थिम्पु (भुटान)-पाँचतारे होटल भन्नासाथ सयौं कोठा, पौडी पोखरी, क्यासिनो, चार–पाँचवटा रेस्टुरेन्ट, ठूला सम्मेलन कक्ष भएको भन्ने बुझिन्छ। तर, भुटानमा यसको ठिक उल्टो छ। यहाँ आठ कोठामात्र रहेका पाँचतारे होटल सञ्चालनमा छन्, त्यो पनि दुई–दुईवटा। त्यतिमात्र होइन, १६ र २४ कोठा भएका पाँचतारे पनि राम्रैसँग चलिरहेका छन्।ती सबै पाँचतारे होटल सिंगापुरको अन्तर्राष्ट्रिय होटल तथा रिसोर्ट चेन ‘अमान' ले ‘अमानकोरा' ब्रान्डमा डेढ दशकदेखि सञ्चालन गरिरहेको छ। अमानले यहाँ पाँचवटा पाँचतारे होटल चलाएको छ, ती सबैको कोठा संख्या जोड्दा जम्मा ७२ हुन्छ।
‘धेरै कोठा, धेरै रेस्टुरेन्ट, पौडी पोखरी वा क्यासिनो हुँदैमा पर्यटक ओइरिने होइनन्,' राजधानी थिम्पुको माथिल्लो मोतिथाङस्थित अमानकोरा होटलकी असिस्टेन्ट लज म्यानेजर योसी कुबोटाले नागरिकसँग भनिन्, ‘हामीले भुटान घुम्न आउने पर्यटकको मागअनुसार होटल सञ्चालन गरिरहेका छौं। हाम्रो होटलमा आउने कुनै पनि पर्यटकले अहिलेसम्म पौडी पोखरी वा क्यासिनो चाहियो भनेका छैनन्।'

यहाँ रहेका अधिकांश तारे होटल तथा रिसोर्टले बढीभन्दा बढी पैसा खर्च गर्ने ‘गुणस्तरीय' पर्यटकमात्र लक्ष्य गर्ने गरेका छन्। अमानकोरा जस्ता होटल तथा रिसोर्टमा पर्यटकलाई बास बस्नु चानचुने भने छैन।
भुटानमा रहेका आफ्ना पाँचवटै अमानकोरा होटल तथा रिसोर्टमा जहाँ बसे पनि प्रतिरात प्रतिकोठा १ हजार ५ सय ५० अमेरिकी डलर (करिब १ लाख ५५ हजार रुपैयाँ) करबाहेक तिर्नुपर्ने कुबोटाले जानकारी दिइन्। यसमा १० प्रतिशत सेवा शुल्क र अर्को १० प्रतिशत करसमेत जोडिन्छ।
म्यानेजर कुबोटाका अनुसार डबल बेडयुक्त कोठाका लागि प्रतिरात १ सय ५५ डलर सेवा शुल्क र १ सय ५५ डलर करसहित १ हजार ८ सय ६० डलर (करिब १ लाख ८६ हजार रुपैयाँ) तिर्नुपर्छ। सिंगल बेड भएका कोठालाई १ हजार ४ सय ५० डलर भाडा, सेवा शुल्क १ सय ४५ र कर १ सय ४५ गरी प्रतिरात १ हजार ७ सय ४० डलर (करिब १ लाख ७४ हजार रुपैयाँ) लाग्छ। सबै ‘सुइट रुम' हुन्।
यी सबै भाडा दर ‘पिक सिजन' का लागि रहेको उनले बताइन्। ‘अफ सिजन' का लागि भने सिंगल बेड कोठालाई सेवा शुल्क र करबाहेक प्रतिरात ८ सय ७० डलर र डबल बेड कोठालाई ९ सय ३० डलर तिर्नुपर्ने उनले जानकारी दिइन्।
‘हामी यस्ता गुणस्तरीय पर्यटक ल्याउँछौं, जसको खर्च गर्ने क्षमता बढी हुन्छ,' कुबोटाले भनिन्, ‘तर, जति शुल्क लिन्छौं, त्यसवापत त्यति नै उच्च गुणस्तरीय सेवा पनि दिइरहेका छौं। यहाँ आएका पाहुनाको औसत बसाइ दर सातदेखि आठ दिन हुने गरेको छ।'
उनका अनुसार अमानले पारो, पुनाखा, फोब्जिखा र बुमथाङमा पनि पाँचतारे होटल तथा रिसोर्ट सञ्चालन गरिरहेको छ। पारोमा २४ कोठा, बुमथाङमा १६ तथा पुनाखा र फोब्जिखामा आठ–आठ कोठामात्र छन्। सबैको कोठा भाडा दर एउटै छ। सबै होटलमा बेलायती व्यवसायीको लगानी छ। स्थानीय साझेदार भने भुटान टुरिज्म कोअपरेसन लिमिटेड हो भने केही सेयर भुटानकै सबैभन्दा ठूलो ट्राभल कम्पनी नोर्बु भुटान ट्राभलको छ।
अमानकोरा होटल तथा रिसोर्टमा अमेरिकी तथा बेलायती पर्यटक बढी आउने गरेको उनले बताइन्। कोठा शुल्कमा दिनको तीन पटक खाना पनि खुवाउने गरिएको उनले बताइन्। होटलमा स्पालगायत सुविधा भने छन्। होटलमा हरियो तरकारी र चिज स्थानीय उत्पादन तथा अन्य खाद्यपदार्थ थाइल्यान्डबाट आयात गरिन्छ।
अमानकोरा मात्र नभई भुटानमा अन्य तीन पाँचतारे होटल पनि छन्। भारतको ताज होटलले स्थानीय तासी ग्रुपसँगको लगानीमा होटल ताज–तासी चलाइरहेको छ। त्यस्तै ले–मेरिडियन र भुटानी व्यवसायीको एकल लगानीमा उमा होटल पनि सञ्चालनमा छन्। यी सबैमा पनि अधिकतम ३० कोठामात्र छन्।
‘पाँचतारे होटल हुन सयौं कोठा, पौडी पोखरी, क्यासिनो, भव्य सम्मेलन कक्ष, चार–पाँचवटा रेस्टुरेन्ट हुनैपर्छ भन्ने मापदण्डले पर्यटक आकर्षित हुँदैनन्,' प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल च्याप्टरका अध्यक्ष तथा होटल व्यवसायी सुमन पाँडेले भने, ‘मापदण्डले पर्यटक ओइरिने होइनन्, सस्तो दिएरमात्र पनि हुँदैन, गुणस्तर ठूलो कुरा हो।'
भुटान पर्यटन परिषदका अनुसार २०१४ मा १ लाख १६ हजार २ सय ९ पर्यटकले भुटान भ्रमण गरेका थिए। तीमध्ये ५२ हजार ७ सयजना डलर खर्च गर्ने थिए। २०१३ मा भुटानले अन्तर्राष्ट्रिय पर्यटकबाट ६ करोड ३४ लाख डलर आम्दानी गरेको थियो।