मलेसियामा २९ नेपाली कामदार चार दिनदेखि भोकभोकै थुनिए
०३ फागुन २०७१
•
३ मिनेट पाठ
मलेसियामा २९ नेपाली कामदार चार दिनदेखि भोकभोकै थुनिए
काठमाडौं- वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका २९ जना नेपाली कामदारलाई त्यहाँको कम्पनीले ४ दिनदेखि खाद्यान्न नदिइ एउटा कोठामा थुनेर राखेको छ। नेपालबाट इन्टरनेशनल म्यानपावर रिक्रुमेन्ट प्रालीबाट डेढ महिनाअघि मलेसियाको टुस्कर ट्रान्समिसन कम्पनीमा गाडीको बेल्ट बनाउने काममा पुगेका कामदारलाई सम्झौता अनुसारको काम र तलब नदिइ कोठामा थुनेर राखेको कामदारहरुले बताएका छन्।
मलेसियाबाट नागरिकलाई टेलिफोन गर्दै निशान खत्रीले ४ दिनदेखि खाद्यान्न पनि नदिएर होस्टलको एउटै कोठमा २९ जनालाई कोचेर राखेको बताए। नेपालबाट आउँदा एउटा काम र तलब भनेपनि यहाँ आएपछि फरक काम र तलब भएपछि हामीले कुरा गर्दा कम्पनीको मालिकले बाहिर पनि जान नदिने र खाद्यान्न पनि नदिने गरेको बताए।




'ओभरटाइम र तलब गरेर १२ सय ३७ रिंगेट हुन्छ भन्दै गाडीको बेल्ट बनाउने कम्पनीमा पठाए पनि अहिले अन्य काममा लगाउने र नगरे थुन्ने गरेको छ,' उनले भने। 'अहिले ९ सय रिंगेटको मात्र कुरा गरेर त्यो पनि पूरा नदिने भनेपछि हामी अलपत्र अवस्थामा छौं,' उनले भने, 'यहाँको दूतावास, नेपालको म्यानपावर कम्पनी जताततै फोन गर्दा पनि कुनै सुनुवाई नै भएन।'

अर्को कामदार शेरबहादुर बस्नेतले हामीलाई अमानवीय व्यवहार गरेर भेडाब्राखाजस्तै कोठामा थुनेर राखेको बताए। हामीलाई मेडिकल गर्न भनेको थियो हामीले सम्झौता अनुसारको काम र तलब भएपछि मात्र मेडिकल गर्न जान्छौं भनेपछि कोठामा थुनेर राख्यो अहिले काम पनि गरेका छैनौं। ट्वाइलेट, बाथरुममा चाँबी लगाएको छ, कोठाको बिजुली र टिभीको लाइन पनि काटेको छ, उनले भने।

अर्का कामदार विपीन घर्तीले म्यानपावरले ८० हजार लागतमा पनि १ लाख ७० हजार लिएको र सेवा सुविधा पनि फरक भएकाले आफुहरुले नेपाल फर्कन चाहेको बताए।

इन्टरनेशनल म्यानपावर रिक्रुमेन्ट प्रालीका सन्चालक वाइबी राईले कामदारहरुले मेडिकल गर्न नमानेपछि समस्या उत्पन्न भएको बताए। गएको बल्ल एक महिना भएको छ, आधारभूत तलबमा कुनै समस्या छैन तर एक महिनापछि ओभरटाइम हुन्छ भन्दा पनि कामदारले नमानेपछि समस्या उत्पन्न भएको उनीहरुले बताए। 'गएको दुई चार दिनमा एकैचोटि सबै सुविधा हुँदैन मेडिकल नगरेर काम पनि नगर्दा समस्या भएको हो, यो तत्काल समाधान हुन्छ,' उनले भने।
अर्को समाचार
मलेसियाको कोठामा थुनिएका नेपाली कामदारलाई ‘मार्ने धम्की’
०४ फागुन २०७१
•
२ मिनेट पाठ
मलेसियाको कोठामा थुनिएका नेपाली कामदारलाई ‘मार्ने धम्की’
काठमाडौं- वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका २९ जना नेपाली कामदारलाई ५ दिनदेखि खान पनि नदिइ कोठामा थुनेर राखेको एक कम्पनीले मार्ने धम्की दिएको छ। नागरिकन्युजमा सोमबार ‘मलेसियामा २९ नेपाली कामदार चार दिनदेखि भोकभोकै थुनिए’ शीर्षकको समचार आएपछि उनीहरुलाई कम्पनीले यस्तो धम्की दिएको कामदारले टेलिफोनमार्फत जनाएका छन्।बालकुमारीमा रहेको इन्टरनेशनल म्यानपावर रिक्रुमेन्ट प्रालीबाट डेढ महिनाअघि मलेसियाको टुस्कर ट्रान्समिसन कम्पनीमा गाडीको बेल्ट बनाउने काममा पुगेका कामदारलाई सम्झौताअनुसारको काम र तलब नदिई कोठामा थुनेर राखेको कामदारहरुले बताएका छन्। 




कोठामा थुनेर राखिएका कामदारमध्येका एक रविन्द्र चौधरीले रुँदै भने, ‘सर, हामीलाई मार्ने धम्नी दिएको छ। पुलिस ल्याउँछु भनेको छ।’ कम्पनीको एक जना व्यक्ति आएर आफूँहरुलाई धम्काउँदै भनेको कुरा उद्धृत गर्दै चौधरीले भने, ‘तिमीहरु पत्रिकालाई खबर गर्ने? तिमीहरुलाई निस्कन दिँदैनौं। तिमीहरुलाई यहि भोकै राख्छौं। यस्तै गर्‍यौं भने तिमीहरुलाई मार्दिन्छौं।’

आर्का एक कामदारले आत्तिएको स्वरमा भने, ‘हामी बर्बाद भयौं। केही साथी बिरामी परेका छन्। कम्पनीले १६ दिनदेखि काम दिएको छैन। म्यानपावरले फोन पनि उठाउँदैन। हामीले फोन गर्दा मोबाइल स्विच अफ गर्छ।’ कामदारले सम्झौताअनुसार काम नदिएपछि ‘मेडिकल गर्दैनौं’ मात्र भनेका बताए। ‘कसैलाई घाँस काट्न लगाउँछ। कहिले के गर्न लगाउँछ। कतिलाई काम गर्नै दिएको छैन। सम्झौताअनुसार काम दिए हामी मेडिकल चेक गर्न तयार छौं,’ एक कामदारले भने। 
यता मेनपावरले भने उनीहरुले यहाँबाट मेडिकल गरेर गएपनि कम्पनीले गर्ने मेडिकल चेक गर्न नमानेपछि समस्या आएको बताएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस