले माघ २३ गते खरिद गर्ने सेयर बराबरकै चुक्ता पुँजी ६६ करोड ३० लाख पुर्या एको थियो। त्यसपछि सेयर हस्तान्तरण गरिएको हो।

उद्योग मन्त्रालयका उपसचिव शंकर केसीले १० करोड चुक्ता पुँजी भएको कम्पनीले ६६ करोडको सेयर किन्न लाग्दा बाँकी रकम आएको विषय र अन्य कानुनी प्रावधानले गर्दा रोकिएको बताए। 'अहिले कम्पनीले रजिस्ट्रार कार्यालयलाई ६६ करोड चुक्ता पुँजी पुर्याीएको जानकारी गराएको छ,' उनले भने।

यसअघि सुभिर ब्रदर्सले यतीलाई सेयर बेच्न लाग्दा नेपाल ट्रस्टले सहमति नदिएपछि अख्तियारले चासो राखेको थियो। सेयर बिक्री गर्न सुभिरले नेपाल ट्रस्टलाई आग्रह गरेपछि सचिव श्रीधर गौतमले रोकेको भन्दै अख्तियारले गौतमलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो। ट्रस्टका सहसचिव शरद विष्टको नेतृत्वमा डेढ वर्षअघि गठित एक समितिले सेयर स्वामित्व हस्तान्तरण गर्न मिल्ने सिफारिस गरेपछि यतीलाई बाटो खुलेको थियो।

कम्पनी रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार प्रेमकुमार श्रेष्ठले एक साताअघि सुभिर ब्रदर्सको सेयर यतीको नाममा हस्तान्तरण भएको बताए। पहिला चुक्तापुँजीको कारण रोकिएको र चुक्तापुँजी बढाएपछि मिलेको उनले बताए।

यतीका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाले रिसोर्टको सम्पत्ति किन्न चुक्ता पुँजी सोबराबर हुनुपर्ने प्रावधानअनुसार बढाएको बताए। 'अब गोकर्णको स्वामित्व यतीको नाममा आयो,' उनले भने, कम्पनी ऐनको दफा १७६ को दोस्रो अनुच्छेदअनुसार निवेदन दिँदा कम्पनी रजिस्ट्रार र मन्त्रालयले काम नगरेपछि चुक्ता पुँजी थपेर काम गरेको शेर्पाले बताए।

दोस्रो अनुच्छेदमा बैकिङ वा वित्तीय कारोबार गर्ने कम्पनी, बिमा कम्पनी, धितोपत्रको खरिद–बिक्री गर्ने मूल उद्देश्य भएको कम्पनी बैंक वा वित्तीय संस्थाबाट ऋण नलिएको प्राइभेट कम्पनी, भौतिक पूर्वाधार सुविधा पुर्याेउने उद्देश्य भएको कम्पनी तथा मुख्य कम्पनीले आफ्नो पूर्ण स्वामित्व भएको सहायक कम्पनीमा गरेको लगानी, सो कम्पनीलाई दिइएको सापटी र सो कम्पनीले लिएको ऋणबापत दिइएको जमानत तथा यस ऐनअन्तर्गत जारी भएको हकप्रद सेयरमा गरिएको लगानीको सम्बन्धमा कम्पनीबीचको कारोबार सीमामा प्रतिबन्ध नलाग्ने उल्लेख छ।

तर यतीको दोस्रो अनुच्छेदअनुसारको प्रावधान पूरा नभएकाले चुक्ता पुँजी थप्नुपर्ने भएको रजिस्ट्रारको कार्यालयले जनाएको छ।

गणतन्त्र आउनुअघि दरबारको सम्पत्ति रहेको गोकर्णको जग्गामा रिसोर्ट सञ्चालन गर्न सुभिर ब्रदर्सले सन् १९९५ मा दरबारअन्तर्गतको राजकीय सम्पत्ति कोष विभागबाट अनुमति लिएको थियो। गणतन्त्रपछि दरबार र पूर्वराजपरिवारको सम्पत्ति राष्ट्रियकरण गर्ने क्रममा यसको स्वामित्व नेपाल ट्रस्टमा गएको थियो। १९९५ मा गरिएको लिज सम्झौता २०२५ सम्मका लागि हो। सम्झौताअनुसार रिसोर्टले ट्रस्टलाई वार्षिक १ लाख ४० हजार अमेरिकी डलर (करिब एक करोड ४० लाख रुपैयाँ) भाडा बुझाउँदै आएको थियो। २०७१ सम्म १ लाख ६० हजार डलर र २०७६ सालसम्म वार्षिक २ लाख ६० हजार डलर तिर्नुपर्ने सम्झौता छ।

४ सय ७० एकड क्षेत्रफलमा फैलिएको रिसोर्टमा १ सय कोठा छन्। रिसोर्टमा ६ वटा सुइट छन्। रिसोर्टभित्रै गल्फ कोर्ससमेत छ। गोकर्ण सञ्चालन गरेको यती होल्डिङसको यती एयरलाइन्स, तारा एयर, यती होलिडेज, यती इन्सेन्टिभ होलिडेज, यती माउन्टेन होलिडेज, थामसेर्कु ट्रेकिङ कम्पनीलगायत छन्।
अर्को समाचार
तत्कालीन राजारानीको नाममा रहेको गोकर्ण रिसोर्ट नामसारी हुनसक्ने
२३ पौष २०६९
•
५ मिनेट पाठ
तत्कालीन राजारानीको नाममा रहेको गोकर्ण रिसोर्ट नामसारी हुनसक्ने
विदेशमा वीरेन्द्रको सम्पति भेटिएन-
काठमाडौं, पुस २४ (नागरिक) - गोकर्ण रिसोर्टको सबै सेयर यती होल्डिङ्सको नाममा सार्न सकिने सुझाव नेपाल ट्रस्टअन्तर्गतको एक समितिले दिएको छ। तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको नाममा रहेको रिसोर्ट एलएम सुभिर ब्रदर्सले चलाउँदै आएकोमा ३ वर्षअघि सबै सेयर यतीलाई बेचेको थियो।

नेपाल ट्रस्टका सह-सचिव शरदराज विष्टको संयोजकत्वमा गठित तीन सदस्सीय सुझाव समितिले ब्रदर्सलाई सबै सेयर बेच्न कानुनी अड्चन नरहेको सुझाव दिएको हो।
दरबारसँग सम्झौता गरी भाडामा लिएको रिसोर्ट ब्रदर्सले पूरै अर्कालाई बेच्न मिल्ने/नमिल्ने विवाद उत्पन्न भएपछि ट्रस्ट सञ्चालक समितिले विष्ट संयोजक रहेको सुझाव समिति गठन गरेको थियो। राजसंस्था हटेपछि ट्रस्टअन्तर्गत आएको रिसोर्टसँग पहिलो करार सम्झौता गर्नेले ५१ प्रतिशत हिस्सा राख्नैपर्ने प्रावधान भएको भन्दै ब्रदर्सबाट यतीमा नामसारी भएको थिएन।

समितिले आइतबार प्रतिवेदन बुझाउँदै एलएम सुभिर ब्रदर्सले बिक्री गरेको सेयर यतीको नाममा सार्न मिल्ने सुझाव दिएको स्रोतले जनाएको छ। सहमतिअनुसार सम्पन्न गर्नुपर्ने काम पूरा गरी नामसारी गर्न समितिले सुझाएको छ।

सहमतिअनुसार अन्तर्राष्ट्रिय स्तरका दस कोठा बनाउन बाँकी छ। ब्रदर्सले अन्तर्राष्ट्रिय स्तरको एक सय कोठा बनाउने सम्झौतामा उल्लेख थियो। उसले भने सबै कोठा बनाइसकेकोमा केही हलको रुपमा प्रयोग भएको दाबी गर्दै आएको छ।

ब्रदर्सले ब्याडमिन्टनसहितका केही खेल मैदान निर्माण गर्न बाँकी रहेको प्रतिवेदनले औंल्याएको छ। ‘दस कोठाबाहेक पाँच÷सात लाख रुपैयाँ लाग्ने काम गर्न बाँकी छ,' समितिका एक सदस्यले भने।

सन् १९९५ मा तत्कालीन दरबारसँग करार सम्झौता गर्दा ब्रदर्सको नाममा ५१ र यती होल्डिङसको नाममा ४९ प्रतिशत सेयर थियो। तीस वर्षको करारमा हस्ताक्षर गरेको ब्रदर्सले ५० लाख डलर बुझाउने सहमति भएको छ।

सेयर किनबेच गर्ने दुवैथरीले नामसारी गर्न ट्रस्टका अधिकारीलाई लामो समयदेखि दबाब दिँदै आएका थिए। सञ्चालक समितिले त्यस विषयमा अध्ययन गर्न यसअघि ट्रस्टका सचिवको संयोजकत्वमा पनि समिति गठन गरेको थियो।

‘कृषि बैंकमा वीरेन्द्रको सेयर भेटिएन'
कृषि विकास बैंकले आफूकहाँ तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको सम्पत्ति नरहेको जनाएको छ। नेपाल ट्रस्ट कार्यालयले गरेको खोजबिनका क्रममा बैंकले आफूकहाँ वीरेन्द्र-ऐश्वर्यको सेयर सम्पत्ति नरहेको प्रष्ट पारेको हो।

कार्यालयले पुस ९ मा बैंकलाई पत्राचार गरी सोधीखोजी गरेको थियो। बैंकले २०६४ सालमा मात्र सर्वसाधारणलाई सेयर बिक्री खुला गरेको जानकारी गराउँदै वीरेन्द्र र ऐश्वर्यका नाममा सेयर नभएको जनाएको छ।

ट्रस्टका प्रवक्ता शरदराज विष्टले कृषिमा तत्कालीन राजारानीको कुनै सम्पत्ति नभएको जवाफ पाएको जानकारी दिए। ट्रस्टले वीरेन्द्रको विदेशिएको सम्पत्ति खोज्न ताकेता गरे पनि सफल भएको छैन। २०६८ भदौ १५ गते नेपाल ट्रस्टले राष्ट्र बैंकलाई विदेशमा रहेको वीरेन्द्रको सम्पत्ति खोज्न सहयोग माग्दै पत्राचार थरेको थियो। ट्रस्टको पत्रको आधारमा बैंकले बेलायत, स्विट्जरल्यान्ड, थाइल्यान्ड, सिंगापुर, हङकङ ( चीन) र भारतका केन्द्रीय बैंकलाई पत्राचार गरेको थियो। भारत र सिंगापुरको बैंकबाहेक अन्य देशका केन्द्रीय बैंकहरुले २२ भदौमा नै उनीहरुको नाममा खाता नभएको जवाफ पठाए थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस